विचार

जंगल र प्रचण्डको घुर्की

भगवान बुद्ध र बुद्धत्वबारेको उनको बुझाइ कति गहिरो छ, त्यो त त्यस अवसरमा खुलेन तर परिवर्तनका नाममा विद्रोह कालमा कार्यकर्तालाई मन्दिरमा बम पड्काउन र किरियापुत्रीलाई ‘बिटुल्याउँंदै’, किरियाघरबाट मुन्ट्याउन लगाउने, नास्तिक र माक्र्सवादी उनले अध्यात्ममा पनि आफू निकै आस्थावान र जानकार जस्तो गरी भागवद्गीताको महात्म्य भने कहे।

गत वैशाख २२ गते कार्लमाक्र्सको २०१औँ जन्मस्मृति कार्यक्रममा नेकपाका दुई अध्यक्षमध्येका एक र तत्कालीन माओबादी विद्रोहका कमान्डर पुष्पकमल दाहालले बोलेका ‘फेरि जंगल जान्छु’ भन्नेलगायतका कुराले आममानिस कोही चिन्तित, कोहीक्षुब्ध, कोही निराश त केही आक्रोशित बने।

राष्ट्रले बिर्सन र दाहालहरू स्वयंले बिसाउन चाहेको क्रूर एवं रक्तरञ्जित विद्रोहमा फर्कने कुरा पो गर्छन्यिनी त भन्ने मान्छेलाई लाग्यो।स्वभावतः उनको भनाइको धेरैतिरबाट आलोचनाभयो।सामाजिक सञ्जालहरूमा खिसीट्युरी भए।‘हामीहरू हिजो जंगलमा बस्दा जंगलको अनुभूति भएन’ भन्ने दाहालको कथनमा राजनीतिक विश्लेषक जुगल भुर्तेलले ‘यस्सो दुइटा रुखपछि ठूलो घर आइहाल्ने नोयडा(दिल्ली) को ‘जंगलमा’ कहाँबाट ‘जंगल’को अनुभूति हुनु त’ भनी ट्विट गरे।दाहाललगायतका कतिपय नेतागण आफूहरूधेरैजसो सुबिस्ता र सुरक्षापूर्वक विदेशी भूमिमा बसेर यहाँ १७००० मान्छे मर्ने÷मार्ने विद्रोह गराएकामा व्यंग्य थियो यो। कसैले आराम गर्न विलासी रिसोर्टहरू गइरहने दाहालको बानीतर्फ संकेत गर्दै ‘फेरि जंगल रिसर्ट जान तयार छु हुनुपर्नेमा जंगलमात्रै भएको’ भने। त कसैले ‘जो राजधानीमा सयौँ सुरक्षा गार्डको घेरामा आलिशान घरमा बसेर नि मलाई विप्लवले मार्ने भए, अदृष्य शक्तिले मार्ने भएभनेर सधैँ अलापविलाप गर्छ, उही फेरि जंगल जाने रे’ भनी व्यंग्य कसे।

जंगल जाने कुरा गर्नु भनेको पार्टी एकताबाट पछि हट्नु पनि हो। किनकि उतिबेलैदेखि जंगल नगएर ‘संसदीय भास’मा जाकिएको एमाले त अहिले जंगल जांँदैन होला, यस्तोमा जंगल गए एमालेबाट फुटेरै जाने होला।

‘ड्यामेज कन्ट्रोल’
यिनै प्रतिक्रियार जनमनोविज्ञान हेरेरत्यसको भोलिपल्टै एउटा धार्मिक अनुष्ठानमा गएरउन्ले यस्तो बोले–‘मैले जंगल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन, देश र जनताका लागि आवश्यक प¥यो भने सम्पत्ति, राजपाठसबथोक त्यागेर बुद्ध जस्तो गरी हिँड्न तयार छु भनेको हुँ।’भगवान बुद्ध र बुद्धत्वबारेको उनको बुझाइ कति गहिरो छ, त्यो त त्यस अवसरमा खुलेन तर परिवर्तनका नाममा विद्रोह कालमा कार्यकर्तालाई मन्दिरमा बम पड्काउन र किरियापुत्रीलाई ‘बिटुल्याउँंदै’, किरियाघरबाट मुन्ट्याउनलगाउने, नास्तिक र माक्र्सवादी उनले अध्यात्ममा पनि आफू निकै आस्थावान र जानकार जस्तो गरी भागवद्गीताको महात्म्य पनि त्यहाँ कहे। तल प्रस्तुत छन् दाहालको वैशाख २२ को मन्तव्यका केही महत्वपूर्ण भनाइ:

