विचार

अनलाइन शिक्षा र बालबालिका

कोरोना महामारीले सिर्जना गरेको बन्दाबन्दीका कारण अहिले नेपालसहित विश्वका मानिस घरभित्रै सीमित हुन पुगेका छन् । जसले गर्दा विद्यालय जाने उमेरका करोडौं बालबालिकाविद्यालय जानबाट वञ्चित भएका छन् ।जसले गर्दा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि अहिले अनलाइन शिक्षा एउटा अचूक उपाय देखिएको छ । 

अनलाइन शिक्षा भन्नाले त्यस्तो शैक्षिक क्रियाकलाप तथा प्रक्रिया हो, जुन इन्टरनेटका माध्यमबाट दिइन्छ । जसलाई ई–लर्निङ पनि भनिन्छ ।क्याम्ब्रिज शब्दकोशका अनुसार त्यस्तो शिक्षा प्रणाली, जसमा विद्यार्थी इन्टरनेट साइट, टेलिभिजन र रेडियो कार्यक्रममार्फत घरमै बसेर अध्ययन गर्छन । 

ई–लर्निङअन्तर्गत रेडियो, टिभी, मोबाइल शिक्षा तथा इन्टरनेटबाट दूरशिक्षालगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । यसलाई ‘खुला शिक्षा’ पनि भनिन्छ । औपचारिक रूपमा नेपालमा पनि यस्तो शिक्षा सुरु भएको धेरै भइसकेको छ । अहिलेको यो कोरोना महामारीले गर्दा यसको महत्व झनै बढेर गएको छ । 

नेपालको सन्दर्भमासंयोगवश शैक्षिक सत्र सकिएको र अर्कोसत्र सुरु हुने बेला परेको छ । यसर्थ आधारभूत तहका विद्यार्थीमा त्यति धेरै समस्या नदेखिए पनि कक्षा १०,११,र १२ माध्यमिक तहका विद्यार्थीको वार्षिक परीक्षाको अन्तिम तयारी भइरहेका बेला अचानक भएको अवरोधले अन्योल सिर्जना भएको छ । अहिले बालशिक्षादेखि विश्वविद्यालय तहसम्म देशभर झन्डै ८० लाख विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । यस्तो अवस्थामा हाम्रो देशमा सुषुप्त अवस्थामा रहेको खुला शिक्षाअन्तर्गत अनलाइन शिक्षाको आवश्यकता बढेर गएको छ । 

यसै सिलसिलामा अहिले अधिकतर विद्यालयले विभिन्न एप्सका माध्यमबाट अनलाइन कक्षासुरु गरेका छन् । तर यो आलेख अनलाइन शिक्षाले बाल मनोविज्ञानमा कस्तो प्रभाव पार्छ र अभिभावकको दायिŒव के हुनुपर्छ भन्नेमा केन्द्रित छ । 

यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ ।

राज्यका तर्फबाट जुन तयारी भइरहेको छ, त्यसबाट आम रूपमा अनलाइन शिक्षा प्रभावकारीहुने देखिन्छ त ?हाम्रो देशकासबै नागरिक इन्टरनेट÷प्रविधिको पहुँचमा छन् त ? अझसामुदायिक विद्यालयमा पढ्ने बालबालिका, जो ग्रामीण क्षेत्रमान्यूनतम तथा आधारभूत सूचनाको अभावमा छन्,तिनलाई राज्यले अनलाइन शिक्षामा कसरी समेट्छ ? जो मजदुर तथा घरायसी कामदार बनेर पढिरहेका छन्, त्यस्ता बालबालिकाबारे राज्यले के सोचेको छ ?

