विचार

लकडाउन : घरमै सिक्ने अवसर

डिल्लीराम पौडेल

स्कूल कहिले सुचारु होलान् बालबालिकाको पठनपाठन नियमित होलारु अडकल गर्न सक्ने अवस्थामा हामी अहिले छैनौं। महामारीको नियन्त्रण ढिलो(चाँडो पक्कै हुन्छ। तर त्यतिन्जेल स्कूलका कक्षा कोठा रित्ता राखेर विद्यार्थीहरूलाई घर(कोठामा सीमित गर्नुपर्ने बाध्यतामा छौं हामी। शैक्षिकसत्र, परीक्षा तालिका र बेलैमा कोर्ष सिध्याउनुपर्ने जस्ता व्यवस्थापकीय समस्या एक ठाउँमा छन्, निरन्तर सिकाइमा लागेका हाम्रा स्कूले नानीहरू लामो समय सिकाई प्रकृयाबाट टाढा हुँदा व्यवस्थापकीय समस्या सँगसँगै मनोसामाजिक समस्या पनि भोग्नुपर्छ। अहिले उनीहरूको महत्वपूर्ण समयको बरबादी मात्र भएको छैन ठूलो प्रतिशतमा बालबालिकाहरू मानसिक तनावबाट गुज्रिदैं गएको भरखरैका अध्ययनहरूले देखाएका छन्।

घरेलु हिंसामा बृद्दी हुँदा त्यसको मारपनि केटाकेटीहरूमै बढि देखिएको छ। यसको प्रभाव भोलि स्कूलहरू नियमित भएपछि पनि लामो समयसम्म रहिरहने अनुमान गर्न सकिन्छ। सिकाई भनेकै विद्यालयमा मात्र हुने हो भन्ने हाम्रो एकखाले मानसिकता छ। बालबालिकामा समस्या बड्नुको मुख्यकारण यस्तो सोच हो। यो सोचलाई अलिकति बदल्ने हो भनेपनि अहिलेको संकटलाई अवसरमा बदल्न सकिन्छ। अहिले घरमै खुम्चिएर बसेका बालबालिकालाई अभिभावकले अलिकति सहयोग गर्ने हो भने परिस्थिति भिन्न हुनसक्छ। विद्यालय शिक्षामा हामी धेरै किताबी ज्ञानमा सीमित भएको, परीक्षाको नतिजामा मात्र केन्द्रित हुने गरेको अनुभव पनि छ। दैनिक जीवनका व्यवहारिक पक्षमा हाम्रा बालबालिकालाई ज्ञान दिन अहिलेको समयमा घर विद्यालय बन्न सक्छ भने अभिभावक शिक्षक।

घरमा के सिकाउने, कसरी सिकाउने ?
करेसाबारी र बगैँचा हेरचाह 
बालबालिका लामो समय एकैठाउँमा शान्त भएर बस्न नसक्नू स्वाभाविक हो।उनीहरूमा केही गरौं, केही सिकौं भन्ने हुटहुटी हुन्छ। घरमा करेसाबारी वा बगैंचा छ भने यस्तो बेला उनीहरूलाई आफूसँगै काममा लगाउनुस।विरुवा रोप्न सिकाउने, बिरुवाको हुर्काइ अवलोकन गर्न लगाउने, बगैँचाको गोडमेल तथा सफाइ गर्न लगाउने जस्ता नयाँ कामले रमाइलो मानिरहेका हुन्छन्। चाडै बढ्ने महत्वपूर्ण बिरुवाहरू जस्तैस्तुलसी, एलोभेरा, पुदिना, धनियाँ, विभिन्न किसिमका फुलहरू रोप्न लगाउने र हेरचाह गर्न लगाउँदा बोटबिरुवा सम्बन्धी जानकारी पाउँछन्, त्यसैमा व्यस्त हुन्छन्, अपनत्व अनुभव गर्छन् र आफ्नो कर्ममा विश्वास गर्ने हुन्छन्। 

भान्साको काम
खानाका परिकार कसरी बनाउने, के कस्ता मसला कस्ता खानेकुरामा प्रयोग हुन्छ सिकाउनुहोस्। आफू सहयोगी बनेर बालबालिका आफैलाई प्रयास गर्न लगाउनुहोस्। उनीहरूका सफलतामा प्रशंसा गर्नुहोस् उत्साह थप्नुहोस्।

सिर्जनशील समय बिताउनुस्
अधिकांश बालबालिका नाचगान तथा बाजाहरू बजाउन रमाउँछन्। स्कूलमा सिकेको कुरा तपाइलाई देखाउँदा खुशी हुन्छन्। सिकाउँदा पनि वालवालिकाले आफ्नो रुची र खुबी देखाउने अबसर पाउछन। आफ्न रितिरिवाज, चालचलन तथा सस्कृतिको बारेमा छलफल गराउदा समाजका विभिन्न पाटोको बारेमा उनीहरूले सिक्ने अवसर पाउँछन्। व्यावहारिक रुपमा प्रयोग हुने नापतौल तथा मापनहरु सिकाउदा उनिहरुको दैनिक जीवनमा आउन सक्ने समस्या समाधान गर्न सक्छन।कपडा धुन,कपडा सिलाउन, टाक लगाउन,आइरन गर्न, भान्साका कामहरु गर्न,सरसफाइ गर्न,बेड मिलाउन आदी काम सिकाइयो भने आत्मनिर्भरको भावना बढ्दै जान्छ। अलि उमेर पुगेका बालबालिकालाई घरयासी सामान्य प्राबिधिक कामहरु जस्तैस् बिजुलिका सामान्य कामहरु, धाराटुटी,स्टोभ आदी चलाउन सिकाउँदा उनीहरूमा क्षमतासँगै आत्मगौरब बढ्छ। 