अन्तष्करणको आवाज?
‘हिजो जंगलमा बस्दा पनि जंगलमा भएको अनुभूति हुन्थेन। उतिबेला जतिसुकै ठूला दुःख, कष्ट र चुनौती बिर्सेका हामी, अहिले काठमाडौँ आउँदा बरु जंगलमा आएजस्तो भएको छ। जंगलमा हँुदा बरु सबै थिए, यहाँ त एक्लैएक्लै हुन थालियो।आफ्नै पार्टीको सरकार छ, पार्टी पनि विशाल छ तर पनि एक्लै र असहाय छौँ जस्तो भइरहेको छ। किन?यो केभएको हो?एकजुट (दल एक) हुँदा पनि हिम्मत हारे जस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भइरहेको छ।हामी ६–७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवादलाईसहजै परास्त गर्न सक्छौँ तर हिम्मत हार्दैछौंँ।हामी किन समूहमा भएर पनि कमजोर हुँदैछौँ ?हामीले संकल्प र समीक्षा गर्ने कुरा यही हो।’

‘हेर्दै जानुहोला, मलाई जंगल जान कुनै अप्ठ्यारो छैन। जनताले साथ दिए सबै त्यागेर फेरि जंगल जान म तयार छु। पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाती फुलाउने तपाईँ हामीहरू अहिले आपसमा देख्दा पनि नदेखेकोझैँ, बोल्नै नपरे हुन्थ्योझैँ गर्दैछौँ।पार्टीभित्रै एकले अर्कोलाई छिर्के हानिएको, एउटाले अर्कोलाई सिध्याउन खोजिएको छ। हामीले सत्तामा जान वा प्रधानमन्त्री बन्नका लागिमात्रै पार्टी एकता गरेको होइन, समाजवादमा पुग्ने ठूलै उद्देश्य, ठूलै सपना बोकेर गरेको हो। एउटा नयाँ ढंगको पार्टी निर्माण गरेर समाजवादी युगतिर नेपाललाई लगेर विश्वभरिका समाजवादीलाई सन्देश दिन गरेको हो।हामीले त वर्तमान नेकपालाई रूपान्तरण गरेर कम्युनिस्ट पार्टी बनाउने, मूल्य÷मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो। श्रमजीवी जनताको विशाल फौज बनाउने हो।’

दाहाल कथनका अन्तर्य र अप्ठ्यारा
माथिका भनाइबिना कुनै प्रयोजन पनि बेलाबेलामा बोलिरहने दाहालका आकस्मिक कथनका अर्को शृंखलामात्र होइन रअन्तस्करणकै आवाज हुन् भने त्यस्का अन्तर्य र अप्ठ्यारा बुँदागतरूपमा निम्न हुन सक्छन्:

१. पार्टी एकता जुन ढङ्ग र गतिबाट अगाडि बढिरहेको छ वा छैन, त्यसबाट उनी असन्तुष्ट छन्। समग्र पार्टी एकता र देशको राजनीतिमा आफ्नो र आफ्नो घटकको ‘स्पेस’, महŒवाकांक्षा र भविष्यलाई लिएर उनी चिन्तित एवं निराश छन्। वास्तवमा विचारधारात्मक दलबाट राजनीतिक दल एवं शास्त्रीय कम्युनिस्ट दलबाट लोकतान्त्रिक दलमा रूपान्तरण हुने क्रममा दुईमध्येको ठूलो र पार्टीमा वर्चश्वशाली घटक एमाले र दाहालको घटकबीचडेढ दुई दशकको ‘टाइम ग्याप’ छ। जुन दाहालले चाहेर पनि सहजै र छिटै पुरिँदैन। एमालेभित्रका गुटबन्दीका कारण पनि उनले चाहेको जस्तो हुने स्थिति छैन।‘प्रधानमन्त्री बन्नकै लागिमात्रै’ पार्टी एकता गरेको होइन’ भन्ने अभिव्यक्तिले त झन्प्रधानमन्त्री बन्न नपाएको कुन्ठा नै झल्काउँछ।

