अन्य

बन्धक बनाइएका मध्ये २० जनाको आइएसद्वारा हत्या

ढाका–बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा बन्धक बनाइएका मध्य २० जनाको इस्लामिक स्टेट आइएसले हत्या गरेको बंलादेशी सरकारले बताएको छ।यस  बंगलादेशको सेनाले  सो क्याफे नियन्त्रण गर्ने क्रममा ६ जना बन्दुकधारी मारिएको र १४ जनाको सकुशल उद्धार गरेकोे थियो । मारिएका बन्धककर्ता मध्य धेरै जापानी र इटालयिन नागरिक रहेको बंगलादेश सरकारले जनाएको छ ।

बंलगादेशी प्रधानमन्त्री शेख हसिनाले एक भिडियो विज्ञप्तिमा यो एकदम जघन्य अपराध भएको बताएकी छिन्। उनले आइएसआइले आफूलाई मुश्लिम बताएपनि उनीहरुको कुनै धर्म नभएको बताइन् । प्रधानमन्त्री हसिनाले आफ्नो सरकार बंगलादेशबाट आतंकको जरो उखाल्नका लागि तत्पर रहेको चेतावनी दिएकी छन्।

सो आक्रमणको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदा दुवै संगठनले लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इस्लामिक स्टेटेले आक्रमणको चारघण्टापछि घटनाको जिम्मेवारी लिएको हो। बंगलदेशमा आइएसले यसअघि नै आक्रमणको चेतावनी दिएको थियो।

 

प्रकाशित: १८ असार २०७३ ०८:२२ शनिबार

बन्धक बनाइएका मध्ये २० जनाको आइएसद्वारा हत्या