चित्र बनाउन,कागज वा माटोबाट विभिन्न आक्रिती वा फुलरसजावट्का सामाग्री बनाउन, रङ लगाउन सिकाउँदा उनीहरूमा सिर्जनशिलताको विकास हुन्छ। आफ्नो स्थानीय भाषा र अंग्रेजीजस्ता कामकाजी भाषाहरू सिकाउन यो उपयुक्त समय हुनसक्छ। परिवार कसरी बन्छ, कसरी परिवार चलेको छ, इमान्दारिता र अनुशासन भनेको के हो, समाज, राष्ट्र र शासन पद्धति आदी विषयमा जानकारी दिन सक्नुहुन्छ। घरभित्रका साना देखी ठुला निर्णयहरुमा वालवालिकाहरुलाई सहभागी गराउदा उनिहरुमा अपनत्वको आभाष हुन्छ। वालवालिकाहरुलाई वयस्कको जस्तै व्याव्हार गरिदिएमा आफ्नो मुल्य अथवा महत्व रहेछ भन्ने थाहा पाउँछन्,जिम्मेवारी वोध गर्छन्। त्यस्तै, वालवालिकाको स्वास्थ्य समस्या लगायत साथीहरुसङको सम्बन्ध, शारिरिक परिवर्तन र शिक्षक तथा बिद्यालयका बारेमा खुलेर अन्तर्कृया गरिदिने हो भने उनिहरुमा ढाट्ने, छल्ने जस्ता कुरामा कमी आउछ।

इन्टरनेटमा सिकाउँ
इन्टरनेटले संसारभरि सिकाइको तरिकामा बदलाव ल्याइसकेको छ।केही देशहरूले कक्षा कोठामा हुने पढाइलाई इन्टरनेटबाटै निरन्तरता दिन सकेका छन्। हाम्रोमा साधन(स्रोत र पूर्वतयारीको अभावमा तत्कालै त्यो सम्भावना भने देखिँदैन।तर, इन्टरनेटमा सिकाइका लागि अथाह सम्भावना छन्। यो एउटा विशाल सपिङ सेन्टर जस्तै हो जहाँ चाहिने चीज पनि हुन्छन् केही नचाहिने, गलत प्रभाव पार्ने चीज पनि हुन्छन। उपयुक्त र सान्दर्भिक सामाग्री छान्न अभिभावकको साथ र सहयोग चाहिन्छ। ज्ञानवर्धक सामाग्री सुरक्षित तरिकाले खोज्न, पाठ्यक्रम सँग सम्बन्धित भिडियो तथा वेबसाइटहरु, रचनात्मक तथा प्रेरणादायी डकुमेन्ट्रीहरु,फिल्महरु,टिभी च्यानलहरु तथा वालबालिकाहरुका रोजाइका विषयहरू खोजी गर्न सघाउनुहोस्। बिना प्रयोजन इन्टरनेटमा बालबालिकालाई छाडिदिँदा अनावश्यक समय सामाजिक सन्जाल र भिडियो गेममा बिताउने डर हुन्छ।यस्ता सामग्रीको लतले फाइदा भन्दा बेफाइदा बढि गर्छ।बालबालिकाको साथी बन्नुहोस् इन्टरनेट सामग्रीमा सँगसँगै रमाउनुहोस्।

योगा, ध्यान र ब्यायाम 
योग, ध्यान र व्यायामजस्ता कृयाकलापले शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्छन्। शारिरिक र मानसिक अनुशासन सँगै तनाब र चिन्ता काम गरिदिन्छन्। रोगसँग लड्ने क्षमताको विकास गरी फुर्तिलो र उच्च मनोबलमा रहिरहन सहयोग पुर्याउँछन्।

किताब पढ्ने र लेख्न लगाउने 
वैज्ञानिक, दार्शनिक, सफल एवम् महत्वपूर्ण व्यक्तित्वहरूका आत्म वृतान्त सफल व्यक्तिहरूका संघर्षका कथाहरू,उत्प्रेरणा जगाउने उपन्यास, धार्मिक पुस्तक, सार्वजनिक नीति नियमहरू आदी उपलब्ध पढ्न दिइयो वा पढाइयो भने महत्वपूर्ण सिकाइको मौका मिल्छ। यसबाट उनीहरूमा तर्क गर्नसक्ने, कल्पना शिलता र विश्लेषण क्षमतामा वृद्दी हुन्छ। कथा ,कविता, निबन्ध, मनोवाद लेख्न लगाएर बालबालिकालाई व्यस्त, मस्त र सिर्जनशिल बनाइराख्नुहोस्।
(पौडेल त्रिपुरेस्वरस्थित विश्व निकेतन माध्यामिक विद्यालयका शिक्षक हुन्)

प्रकाशित: १२ वैशाख २०७७ ०३:०३ शुक्रबार

महामारी पठनपाठन बालबालिका