आज मुलुकभित्र होस् वा मुलुकबाहिर भूकम्पको त्रासदीबाट कुन नेपालीको मन नरोएको होला! देशभित्र रहेका नेपालीले यस त्रासद प्रत्यक्ष भोगेका छन् नै, तर देशबाहिर रहेका कुनचाहि" नेपाली पत्रपत्रिका, अनलाइन र टेलिभिजनका पर्दामा तहसनहस घर र सम्पदा, मानिसको क्रन्दन र भग्नावशेषको थुप्रोबाट चेत–अचेत मानिसको उद्धार गरिएको दृश्य देख्दा नरोएका होलान्? जुन–जस्तो कारणले मुलुकबाहिर रहनु परे पनि आज हरेक नेपाली मुलुकभित्रका परिचित–अपरिचित नेपालीको सहयोगका लागि जुटेका छन्। पछिल्लो ४५ वर्षदेखि कामको सिलसिलामा देशबाहिर रहँदै आउनुभएका हाल भ्यान्कुभर, क्यानडामा बसोबास गर्ने जियोटेक्निकल इन्जिनियर नरेश कोइरालाले मलाई लेख्नु भएको यस्तो सन्देशले झस्केको मात्र होइन द्रवित पनि बनेको छु अहिले। 'विगत ४५ वर्षदेखि एकपछि अर्को गर्दै ७ वटा मुलुकमा बसोबास गर्दै आएको म अक्सर आफैलाई सोध्ने गर्दथेँ, असलमा म आफू के हुँ, मेरो पहिचान के हो?' कोइरालाको ८ रेक्टर स्केलमाथिका शब्दहरूले म प्रकम्पित बने, अहिले भूकम्पपछि मैले प्रष्ट उत्तर भेटेँ, म नेपाली नै रहेछु।
नवनिर्माणको स्वर्णिम ढोका
गत दुई साताबीचको उद्धार र राहतमा जेजस्ता हातहरू जुटे तिनलाई हेर्दा एउटा वर्गले सबैको मन जितेको छ। चाहे राज्य पक्ष (स्टेट एक्टर) का सुरक्षाकर्मी हुन् वा गैर राज्य पक्ष (नन्– स्टेट एक्टर) का जुझारू तन्नेरी, युवा नै उद्धार र राहतको मियो देखिएका छन्। उनीहरू आजका वास्तविक नायक हुन्।
गाउ"का युवा अवसरको सपना बोकेर सहर छिर्नु सामान्य कुरा हो। तर सहरी युवा हुल बाँधेर चामल, चिउरा र चाउचाउका बोरा बोकेर गाउ"तिर हान्निएको यसअघि हामीले सायदै देखेका थियौँ। अहिले युवा सहर र गाउ" जोड्ने सेतु बनिदिएका छन्। डिजेइङमा टाउको हल्लाउने सहरका युवा सुदूर गाउ"मा निधारमा नाम्लो लगाउँदै र काँधमा चामलका बोराहरू बोकेर राहतमा खटिएका तस्बिरहरू हामीले देखेका छौँ। भग्नावशेषबाट मृत चौपायाहरू निकाल्न, प्रकोपपछिको सम्भाव्य महामारी फैलन नदिन सचेतना फैलाउन र सबैभन्दा महत्वपूर्ण ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा सघाउन उनीहरू अहोरात्र खटिएका छन्। त्यसैले यी युवा समाविष्ट नवनिर्माणको एउटा अनुपम अवसर पनि हो अहिले।
अबको पुनर्निर्माण दुई किसिमका हुनेछन्। नागरिकका निम्ति आवासीय संरचना बनाइनु पर्नेछ, जसमा ग्रामीण क्षेत्रमा सामान्य र सहरको हकमा अलि ठूला आकारका घरहरू पर्नेछन्। यस्ता घरको निर्माण विशुद्ध प्राविधिक पक्षसँग जोडिएका हुन्छन् र नियमनकारी निकायको कडाइ रहने हो भने यी भवनहरू निर्दिष्ट मापदण्डमुताविककै निर्माण हुनेछन्। तर पुनर्निर्माणको दुरुह काम ऐतिहासिक धरोहरहरू जसमा सम्पदा क्षेत्र, देवालय, पुराताŒिवक महŒवका निजी निवास आदिमा रहनेछ। यस्ता संरचनाको पुनर्निर्माणका निम्ति कोष जुटाइनु ठूलो कुरा नभए पनि यिनमा सीपको खडेरी पर्नेछ। जसका कारण पनि प्रष्टै छ, परम्परागत निर्माण विधिका कालिगढहरू पुस्तैपिच्छे घट्ने क्रममा