विचार

सम्पदा पुनःनिर्माणको मूल्यांकन गरौं

वि.सं. २०७२ को महाभूकम्पपछि सयौंको संख्यामा राष्ट्रका गौरवका रूपमा रहेका मन्दिर, स्तुप, विहार, प्राचीन दरबार एवं घर, पाटीपौवा आदि कति पूरै भत्किए त कति नराम्रोसँग क्षति भए। जसको जीर्णाेद्धार तथा पुनःनिर्माण सरकारले नेपाल पुनःनिर्माण प्राधिकरण, पुरातŒव विभाग, विभिन्न संघसंस्था, गुठी संस्थान, एनजिओ, आइएनजिओ, नगरपालिका, गाउँपालिका तथा जिल्ला कार्यालय आदि सरकारी एवं गैरसरकारी निकायमार्फत गरिरहेको छ।  

तैपनि प्राथमिकतामा परेका काठमाडौंका स्मारकहरू जस्तै ः धरहरा, रानीपोखरी, काष्ठमण्डप, माजुदेगल आदिको पुनःनिर्माण तथा जीर्णाेद्धार अझै कछुवा गतिमा भइरहेको छ। शिवपार्वती र कुमारीघरजस्ता महŒवपूर्ण स्मारकहरूको पुनःनिर्माण त अझै सुरु हुन सकेको छैन। समय–समयमा पुनःनिर्माण प्राधिकरण र पुरातŒव विभागले देशभरका यति सयवटा स्मारक पुनःनिर्माण, यति सयवटा जीर्णोद्धार गरियो भनी सञ्चारमाध्यमहरूबाट भन्ने गरेको सुनिन्छ।

जेहोस्, जतिसक्दो चाँडो तरिका र ढंग पु¥याई यी स्मारकहरूको पुनःनिर्माण र जीर्णोद्धार गरिनुपर्छ। अब प्रश्न उठ्छ– हाम्रा स्मारकहरूको पुनःनिर्माण र जीर्णोद्धार पुराताŒिवक ढंग, नियम तथा मर्यादाअनुसार भएका छन् त ? मलाई लाग्छ– पुनःनिर्माण तथा जीर्णोद्धारमा लागेका कुनै पनि निकायले यी कुरामा ध्यान दिइरहेका छैनन्। तर सबै निकायलाई एउटै डालोमा हाल्नु हुँदैन। सामाजिक सेवा परिषद्ले आफ्ना मातहतका परियोजना मूल्यांकन गर्ने परिपाटी बसालेको छ। यसले केभिपिटी(आइएनजिओ)मार्फत पुनःनिर्माण÷जीर्णोद्धार गरेका मध्ये इटुम्बहालको पूर्वी लंग, पाटन दरबारको मूलचोक, सुन्दरीचोक, बहादुर शाहको दरबार, सुलिमा आँगछें आदि स्मारकको मूल्यांकन गराइसकेको छ।

दुःखको कुरो, हाम्रो देशमा सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारपछि मूल्यांकन गर्ने परिपाटी अझै बसेको छैन ।