एक आर्थिक सर्वेक्षणअनुसार देशका जम्मा ७७.८प्रतिशत नागरिक विद्युत्को पहुँचमा छन्  भने कूल जनसंख्यामध्ये ५८ प्रतिशत जनतामा मात्र इन्टरनेटसुविधा पुगेको छ । त्यसैगरी देशका २९ हजार ६ सय ७  सामुदायिक विद्यालयमध्ये कम्प्युटर सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३ सय ६६ मात्र छ । जब उही कक्षामा पढ्ने विद्यार्थीमध्ये एउटाको घरमा सम्पूर्ण सुविधा छ र उसले लगातार शिक्षकसँग सम्पर्क गर्न सकिरहेको छ भने अर्काेसँग यी कुनै पहुँच नभएका कारण शिक्षा लिनबाट वञ्चित भइरहेको छ भने कसरी सबै बालबालिकाले अनलाइन शिक्षाबाट लाभ लिन सक्छन् ?यस पक्षमा पनि ध्यान पु¥याउन आवश्यक छ । 

मनोवैज्ञानिक पक्ष 
सानै उमेरमा प्रविधिको पहुँच हुँदा बालबालिकामा रमाइलो मात्र रुचाउने र रचनात्मकता क्षमता ह्रास हुने सम्भावना पनि उत्तिकै हुन्छ । मपनि एक शिक्षक भएको हुँदाअभिभावकले धेरैजसो गुनासो गर्ने भनेको घरमा नानीबाबु किताब÷कापीमा भन्दा मोबाइलमा बढी झुम्मिने गर्छन् । हाम्रा बालबालिकामा मोबाइलको कुनै गेमको लत लागेको छ भने त्यो कुनै लागुऔषधको लगतभन्दा कम हुँदैन ।तर त्यसो भनेर उनीहरूलाई जबर्जतस्ती त्यसबाट छुटाउन खोजियो भने त्यसले पक्कै राम्रो परिणाम ल्याउँदैन । यस्तो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक परामर्श जरुरी पर्छ । लकडाउनका कारण अभिभावकसँगै बालबालिका पनि घरभित्रै कैद भएका छन् ।बाहिर खेल्न जान पाएका छैनन् ।यही भएर अहिले अनलाइन कक्षाको माग बढी भएको हो ।

तर यसको निहुँमाबालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ । अनि अर्काे कुरा अनलाइन शिक्षाका लागि विद्युतीय स्रात÷साधन आवश्यक पर्ने भएकाले बालबकालिकाको मनोविज्ञानमा समाजको वर्गीय विभेदको छाप पनि पर्न सक्छ । अर्थात् बिहान–बेलुका हातमुख जोड्न नसक्ने परिवारका बालबालिकाले मोबाइल÷कम्प्युटरजस्ता सुविधा नपाउँदा उनीहरूको मनमा हिनताबोध उत्पन्न हुन सक्छ । 

अभिभावकको दायित्व
तत्कालका लागि मुख्य जिम्मेवारी मूलतः अभिभावककै हुन्छ । अभिभावकले अनलाइन कक्षा भन्नेबित्तिकै सबै जिम्मा शिक्षकको मात्रै हो भनेर चुपलागेर बस्ने हो भने यसबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । किनभने यसमा शिक्षक आमनेसामने भएर अध्यापन गरेजस्तो हुँदैन । यसैले अभिभावक आफैं जागरुक भएर कुन शीर्षक हो, के विषयमा छलफल हुँदै छ भनेर चासो लिएर उसको सिकाइमा सहयोग गर्नुपर्छ । अनि मात्र बालबालिको ध्यान पढाइमा केन्द्रित गर्न सकिन्छ । बच्चाले कोसँग के सिकिरहेको छ ? सिकाउने मान्छे कस्तो छ ?बच्चाको बुझाइ के छ ?यी सबै कुरामा अभिभावकले ध्यान दिएर बालबालिकाको अनलाइन पढाइमा सहयोग गर्ने हो भनेसोचअनुसारको उपलब्धि हासिल गर्न सकिन्छ । 
(शिक्षक– श्रीजनकल्याण माध्यमिक विद्यालय बौद्ध, काठमाडौं ।)

प्रकाशित: १९ वैशाख २०७७ ११:०१ शुक्रबार

अनलाइन_शिक्षा बालबालिका लकडाउन काेराेना_भाइरस