विचार

गन्तव्यहीन पाइला

नेपाली जनबोली भन्छ- काशी जानु, कुतीको बाटो। यस्तो लाग्छ, नेपालको राजनीतिमा अहिले यस्तै प्रयास भइरहेको छ। नेपालमा बसेर हामी बर्माको प्रजातान्त्रिक आन्दोलनका लागि आवाज उठाउँछौं। नेपाली मूलका भुटानी जनताको मानवअधिकारको वकालत गर्छौ।
दक्षिण अफ्रिकाको वर्णभेदविरुद्ध आन्दोलनमा ऐक्यबद्धता जनायौं। मानव जातिको स्वतन्त्रता, प्रजातन्त्र वा मानवअधिकार प्राप्तिको आन्दोलनका सवालमा जसले जहा" बसेर समर्थन गरे पनि प्रजातन्त्र र मानवअधिकारको आधारभूत प्रत्याभूति नभएको अवस्थामा आ-आफ्ना अभिव्यक्ति सार्वजनिक हुन्छन्।
मुलुक बहुदलीय लोकतान्त्रिक पद्धतिमा अगाडि बढ्ने प्रयासमा छ। हामी जुन बाटोमा अगाडि बढ्ने प्रयासमा छौं, त्यही बाटोतर्फ पाइला चाल्नु आवश्यक हुन्छ। तर, हामी गन्तव्य एकातिर, पाइला अर्कातिर चालिरहेकाछौ"। नेपाली राजनीतिमा लोकतान्त्रिक अभ्यास प्रजातन्त्र र दलीय प्रतिस्पर्धाका आधारभूत नीति, सिद्धान्त, आदर्श वा मान्यता जे भनौं तिनको ठिकविपरीत गरिएको छ। यसले गर्दा गणतन्त्र स्थापनाको आधा दशक बितिससक्दा पनि गन्तव्य पहिल्याउन सकेको छैन।
जनआन्दोलन २०६२/६३ बाट प्राप्त उपलब्धिको अभ्यासका लागि सहमतीका सबै प्रयास असफल भइसकेको अवस्थामा हामी गन्तव्य पहिचानको सम्भावानालाई नै विÈयान्तर गर्ने प्रयासमा छौं। दलीय प्रतिस्पर्धात्मक राजनीतिमा पार्टी र तिनको नीतिको मुख्य भूमिका हुन्छ। तर, राजनीतिक दलहरूकै कारण लोकतन्त्र गनतव्यहीन यात्रामा अगाडि बढ्दैछ। केही समययता देशलाई दुर्दशा र सम्भावित दुर्घटनाबाट बचाउन दलहरूमा उपयुक्त नेता नै फेला परेनन्। त्यसैले संकट निकासका लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार गठन गरेर अगाडि बढ्ने निर्णय गरिएको छ। तर, यो सम्भावनाको खोजी दलीय प्रतिस्पर्धामा अगाडि बढ्ने होइन, पछाडि फर्कनेजस्तो हो। यो दल र दलको नीतिलाई गलत र तिनका नेताहरूको अक्षमता प्रमाणित गर्ने प्रयास हो।
स्वतन्त्र भनेको दृश्यमा देखिने वस्तु/व्यक्ति होइन। कुनै व्यक्ति स्वतन्त्र हुनु अर्थात् आफ्नै तन्त्रमा चल्नु अराजक, अप्रजातान्त्रिक पनि हुनसक्छ। त्यसैले व्यक्तिलाई नीति र सिद्धान्तले स्वतन्त्र र निष्पक्ष बनाउने हो। पद-प्रतिष्ठा र जिम्मेवारीले व्यक्तिलाई स्वतन्त्र बनाउने हो। व्यक्तिको निजी सोच सिद्धान्त वा स्वार्थले प्रेरित हुनु स्वाभाविक हो। तर, त्यही व्यक्तिलाई नीति नियम वा सामाजिक पद प्रतिष्ठा र जिम्मेवारीले उसको निजी सोच सिद्धान्त वा स्वार्थबाट मुक्त गराउ"छ। त्यसैले स्वतन्त्र व्यक्ति खोज्नुभन्दा पनि स्वतन्त्र र सर्वमान्य नीति तय गर्नु र त्यो कार्यान्वन गर्ने वा त्यो भूमिका निर्वाह गर्नसक्ने व्यक्ति राजनीतिक दलबाट खोज्नु प्रतिस्पर्धात्मक प्रजातन्त्रको मर्म हो। प्रजातन्त्रको मूल मर्मविपरीत बाटो हिँड्नु असम्भव हुन्छ। नेपालको वर्तमान राजनीतिक अन्यो हटाउन राजनीतिक व्यक्ति प्रधानमन्त्री हुनु हु"दैन भन्ने अभिव्यक्ति र सोच प्रजातान्त्रिक वा दलीय प्रतिस्पर्धाको नीति वा मर्यादा अनुकुल मान्न सकिन्नँ।

प्रकाशित: १४ फाल्गुन २०६९ २३:०३ सोमबार