कुनै पनि स्मारकको पुनःनिर्माण÷जीर्णोद्धार सकिएपछि ती काम ठीक तरिकाबाट भए÷गरेका छन्÷छैनन्, गुणस्तरीय छन्÷छैनन्, ती काममा भएका खर्च नियमपूर्वक भएको हो÷होइन, आदि जाँच गर्नुपर्छ। यस्तो मूल्यांकन योग्य पुरातŒवविद्, वास्तुकलाविद्, चार्टड अकाउन्टेन आदिको सहभागितामा गराउनुपर्छ। यस्ता विज्ञ सम्मिलित मूल्यांकन समितिले स्थलगत निरीक्षण तथा सम्बन्धित फाइल, नक्सा, ड्रइग, पुराना तस्बिर आदि अध्ययन गरी त्यस्ता कामको मूल्यांकन गर्नुपर्छ। उक्त समितिले ती स्मारकहरूको संरक्षण टिप्पणी वा कन्जरभेसन नोट र लगत इस्टिमेटहरू राम्ररी अध्ययन गर्नुपर्छ। साथै ती स्मारक पुनःनिर्माण÷जीर्णोद्धार गर्न प्रयोग गरिने सामाग्रीको गुणस्तर पनि राम्ररी जाँचबुझ गर्नुपर्छ। पुराताŒिवक नियमअनुसार सकेसम्म ती स्मारकमा प्रयोग गरिएका पुराना इँटा, ढुंगा, काठपात आदि पुनः सरसफाइ गरी सकेसम्म भविष्यमा बिग्रिन नपाउने गरी रसायन प्रयोग गरिनुपर्छ। काठको हकमा पुनः प्रयोग गर्नुभन्दा पहिले ‘फुमिगेसन’ प्रविधिबाट कीराफट्यांग्रा मार्नुपर्छ। वास्तवमा कुनै पनि पुनःनिर्माण र जीर्णोद्धारको काम गर्दा सकेसम्म र पाएसम्म मौलिक सामग्री र नपाए तीसँग मिल्दोजुल्दो गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्छ।
स्मारकहरूको पुनःनिर्माण र जीर्णोद्धारको सुरुवातदेखि नै अर्थात् भत्काउने बेलादेखि नै जिम्मेवार प्रमुखहरूले दैनिक प्रगति विवरण संकलन गर्नुपर्छ र कुनै समस्या आइपरे तुरुन्त काम रोकी विज्ञहरूसँग छलफल गर्नुपर्छ। अनि काम सकिएपछि आफ्ना परियोजनाबारे विस्तृत प्रतिवेदन बनाई सम्बन्धित निकायमा बुझाउनुपर्छ। यसो गरेमा भविष्यमा उक्त स्मारकमा के–कस्ता समस्या थिए र तिनको समाधान कसरी गरियो आदि कुरा थाहा पाउन सहज हुन्छ।

जसरी भए पनि मौलिकता जोगाई, इतिहास बचाई, भौतिक अवस्था र स्वरूप बलियो बनाई स्मारकहरू आउँदो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। हाम्रो देशमा बारम्बार भूकम्प जाने हुनाले सकेसम्म स्मारकलाई भूकम्पप्रतिरोधी बनाउनुपर्छ। यहाँ विभिन्न स्वघोषित विज्ञहरूको आ–आफ्नै तर्क छन्। कोही भन्छन्– हाम्रा स्मारक आफंैमा भूकम्पप्रतिरोधी छन्। कोही भन्छन्– यी स्मारकमा कुनै पनि आधुनिक निर्माण सामग्री जस्तै ः सिमेन्ट, कंक्रिट, फलाम आदि प्रयोग गर्नु हँुदैन। किनभने हाम्रा पुर्खाले यसमा आधुनिक निर्माण सामग्री प्रयोग गरेका छैनन्। यो हास्यास्पद कुरा हो। किनभने १९९० सालअगाडि काठमाडौं उपत्यकामा फलामको प्रयोग नगन्य मात्रामा हुन्थे भने सिमेन्ट त थाहै थिएन। मलाई लाग्छ– हाम्रा स्मारकहरूको मौलिकता र ऐतिहासिकता जोगाई बलियो र जीवन्त बनाउन यस्ता सामग्री आवश्यक पर्छ भने प्रयोग गर्न सकिन्छ। विश्वका सम्पदाको जिम्मेवारी बोकेको युनेस्कोले पनि नेपालमा सम्पन्न गरेका आफ्ना केही परियोजनामा आवश्यकताअनुसार यस्ता आधुनिक सामग्री र प्रविधि प्रयोग गरेका उदाहरण छन्।

स्मारक पुनःनिर्माण तथा जीर्णोद्धार गराउँदा दक्ष र अनुभवी डकर्मी, सिकर्मी, ज्यामी आदि संलग्न गराउनुपर्छ। अनि सम्बन्धित अधिकारीले कामको निरन्तर अनुगमन गर्नुपर्छ। साथै जनस्तरबाट पनि हेरविचार गरिनुपर्छ।

अन्त्यमा, स्मारक पुनःनिर्माण र जीर्णोद्धारको मूल्यांकन गर्दा माथि उल्लिखित विषयमा राज्य तथा सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी छ। तर दुःखको कुरो, हाम्रो देशमा सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारपछि मूल्यांकन गर्ने परिपाटी अझै बसेको छैन। तसर्थ हामीले स्मारकहरूको पुनःनिर्माण तथा जीर्णोद्धार उचित तरिकाबाट भएका छन् भनेर कसरी विश्वास गर्ने ?

प्रकाशित: ८ आश्विन २०७६ ०६:०४ बुधबार

भूकम्प सम्पदा पुनःनिर्माण मूल्यांकन