छन्। परम्परागत मौलिक शैली छाडेर पश्चिमेली शैलीतिर मानिस आकर्षित भएपछि यी कालिगढहरूमध्ये धेरैजसो संरचना निर्माणभन्दा पनि हस्तकलाका सामग्रीहरूको उत्पादनमा सिमित भएका छन्। यसमाथि पनि अहिले जुन हदमा भूकम्पका कारण पुराताŒिवक विरासतहरूको समूल नष्ट भएको छ, त्यसमुताविक पुनर्निर्माणका लागि मौजुदा जनशक्तिभन्दा सयौँ गुणा बढी योग्य हातको आवश्यकता पर्ने निश्चित छ। यो माग केवल युवाबाटमात्र पूर्ति गर्न सकिनेछ। जसका लागि अविलम्ब युवालाई परम्परागत कालिगढीको 'क्र्यास कोर्स' दिनु जरुरी छ।
गृह मन्त्रालयको आ"कडालाई मात्र हेर्दा पनि भूकम्पले २ लाख ८८ हजार ७ सय ९८ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने २ लाख ५४ हजार १ सय ८२ घर आंशिक क्षति भएका छन्। भलै पुनर्निर्माणका सामग्रीहरू मुलुकभित्रबाट नजुटे आयात गर्न सकिएला। तर पुनर्निर्माणका लागि चाहिने सीप र श्रम हामीले मुलुकभित्रबाटै जुटाउन सक्नुपर्छ। हवाईमार्गबाट मात्र दैनिक १५ सयको हाराहारीमा युवा वैदेशिक रोजगारीमा गइरहेको परिप्रेक्षमा पनि हामीले ती श्रमशक्तिलाई अब पुनर्निर्माणमा नलगाई धरै छैन। तसर्थ, उनीहरूलाई स्वदेशमै रोजगारी दिनसक्ने अवसरबारे राज्यले यौटा प्रष्ट रूपरेखा अगाडि ल्याउनुपर्छ। यदि घरकै गा"स खाएर रोजगारी पाइन्छ भने सुदूरको अरबी मरुभूमिको ५० डिग्रीभन्दा माथिको गर्मीमा मासिक गोडा १५–२० हजारका लागि किन पसिना बगाउने? व्यावहारिक तालिमको प्रष्ट खाका र रोजगारीको प्रत्याभूति भए उनीहरूको श्रम र सीपलाई मुलुकको नवनिर्माणमा पक्कै पनि उपयोग गर्न सकिन्छ। यो कुरा न त आर्थिकरूपले बोझिलो छ न त व्यावहारिकरूपले झन्झटिलो नै। किनभने, सरकार आफैले दुई खर्ब रुपिया"को राष्ट्रिय पुनर्निर्माण कोषको घोषणा गरिसकेको छ भने दाताहरूका माध्यम भित्रिने धनराशि पक्कै पनि योभन्दा ठूलो हुनेछ। अझ व्यक्तिगत खर्चको लेखाजोखा त सायदै गर्न सकिएला।
पुर्खाहरूको निशानी र आफ्नो मौलिक चिनारी नेपाली सम्पदाको संरक्षणमा दिलोज्यानले खटिँदै आएका सम्पदा संरक्षक रविन्द्र पुरीले एउटा सार्वजनिक आह्वान गरेका छन्। काभ्रेको पनौतीमा सीटीईभीटीको सम्बन्धनमा परम्परागत कालिगढीको तालिम सुरू गरेका उनले अहिले भूकम्पपछि युवाका लागि ३ महिने 'क्र्यास कोर्स' तयार गरेका छन्। पुनर्निर्माणका लागि चाहिने आधारभूत ३ महिने तालिमपछि दक्ष प्राविधिकको सुपरीवेक्षणमा उनीहरूलाई काममा लगाउन सकिने पुरीको आत्मविश्वासमात्र छैन आफूकहा" आउने युवालाई रोजगारीको प्रत्याभूतिसमेत उनले गरेका छन्। यो त रह्यो गैर राज्यपक्ष एक नेपालीको उद्घोष, राज्यले त पक्कै भन्न सक्नुपर्छ, युवा तिमीहरू मुलुकमै श्रम गर, तिमीहरूको रोजगारीको राज्यले सुनिश्चित गरिसकेको छ। बाहिरबाट रेमिट्यान्स मात्र आएको देख्ने राज्यले यदि समयमै यस्तो कदम चाल्ने हो भने स्वदेशको श्रम स्वदेशमै उपयोगमात्र हुने छैन, बर्सेनि हजारौँका संख्यामा काठका बाकस ओइरिन पनि बन्द हुनेछन्।
प्रकाशित: २७ वैशाख २०७२ २०:१५ आइतबार