विचार

बदनामीपूर्ण बाँडफाँट



केही दिनअघि बिबिसीले नेता तथा तिनका परिवार कसरी धनी बन्छन् भन्ने विषयमाअंगोलाका राष्ट्रपतिकी छोरी इसाबेलको रोचक कथा प्रस्तुत गरेको थियो । जसमा एकातिर इसाबेल, आफ्ना पिताको राजनीतिक आडमा कसरी अर्बाैं डलर आर्जन गर्न सफल भइन् भन्ने कथा थियो भने अर्कातिर एंगोलाका गरिब जनताको हविगत देखाइएको थियो ।

अंगोलाको यो हालैको समाचार समीक्षा कार्यक्रम सुन्दा/हेर्दा जनतालाई निचोरेर तथा देशको सम्पदादोहन गरेर संकलन गरिएको रकमती एकसरो कपडा लगाउन र पेटभरि दुईछाक खान पनि नपाएका गरिब आफ्ना नागरिकको समृद्धिमा खर्च गरिएको पक्कै स्थिति अर्कै हुने थियो । तर इसाबेलले अंगोलामा शोषण गरेर कमाएको सम्पत्ति युरोप र अमेरिकाजस्ता देशमा व्यापार/व्यवसायमा लगानी गरेर दुईगुणा बढी कमाएको घिनलाग्दो कथा थियो त्यो ।
हालैस्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमाप्रस्तुत धनी–गरिबबीचका असमानताबारे अखबारमासमाचार आएका छन् । नेपालकै एक दैनिक पत्रिकाका अनुसार विश्वका ७ अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा १ प्रतिशत धनी वर्गको हातमा छ । तथ्यांकअनुसार संसारका १ हजार २ सय ५३ अर्बपतिसँग ४ अर्ब ६० करोड मानिससँग भएको बराबर सम्पत्ति छ । अफ्रिकाका सम्पूर्ण महिलासँग भन्दा विश्वका २२ धनी व्यक्तिसित अपार बढी सम्पत्तिछ । पारिश्रमिक नपाउने महिलाको श्रमको मूल्य वर्षमा १ सय ८ खर्ब अमेरिकी डलर बराबर छ । डलर अर्बपतिको संख्या बितेको दशकभित्र दोब्बर भएको छ ।

आफ्ना सन्तानलाई राम्रो शिक्षा दिऔं, संस्कृति र इतिहास पनि सिकाऔं । सन्ततिलाई राम्रो शिक्षा र संस्कार दिन सके, भोलिको नेपाल बनिहाल्छ नि ! अहिले नै आफ्नालाई देशको सम्पत्ति नबाँडौं !

आज विश्वमा धनी झन् धनी हुने र गरिब झन् गरिब हुने क्रम तीव्र बनेको छ । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील अक्सफाम इन्टरनेसनलको अनुसन्धान हो यो । डाभोसमाआर्थिक मञ्चको वार्षिक बैठकअघि सार्वजनिक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता झन् फराकिलो भएकोदेखाएको छ ।

विश्वकै स्थिति यस्तो छ भने नेपालको स्थिति फरक हुने त कुरै भएन । नेपालमा पनि शक्तिमा बसेकार धनीका तथ्यांक विश्लेषण गर्ने हो भने यस्तै स्थिति देखापर्छ । नेपालकाकेही राजनीतिक नेताले समेत यसरी राजनीतिक आडमा कमाएको रकम विदेशी बैंकमा थुपारेका अपुष्ट समाचार पनि आइरहेकै छन् ।एकदिन त्यसकोवास्तविकता खुल्ला नै । नेपालमा कसैले खोजी नगरेकाले कमाउनेहरूले जसरी कमाए पनि जनतालाई थाहै हुँदैन ।
अब त सरकारमा बस्ने र पार्टीका नेता/कार्यकर्ताले विभिन्न सरकारी अनुदान हात पार्ने कुरा सामान्य भइसकेको छ । कृषिको १ अर्ब अनुदान जम्मा१० निजी कम्पनीको पोल्टामा गएको तथा १०/१०करोड अनुदान पाउनेमा किसान होइन नेता र पहुँचवाला व्यक्ति छन् । कृषिआधुनिकीकरणका नाममा पहुँच भएका एकैजनाले साढे ११ करोड रुपैयाँसम्म पाएका छन् । यसरी कृषि अनुदानमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका ८ कर्मचारी निलम्बनभएका छन् ।

