विचार

संक्रमणविरुद्ध सरकारी सक्रियता

सरकारले कोेरोना रोग संक्रमण रोकथाम तथा उपचारका लागि खटिने चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भएको छ । कोरोना संक्रमणविरुद्ध स्वास्थकर्मीलाई प्रोत्साहित गर्न जोखिम अवधिभर आइसोलेसनमा रहेका बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् भने दोस्रो पंक्तिमा रहेर प्रयोगशालामा काम गर्ने स्वास्थ्यका प्राविधिक कर्मचारीले तलवको ७५ प्रतिशतप्रोत्साहन भत्ता पाउँछन् । त्यस्तै तेस्रो पंक्तिमा रहेर सेवा सहयोग गर्ने सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीले तलवको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।

मुलुकभर ७५३ स्थानीय तहमा कार्यरत ५० हजारका हाराहारीमा रहेका स्वास्थ्य स्वयम्सेविकालाई समेत कोरोना संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र संक्रमणका शंका भएकालाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ । कोरोना महामारी फैलिएसँगै हाम्रो जीवनरक्षामूलतःस्वास्थ्यकर्मीको हातमा गएको अवस्थामा स्वास्थ्यकर्मीकै सुरक्षा, प्रोत्साहन र उच्च मनोबल नहुँदासम्म उपचारमा विश्वसनीयता र प्रभावकारिता हुन्न । स्वास्थ्यकर्मीलाई सुरक्षा कवचको अभावसँगै स्वास्थ्यकर्मी परिचालनको कमजोर व्यवस्थापनले भागाभागको अवस्था आउनुपहिल्यै सरकारले सुरक्षा कवच, परीक्षण सामग्री र प्रोत्साहन भत्ता व्यवस्था गर्दा संक्रमण नियन्त्रणका प्रयास सार्थक बन्न सक्छ । 

कोरोना महामारीले विश्व कोलाहलमय भइसक्दा हामीकहाँ संक्रमितको संख्या नौ जनामात्र छ र तीमध्येएक जनाबाहेक सबै संक्रमित देशबाट आएका हुन् । संक्रमण दोस्रो चरणमा प्रवेश गरेपनि यो भयाबह अवस्थामा नपुग्दै नियन्त्रण गर्नेउपाय र समय अझै हामीसँग छ । यसका लागि प्रदेश स्तरका अस्पताल तथा स्थानीय स्तरका स्वास्थ्य चौकीहरूमा समेत संक्रमणविरुद्धको परीक्षण तालिम दिएर आवश्यक चिकित्सक, सहायक स्वास्थ्यकर्मी तथा गुणस्तरीय  परीक्षण मेसिन उपलब्ध गराउनुपर्छ ।

क्वारेन्टाइनमा राखिएकाहरूको दुई हप्ता बित्नै लाग्दा पनि परीक्षण मेसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा स्वाब परीक्षण नभएको र कतिपयलाई दूरी कायम नगरी क्वारेन्टाइनमा राखिएकाले झगडा भएका घटना पनि छन्  । धेरैजसो क्वारेन्टाइनमा  खाने, बस्ने, सरसफाइ र स्वास्थ्य जाँचको राम्रो व्यवस्था नभएकाले रोग सर्ने सम्भावना बढेको भन्दै चिन्ता प्रकट भइरहेको तथ्यप्रति स्थानीय सरकार चनाखो हुनुपर्छ ।

चीन, इटाली, स्पेन, फ्रान्स हुँदै हाल यसको महामारी अमेरिकामा तीव्ररूपमा फैलँदो छ । यस्तो अवस्थामा हामीले संक्रमणको हालको न्यून संख्याबाट बढ्न नदिन गरिने लकडाउनलगायतका  प्रभावकारी  रोकथाम तथा उपचार प्रयासले सरकारको प्रशंसा चुलिनेछ । संक्रमण हुने देश र मृत्यु हुने मानिसको संख्या दिनहुँ बढिरहेको अवस्थामा हामीकहाँ संक्रमितको संख्या कम छ भनेर मख्खिने समय अवश्य होइन यो । 

