विचार

नसुन्ने सरकार

आज मार्च ३ तारिख, विश्व श्रवण दिवस हो। यस सन्दर्भमा कानको उपयोगिता र यसको संरक्षणबारे यहाँ चर्चा गरिन्छ।
कतिपय केटाकेटी बोल्न सक्दैनन्। कान नसुन्ने कारण पनि त्यसो भएको हुन सक्छ। अझै पनि जन्मिँदै कान सुन्ने बालबालिकाको संख्या धेरै पाइन्छ। नेपालमा श्रवण–शक्ति नभएकाहरूका लागि प्राविधिक शिक्षा दिने प्रयास भइरहे पनि सफल हुन सकेको छैन। भारतमै प्राविधिक शिक्षा दिने संस्था थुप्रै छन्। अन्य विकसित मुलुकमा पनि प्राविधिक शिक्षाका माध्यमले आत्मनिर्भर गराउने प्रयास सफल भएका छन्।

अब कानको समस्या र विश्वमा यसको अवस्थाबारे जानकारी गराऊँ। विश्वका ७ अर्ब मानिसमध्ये ४६ करोड ६० लाख व्यक्ति कुनै न कुनै श्रवण समस्यामा छन्। जसमध्ये ७५ प्रतिशत मानिस अल्पविकसित र विकासोन्मुख मुलुकका छन्।
केटाकेटी अवस्थामा अभिभावकले ध्यान दिन नसक्दा र प्रदूषणयुक्त वातावरणमा खेल्ने/बस्ने गर्दा कानमा असर पर्छ। त्यसो त विकसित मुलुकमा पनि उद्योग÷कारखानाका ठूला आवाजले बालबालिकाको कानमा असर पुग्छ।

नेपालको सन्दर्भमा १६.६ प्रतिशत नागरिकमा श्रवण समस्या रहेको अध्ययनले देखाएको छ। आमाले सुतेर दूध चुसाउँदा पनि दूध शिशुको कानमा पर्छ र संक्रमण हुन्छ र पछि कान पाक्ने समस्याले सता“उछ। त्यसैले कानसम्बन्धी समस्याबाट बच्न/बचाउन शिशु अवस्थादेखि नै ध्यान दिन/पु-याउन आवश्यक छ। विकसित राष्ट्रका तुलनामा विकासोन्मुख मुलुकमा कानको रोग बढी देखिन्छ। श्रममा भर पर्नुपर्ने आमाबाबुका छोराछोरी काम गर्ने ठाउँमा हुने प्रदूषणका कारण बढी प्रभावित देखिएका छन्।

कानका विषयमा चासो दिइएको छैन। न त कान उपचारका लागि छुट्टै अस्पतालकै व्यवस्था गरिएको छ। यसलाई सरकारी उदासीनता भन्नु पर्ने हो कि ?

त्यसैले कानको परीक्षण र उपचारका सवालमा पिछडिएका क्षेत्रलाई प्राथमिकता दिन आवश्यक छ। तर नेपालमा अहिलेसम्म श्रवण–शक्तिमा पर्ने असरबारे कुनै नीति बनेकै छैन। जसरी मातृशिशु कल्याणबारे राष्ट्रिय नीति बनेर त्यसअनुसार काम भइरहेको छ। शिशुहरूका लागि भिटामिन ए, जुकाको औषधि, पोलियो थोपाजस्ता कार्यक्रम नियमित रूपमा भइरहेका छन्। तर कानका विषयमा चासो दिइएको छैन। न त कान उपचारका लागि छुट्टै अस्पतालकै व्यवस्था गरिएको छ। यसलाई सरकारी उदासीनता भन्नु पर्ने हो कि ?

केही सामाजिक संस्था कानको सुरक्षा प्रयासमा लागेको देखिन्छ। तर त्यस्ता संस्थाको भरमा मात्र कति सेवा पु-याउन सकिएला र ? जबसम्म राष्ट्रिय नीतिमा कान हेरविचारसम्बन्धी स्पष्ट नीति तयार हुँदैन, तबसम्म यस क्षेत्रमा प्रभावकारी काम हुन सक्दैन।

सामाजिक संस्थाको प्रयासबारे चर्चा गर्नुपर्दा ६ वर्षपहिले खोलिएको इयर केयर नेपालको प्रयास सीमित क्षेत्रमा भए पनि उल्लेखनीय छ। केही नाक÷कान÷घा“टीका विशेषज्ञ डाक्टर र केही समाजसेवीको प्रयासमा सन् २०१३ मा स्थापना भएको एउटा सानो संस्थाले सरकारी विद्यालय र गुम्बामा अध्ययनरत ७९ हजार बालबालिकाको कान परीक्षण गरी तीमध्ये ७ सय ४० जनाको कानको शल्यक्रिया गरेको छ। यसरी समयमा उपचार नपाएका भए ती केटाकेटी केही समयपछि कान नसुन्ने भएर पढ्नै नसक्ने हुन्थे।

उक्त संस्थाले सरकारी स्रोत÷साधन प्रयोग नगरी ५ सय ५ स्कुलका विद्यार्थीको पहिले सुन्ने क्षमता जाँच्ने, अनि आवश्यकताअनुसार कानको शल्यक्रिया गर्ने र तिनको पछिल्लो अवस्था बुझ्ने काम गरिरहेको छ। थोपाथोपाले घैला भर्ने सिद्धान्तअनुसार विभिन्न स्रोतबाट थोरै–थोरै रकम संकलन गरी काम गरिरहेको केयर नेपालले काठमाडौं उपत्यकासहित काभ्रे, डोल्पा, हुम्ला, जुम्ला र मुस्ताङका सरकारी विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिसकेको छ। जँहा–जँहा सेवा पु¥याइयो, ती क्षेत्रबाट फेरि कार्यक्रम सञ्चालन गर्न आग्रह आएको छ। तर थोरै स्रोत÷साधन भएको संस्थाबाट यसभन्दा बढी के नै अपेक्षा गर्न सकिन्छ र ?

सरकारले जन्मिँदै कान नसुनेर बोल्न नसक्नेहरूका लागि प्राविधिक शिक्षा र शिक्षापछि रोजगारीको अवसर दिनुपर्छ। केही निजी व्यवसायीले यस्तो अवसर दिएका छन् भने सरकारले पनि सेवा प्रवेशमा केही कोटा छुट्याएको छ, जसलाई सकारात्मक प्रयास मान्नुपर्छ।

तर जन्मिँदा कान सुन्ने तर पछि विभिन्न कारणले श्रवण–शक्ति कम हुँदै जाने केटाकेटीका लागि थप प्रयास आवश्यक छ। सरकारी विद्यालयमा निःशुल्क र निजी स्कुलमा सामान्य शुल्क लिएर श्रवण–शक्ति परीक्षण गर्ने राष्ट्रिय अभियान चलाउन सके ठूलो जनशक्तिलाई कान नसुन्ने रोगबाट बचाउन सकिन्थ्यो। जुन २० वटा नकारात्मक असर गर्ने रोगमध्ये एक हो।

सबैकुरा एकैपल्ट गर्न नसकिएला तर प्रयत्न गरे नहुने केही छैन। काम गर्दै गए श्रवण–क्षमता कायम राख्न सकिन्छ। विश्व श्रवण दिवसको सन्देश यही छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:५७ मंगलबार

नसुन्ने_सरकार विश्व_श्रवण_दिवस