सरकारका मन्त्री तथा राजनीतिक दलका प्रभावशाली व्यक्तिले ठूलो सरकारी रकम खर्च गरेरपनि काम नगरिएका धेरै योजना छन् । सडक, पुल आदि निर्माणमा रकम दुरुपयोग भएको र राम्रो काम पनि नभएका योजना त गनेर साध्य छैन । कतिपय महत्वपूर्ण र ठूला आयोजना ठेकेदारले रकम लगिसकेपछि अनुगमन गर्दा कामै नभएको पनि पाइएका छन् ।सरकारबाट ११ करोड अनुदानको सम्झौता गरेर २ करोड २० लाख रुपैयाँ पेस्की लगेको सर्लाहीस्थित एक कोल्ड–स्टोर प्रालिले पोहोर फागुनयता खाल्डो खनेर बालुवा, गिट्टी र ढुंगा थुपारेको छ । सुनसरीको बेलौरीमा किसानको सुविधाका लागि कोल्ड–स्टोर खोल्न भनेर१० करोड अनुदानको सम्झौता गरी ३० लाख लगेको एउटा स्टोरले अहिलेसम्म जगसमेत खनेको छैन ।

नेपालको गरिबी निवारणमा अहिलेसम्म अर्बौं रुपैयाँ खर्च भएको छ,तर एकचौथाइ नागरिक अझै विपन्न छन्। २०१३ सालमा योजनाबद्ध विकाससुरु भएयता गरिबी निवारणका नाममाअर्बौ खर्चिंदा पनि प्रत्येक ५ नेपालीमध्ये एक गरिबीको दुष्चक्रमा बाँच्न बाध्य भएको तथ्यांकले देखाएको छ । नेपालमा गरीबी निवारणका कार्यक्रम मात्र होइन, प्रायः कुनै पनि योजना र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको देखिएका छैनन् ।

हाम्रो देशमा नेताहरूले चिनेका अथवा नाता पर्ने उद्योगपति वा व्यापारीलाई नै पोस्ने एउटा होड नै चलेको छ । नेपालमा ‘यती’ नाउँको व्यापारिक संस्था छ, जसलाई अहिले धेरैजसो ठूला काम सुविधाजनक रूपमा दिइएको छ । पूर्वराजाहरूको ‘नेपाल ट्रस्ट’को सम्पत्ति सित्तैमा जस्तो दिइयोभन्ने चर्चा सेलाएको छैन । पाथीभराको ३१७ रोपनी जमिन ८० वर्षसम्मका लागिउही यतीलाई नै दिइएको समाचार आएको छ ।

अन्त्यमा, सबै मिलौं र देश बनाऔं, पहिले। आफ्ना सन्तानलाई राम्रो शिक्षादिऔं, संस्कृति र इतिहास पनि सिकाऔं । सन्ततिलाई राम्रो शिक्षा र संस्कार दिन सके, भोलिको नेपाल बनिहाल्छ नि ! अहिले नै आफ्नालाई देशको सम्पत्ति नबाँडौं ! अफ्रिकाको अंगोलामा राष्ट्रपतिकी छोरीको जस्तो सोच नबनाऔं । कसरी नेपाल र नेपालीको भलोहुन सक्छ, त्यसअनुसार कार्यक्रम बनाएर अघि बढौं । प्रकृतिले हामीलाई अथाह सम्पत्ति दिएकी छन्, त्यसैको मात्र सदुपयोग गर्न सक्ने योजना बनाएर कार्यान्वयन ग¥यौं भने हाम्रा सन्ततिले भोलि स्वदेशमै बाँच्ने र गरिखाने आधार पाउनेछन् ।

प्रकाशित: १९ माघ २०७६ ०४:०३ आइतबार

बदनामी बाँडफाँट