स्वास्थ्य सेवा र सुरक्षाको राम्रो प्रबन्ध भएको मानिने अमेरिकामा समेतस्वास्थ्यकर्मीको मनोदशा दिनदिनै गिर्दो अवस्थामा देखिएको र मर्नेको संख्या बढ्दै गएको अवस्थामाहाम्रो कमजोर स्वास्थ्य सेवाप्रति सचेत हुनैपर्छ । अमेरिका, बेलायत, स्पेनलगायतका देशमा महामारीसँगै आफूलाई असुरक्षित ठानिरहेका उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू आफ्ना सम्पत्ति र सन्ततिका बारेमा चिन्तित हुन थालिसकेका छन् । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिँदै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । कोरोना संक्रमण हुने देश र बिरामीको संख्या दिनदिनै बढ्दै गइरहेको छ  । यस्तो विषम परिस्थितिमा सबै राष्ट्रका नेतृत्वले महामारीविरुद्ध क्रियाशीलता र दूरदर्शिता देखाउनुपर्ने समय हो यो । 

संक्रमण हुने र मर्नेको संख्या बढेर विक्षिप्त बनेका राष्ट्रबाट बारम्बार सामाजिक सञ्जालमार्फत विश्वभरका नागरिकलाई घरभित्रै सुरक्षित भएर बस्न आग्रह गरिएका छन् । हाम्रै देशमा पनि लकडाउन सुरुभएको तीन हप्ता पुग्दैछ । योसँगै विदेशबाट फर्किएकाहरूको पहिचान गरी स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने र विपद्का समय भएकाले सबै निजी अस्पताललाई समेत सरकारी नियन्त्रणमालिएर स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ ।

सरकारले कोरोना संक्रमणविरुद्ध लड्न सांसद विकास कोष दुई वर्षका लागि निलम्बन गरेको छ । संघीय सरकारमार्फत १६५  निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रमका नाममा जाने ६ करोड रुपियाँका दरले हुने १० अर्ब रुपियाँसहित कोरोना कोषमा जम्मा भएको दुई अर्ब रुपियाँ स्वास्थ्य सेवा र नागरिकका दैनिक समस्या समाधानमा प्रयोग गर्न सकिन्छ । जनताको जीवन बचाउन र सरकारको गरिमा उँचो राख्न नेतृत्वले चौतर्फी आँखा डुलाउने र मन फुकाउने समय हो यो । 

महामारीको यो विपद्घडीमा गरिब विपन्नका लागि हुने राहत वितरणमा अनियमितता भएका र पार्टीगत विभेद भएका घटना बाहिरिइरहेछन् । लकडाउनको अवस्था अझै लम्बिन सक्ने अवस्थाको आकलन गरी कम्तीमा दुई महिनालाई पुग्ने गरी राहत सामग्रीको परिमाण र गुणस्तर बढाउनुपर्छ । किनभने लकडाउन खुल्नेबित्तिकै पनि मजदूर तथा पेसा÷व्यवसाय गर्नेहरू तुरुन्तै काममा फर्किने र आय आर्जन गर्ने अवस्था नहुन सक्छ । हरेक क्षेत्रमा हुने आर्थिक क्रियाकलाप र पारदर्शितालाई चुस्त÷दुरुस्त बनाउनुपर्छ ।

इटली, स्पेनलगायतका देशमा लकडाउन पालना नगर्दा स्थिति भयाबह भएको समाचारबाट हामी सचेत हुनैपर्छ । कोरोना भाइरसविरुद्धऔषधिसमेत नबनेकाले  विश्व नै त्रसित भइरहेका अवस्थामा हामीलाई महामारीबाट बच्न समय, सुझाव र सूचनाहरूको सदुपयोग गर्ने अवसर अझै बाँकी छ । लकडाउनसँगै जनताको जीवन बाँच्ने आधार व्यवस्थापन गरी संक्रमणको परीक्षण र उपचार प्रक्रियालाई दु्रत गतिमा अघि बढाउन तीनै तहका  सरकारको  क्रियाशीलता र हातेमालो जरुरी छ । 

