विचार

सत्य र निष्ठाका प्रतीक

रामबाबु प्रसाई (खनुपरुदेप्रकाहा) यस संसारबाट २०७७ असोज २३शुक्रबार९९ वर्षको उमेरमा बिदा हुनुभयो। भौतिक शरीर यस संसारमा नरहे पनि उहाँका आदर्श, सादगी जीवन, निर्भय रस्वावलम्बनका सिद्धान्तबाट हाम्रो समाजले धेरै कुरा सिक्न सक्छ। उहाँको जिन्दगीबाट विषम परिस्थितिमा पनि सत्य तथा निष्ठाको जीवन कसरी बिताउन सकिन्छ बुझ्न सक्छौँं। व्यक्ति, परिवार तथा शक्ति–स्वार्थ भन्दामाथि उठेर समग्रतामा राजनीतिक जीवन कसरी धाँन्न सकिँदोरहेछ थाहा पाउन सकिन्छ।उहाँबाट सादगी जीवनको खास अर्थ बुझ्न सक्छौंँ। ‘असल मानिस’ को परिभाषा केलाउन सक्छौँं।अनुशासनलाईजीवनको दर्शन (धर्म) बनाएको देख्छौँं।

‘खनुपरुदेप्रकाहा’ नाम आफैँमा अनौठो छ।उहाँका बारेमा लेख्दा कति न्याय हुनसक्छ थाहा छैन। त्यसैले उहाँका केही राजनीतिक पाटामात्र केलाउने प्रयास गरेको छु। तथापि उहाँकोनामबारे प्रायजसो व्यक्तिमा जिज्ञासा रहने गरेकाले यसबारे पहिला केही चर्चा गर्दा उचित होलाजस्तो लाग्छ मलाई।

उहाँको वास्तविक नाम खड्गवानकेशरी प्रसाई हो। बोलाउने नाम रामबाबु भएपनिआफ्नो नाम(ख), आमा रुद्रकुमारी र बुबा देवीप्रसाद(रुदे)बाट‘खरुदे’ भनेर चिनिनुहुन्थ्यो। नामले पनि व्यक्तिगत विवरण खुलोेस्भन्ने आशयबाट ‘खनुपरुदेप्रकाहा’ नाम राखिएको अनुमान लगाउन सकिन्छ। किनकि ‘खनुप’पुरुष बुझाउनेनामका पछाडिआमा–बुबा(रुदे), प्रसाई र कार्की मावलीथर (प्रका) र जन्मथलो हाङपांङ (हा) समेटेर बनेको पाइन्छ। यसबाट जन्मथलोको पनि सम्मान गर्नुपर्छ भन्ने बुझिन्छ। उहाँका छोरा–छोरीको नामसमेत यही सिलसिलामा राखिएकोे छ।बोलाउने नाम भरतबाबु भनेर चिनिनुहुने नेपाली कांग्रेसका नेता सिके (छत्रवानकेशरी) प्रसाईउहाँका भाइ हुनुहुन्थ्यो।  

रामबाबु दाइको जीवनशैली केलाउँदा कठोर अनुशासन उहाँको मूलनैतिक शक्ति थियो। सत्यवादी व्यक्तिको पहिचान बनाउनुभयो। निष्ठा तथा इमान्दारिता उहाँको जीवनशैली बन्यो। भगवानप्रतिको आस्था भन्दा कर्ममा विश्वास गर्नुभयो। माहात्मा गान्धीलाई आदर्श पुरुष मानेर जीवनकाल बिताउने प्रयत्न गर्नुभयो। व्यक्तिगत सम्पन्नताले विचलितकहिलै बनाएन।सरल तथा सादगी जीवन बिताउन सफल हुनुभयो।उहाँको वस्तुवादी चरित्रलाईकतिपयले मजाकको विषय बनाउन खोजे।अव्यावहारिक व्यक्ति÷नेताठाने। तरयसप्रकारका टिप्पणीबाट हतासिनु भएन। हल्का ढंगका टिप्पणी, अनुशासनहीनता र वाचा पूरा नगर्ने व्यक्तिलाई रुचाउनु हुन्नथ्यो। तर्कसंगत विचारले मात्र उहाँको विश्वास जित्न सकिन्थ्यो। आर्थिक अनुशासनविहीनताप्रति उहाँअसहिष्णु हुनुहुन्थ्यो। यसबाट कतिपय अवस्थामा ठूलैमूल्य चुकाउनुप-यो। तर व्यक्तिगत, पारिवारिक, सामाजिक तथा राजनीतिक जीवनसमेतमायीविश्वासबाट डग्मगाउनु भएन कहिले पनि।

पार्टी अनुशासनको दायित्व नेताहरूको पनि हुनुपर्ने बलियो मान्यता रामबाबु दाइ (तत्कालीन कोषाध्यक्ष) को थियो। गिरिजाबाबुसमेतले कारबाही भोग्नुपर्ने दृढ अडान उहाँको थियो।

मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि उहाँको भूमिका अहं रह्यो। प्रतिबन्धित नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ता भएबाट पटक–पटक गरी ६ वर्ष भन्दाबढी समय जेलपर्नुभयो। राजनीतिक कारण भारतको पश्चिम बंगालकोसिलिगुडीमा सात वर्ष निर्वासनमा बस्न बाध्य बनायो।कांग्रेसको सशस्त्र क्रान्तिको तयारीका क्रममा राखिएका बन्दूकका गोली सिलिगुडीको घरबाट बरामद भएपछि इन्दिरा गान्धी नेतृत्वको भारत सरकारले मुद्दा चलायो र जेलपर्नुभयो।पक्राउ परेपछि जे सत्य हो त्यही बयान दिनुभयो। बयान फेर्ने वकिलको अनुरोध पनि स्वीकार्नुभएन।जेल भोग्न तयार हुनुभयो तर सत्य लुकाउनु भएन। त्यसबेलाकांग्रेसले ‘प्लेन हाइज्याक’ गरेको अवस्था थियो। नेपाल सरकारको दबाबमा कांगे्रसी नेताहरूप्रति भारतको रबैया राम्रो थिएन। तथापि केही समयपछिउहाँ जेल मुक्त हुनुभयो।

त्यसपछि २०३३ पुस १६ गते बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्बर पन्थीसमेतसँग उहाँ ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभयो बिपीको मेलमिलाप नीतिअन्तर्गत।एयरपोर्टबाट बिपी कोइराला र गणेशमान सिंहलाई सुन्दरीजल लगियो भने उहाँलाई नख्खु जेल चलान गरियो।

२०४६ सालको आन्दोलनताका उहाँ प्रतिबन्धित नेपाली कांग्रेस झापाको सभापति हुनुहुन्थ्यो।तत्कालीन नेपाली कांगे्रस र संयुक्त वाममोर्चाको बैठक तथा सभा विर्तामोडस्थित उहाँको निवासमा हुने गथ्र्यो। झापा जिल्लामा सञ्चालित जनआन्दोलन सफल हुन उहाँको नेतृत्वदायी भूमिका महत्वपूर्ण रह्यो। जनआन्दोलनको नेतृत्व गर्ने क्रममा जेल पर्नुभयो। उहाँ जेल परेपछि उपसभापति कृष्णप्रसाद सिटौलाले आन्दोलनको सहजीकरण र नेतृत्व लिनुभयो। जनआन्दोलन सफल भएपछि मात्र जेलमुक्त हुनुभयो।

केन्द्रीय कोषाध्यक्ष भएबाट उहाँको प्रस्तावमा कांग्रेसको २०४८को झापा कलबलगुडी अधिवेशनबाटप्रतिनिधि तथा पर्यवेक्षकले दर्ता शुल्कतिर्ने प्रचलन कांग्रेसमा सुरु भएको हो। आत्मानिर्भरतामा पार्टीकाअधिवेशन/कार्यक्रमहुनुपर्छ भन्ने उहाँको मान्यता थियो।

दुर्भाग्य नै भन्नुपर्छ, शीर्ष तीन नेताको सहमतिमा अनुशासनको कारबाही कसैलाई भएन। यस निर्णयप्रति उहाँले गम्भीर असहमति राख्नुभयो र कोषाध्यक्षको पदबाट नैतिकताका आधारमा राजीनामा दिनुभयो। पार्टीमा निष्क्रिय भएर बस्नुभयो।

२०४६ सालको जनआन्दोलनपछि उहाँले भन्नुभएको थियो– प्रजातन्त्र पुनर्बहालीपछि अब मानव अधिकारका लागि वकालत गर्ने वा लड्नुपर्ने छैन। शासन व्यवस्था मानव अधिकारको जगमा अघि बढ्नुको विकल्प हुँदैन प्रजातन्त्रमा। अधिकारका लागि फेरि सडकमा उत्रनेदिन गए। नागरिककेन्द्रित स्वच्छ राजनीतिबाट मुलुक अब चल्नेछ। तर यसदृढ विश्वासमा रहनुभएका रामबाबु दाइले शीर्ष तथा प्रभावशाली भनिएका नेताहरूको व्यवहार,बढ्दो भ्रष्टाचार र बेथिति नसुध्रने देखेर हुनसक्छ,सक्रिय राजनीतिजीवन छाड्नुभएको हो।

भनसुन, नातावाद र कृपावादका कट्टर विरोधीकारूपमा चिनिने व्यक्ति हो उहाँ। उदाहरणका लागि प्रभावशाली कोषाध्यक्ष भएका बेलासाला उत्तम सिजापतीले छोरालाई इलामबाट झापाको काकडभिट्टा भन्सारमा सरुवाका लागि मन्त्रीलाई भनिदिन अनुरोध गरेका थिए। झापामा सरुवा हुँदा के तलब बढ्छ ?उहाँको जिज्ञासा थियो। यस प्रश्नबाट उत्तमबाबु नाजवाफ हुनुभयो। फेरि यस्तो विषय लिएर नआउनू भनेरचेतावनी दिनु थियो।  