तीन चार महिनाअघिदेखि कोरोना भाइसरले विश्वलाई त्रसित पारेको छ । महामारी सकिँदा विश्व अर्कै रूपमा प्रकट हुने आकलन बाहिरिइरहेछन् । महामारीविरुद्ध सर्वप्रथम त आफँैलाई एक्ल्याउँदै र दूरी कायम गर्दै विश्वलाई भने एकजुट पार्न लागिपर्नुपरेको छ हामीले । मृत्युपछि मलामीसमेत नपाउने यो रोगको प्रलयकारी प्रताडनाबाट आफूलाई बचाउन हरउपाय अवलम्बन गर्नैपर्छ । यसैले पनि आगामी दिनमा रोगविरुद्ध लड्न चिनिया उपाय ररणनीतिको सुझबुझपूर्ण अवलम्बनसँगै स्वास्थ्य सेवालाई व्यापक विस्तार गरी प्रभावकारी बनाउन हाम्रो नेतृत्वको त्याग, क्रियाशीलतार दूरदर्शिताको  आवश्यकता अझै खट्केको छ । 

चिकित्सा क्षेत्रमा विश्वको सबैभन्दा अगुवा मानिने मुलुक अमेरिकासमेत स्वास्थ्य सेवाका दृष्टिले रोगसँग लड्न अक्षमता देखाइरहेको, अझ भनौँ हाम्रा नजरमा देखिने सुविधासम्पन्न र आकर्षक चिकित्सा व्यवस्थासमेत खोक्रोपनमा रूपान्तरित हुँदैछ भने महामारीविरुद्ध यसबाट हामीले सबक सिक्नैपर्छ ।

जीवन सुरक्षाका लागि हामी घरभित्र थुनिएसँगै कलकारखाना र उद्योग÷व्यवसायको ढोका पनि थुनिएका छन् ।विश्वभर ताण्डव मच्याउँदै हामीमाझ झुल्किएको कोरोना महामारीविरुद्ध लड्न लकडाउन  र क्वारेन्टाइनसँगै स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीको राम्रो प्रबन्ध सरकारको पहिलो जिम्मेवारी हो ।एउटा भाइरसविरुद्ध लड्न खर्बौँकोरकम तुच्छ सावित भइरहेको अवस्थालेविश्वकै ध्यान  सर्वप्रथम स्वास्थ्य सेवा प्रणाली सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता खट्केको छ । 

कोरोना महामारी हरेक राष्ट्रकानेतृत्वको परीक्षण घडी पनि हो । विश्वभरका राष्ट्रिय नेतृत्वले उच्च मनोबल र आत्मविश्वास बोकी सक्रिय भएर काम गर्नुपर्ने समयमा हामीकहाँ पनि त्यहीखालको क्षमता प्रदर्शनको अपेक्षा गरिनु अस्वाभाविक हैन । महामारीविरुद्धको लडाइँमा विश्वका अन्यत्र मुलुकमा देखिएका हेलचेक्र्याइँ,अज्ञानता र स्वास्थ्य सेवाको फितलोपनले यो महामारी अन्तिम अवस्थासम्म पुग्दा विश्वमा हजाराँैले ज्यान गुमाएर, लाखौँले परिवार गुमाएर र करोडौँले रोजगारी गुमाएर महासंकटको स्थिति नआउला भन्न सकिन्न । त्यसैले हामी पनि यस्तो अवस्था सामना गर्नुअघि नै होसियार हुन आवश्यक छ । र, त्यो भनेको यतिबेलाका लागि सतर्क भई सुरक्षित बस्नु नै हो ।त्यसैगरी सरकारीतवरबाट पनिसम्भावित भोकमरी,बेरोजगारी र आर्थिक संकटलगायतका भयंकर घटना आकलन गर्दैआजैबाट दीर्घकालीन योजना ररणनीतिक सोच तथा क्रियाकलाप अंगालेर अघि बढ्नु सबैभन्दा बुद्धिमानी हुनेछ ।

प्रकाशित: १९ वैशाख २०७७ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App