२०१५सालको आमनिर्वाचनमा झापाबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठ्नुभयो तर पराजय भोग्नुभयो। २०४८ र २०५१ सालको संसदीय चुनावमापनि कांग्रेसको तर्फबाट झापाबाट उम्मेदवारीदिनुभयो तरसफल हुन सक्नुभएन।

२०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई(किसुनजी) पनि पराजित हुनुभएको थियो। उहाँ हार्नुको मुख्य कारण पार्टीभित्रको अन्तर्घातथियो।त्यसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनावको मुखमा दिएकोरेडियो वक्तव्यपनि पराजयको कारण बन्यो।कांग्रेसभित्र यो विषय निकै ठूलो मुद्दा बन्यो।पार्टी पदाधिकारी बैठकमा कैयौंँ दिन घनीभूत छलफल भयो। गिरिजाबाबुसमेतलाई पार्टीले कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढ्यो।सर्वमान्य नेता गणेशमान सिंहसमेत कारबाहीका पक्षमा हुनुहुन्थ्यो। पार्टी अनुशासनको दायित्व नेताहरूकोपनि हुनुपर्ने बलियो मान्यता रामबाबु दाइ(तत्कालीन कोषाध्यक्ष) को थियो। गिरिजाबाबुसमेतलेकारबाही भोग्नुपर्ने दृढ अडान उहाँको थियो। तर दुर्भाग्य नै भन्नुपर्छ,शीर्ष तीन नेताको सहमतिमा अनुशासनको कारबाही कसैलाई भएन। यस निर्णयप्रति उहाँले गम्भीर असहमति राख्नुभयो र कोषाध्यक्षको पदबाट नैतिकताका आधारमा राजीनामा दिनुभयो।पार्टीमा निष्क्रिय भएर बस्नुभयो।

मलाई लाग्छ,यस घटनाले कांग्रेसको मात्र होइन,मुलुकको राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पर्दै आएको छ। शक्तिका आडमा अराजकता बढेको छ। यसको नतिजा कांग्रेसले भोग्दै आएको देखिन्छ। प्रभावशाली नेताका आडमा गरिने अन्तर्घातथामिएको छैन। कारबाही वस्तुगतभन्दा प्रतिशोधबाट हुने गरेको सुनिन्छ। नेतृत्वको स्वेच्छाचारी आचरणले प्रोत्साहन पाएको छ। संस्थागत चरित्रलाई छाडेर व्यक्ति–शक्तिमा पार्टी रुमल्लिएको छ। लोकतान्त्रिक विधि र प्रक्रियाहराउँदै गएको छ। भागबन्डाको राजनीतिबाट पार्टी चलेको छ।‘मेरिटोक्रेसी’ (सक्षमता) लेस्थान पाउँदैन। व्यक्ति÷समूहसंरक्षण राजनीति फस्टाउँदो छ। गुट/उपगुटबढेको छ।पार्टीभित्रकाआन्तरिक रडाको चुलिँदो छ।स्वार्थ–समूह हावी छ।दिगो लोकतन्त्रकालागि चिन्तन÷बहस हुन छाडेका छन्। यो बिमारी अरू दलमा पनि सरेको छ।

मूलतः रामबाबु दाइ गणतन्त्रवादी नेता हुनुहुन्थ्यो। २०६२/०६३ सालको जनआन्दालनको केही समयपछि एकाएक संवैधानिक राजतन्त्रका पक्षमा उहाँ बोलेको समाचार बाहिरियो। नेपाली कांग्रेसको साधारण सदस्यसमेत त्यागेको सुनियो। यो समाचार आएको केही दिनपछि मैले उहाँलाई सोधे– तपाईँ त गणतन्त्रवादी नेता।कसरी एकाएक राजावादी हुनुभयो ?

उहाँको जवाफ थियो– तिमीले पनि यस प्रसंगलाई नबुझिदिएपछि मलाई अप्ठ्यारो प¥यो। मेरो सोच संवैधानिक राजतन्त्रप्रतिको विश्वास होइन गणतन्त्र सञ्चालकमाथिको अविश्वास हो। विद्यमान नेताहरूका व्यवहार, चिन्तन तथा तिनका कार्यशैलीबाट मुलुक कतातिरजाने भन्नेमेरोचिन्ता हो।सम्झौतावादीनेताप्रतिकोमेरो अविश्वास हो। अधिनायकवादफेरि नलादियोस्भन्नेहो। नागरिकले दुःख÷सास्ती खपेर हासिल गरेको लोकतन्त्र नगुमोस्भन्ने सरोकार हो। बारम्बारको अस्थिरताबाट राष्ट्रको हित नहुने मेरो निष्कर्ष हो।

भावपूर्ण श्रद्धाञ्जली रामबाबु दाइप्रति।

प्रकाशित: २९ आश्विन २०७७ ०५:२९ बिहीबार

रामबाबु प्रसाईं