२. जहाँसम्म ‘वर्तमान नेकपालाई रूपान्तरण गरेर कम्युनिस्ट पार्टी बनाउने, मूल्य÷मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने’ उनको चाहना(?)छ, सो अमूर्त त छ नै।देश, काल, परिस्थितिले गरेर असम्भव पनि छ।आजका दिनमा एमालेको पहिचान र शक्ति भनेको विचार (आइडोलजी)वा मूल्य÷मान्यता होइन, हाल गुटबन्दीलगायतका कारण क्षय भएको भएतापनि चुस्त संगठन र तिखारिएका कार्यकर्ता हुन्। विचारधारा माओवादीको पनि शक्ति हुन छाडेको धेरै भइसक्यो। फौजी ढाँचा र मानसिकताको संगठन र नेतृत्वको केन्द्रीकरण भएको सो पार्टीले आप्mनो ‘स्ट्रेन्थ’ वा विशेषता भनी एकीकृत पार्टीमा हाबी हुने कुनै कुरा छैन।

३. पछिल्लो समयमा निरन्तर कमजोर एवं अलोकप्रिय हुंँदै गएपछि र एक्लै सत्ता प्राप्त गर्नसक्ने हैसियत समाप्त हुँंदै गएपछि छुट्टै दल कहलाउनेसम्मको‘सुरक्षित अवतरण’लाई स्वीकार गर्दै उनको दल एमालेसँगएक हुनगएको हो। एक्काइसौँशताब्दीको समाजवाद वा जे नाम दिएपनि हेटौँडा महाधिवेशनपछि मूलतःपूर्वएमालेकै राजनीतिक र आर्थिक नीतिलाई पछ्याएको र विद्रोह कालमा लिएको ‘सर्वहाराको अधिनायकवाद’को वैचारिक प्रस्थापनार हिंसात्मक ‘जनयुद्ध’को बाटो छाडेको माओवादीको पनि छुट्टै पहिचान र विरासत अब बाँकी छैन। यद्यपि स्कुलिङ र विद्रोह कालको धङधङी पार्टी पंक्तिमा बाँकी नै छ। जुन स्वाभाविक हो रनिख्रिन समय लाग्छ।

४. ‘हामी ६–७ लाख कार्यकर्ता उठ्ने हो भने हामीले दलाल नोकरशाही पुँजीवादलाई सहजै परास्त गर्नसक्छौंं’ जस्ता दाहालका अभिव्यक्तिमा सत्ता कब्जाको त्यही धङधङी प्रतिविम्बित हुन्छ।जुन धङधङीलाईकार्यरूप दिन शान्ति प्रक्रियामा आइसकेपछि पनि दाहालले आफूहरू बलिया भएका बखत दुई फेरसम्मअसफल प्रयास गरेका थिए। एकफेर प्रधानसेनापतिलाई हटाउन खोजेर र अर्कोफेर वरपरका जिल्लाबाट लाखौँ मान्छे उतारेर राजधानी कब्जा गर्न खोजेर।पहिलोलाई देशको आन्तरिक र बाह्य शक्ति सन्तुलनले तुहाइदियो भने दोस्रोलाई जनता नै सडकमा ओर्लेर असफल तुल्याइदिए। त्यसैले अबकमजोर र नेकपाको पनि एउटा घटकको नेतामा सीमित हुनुपरेका दाहालले यस्ता सपना नदेख्नु, नबाँड्नु (कार्यकर्तालाई नै किन नहोस्) नै उनको र अरुका लागि पनि राम्रो हुन्छ।

५. एक तजंगल जाने कुरा गर्नु भनेको पार्टी एकताबाट पछि हट्नु पनि हो। किनकि उतिबेलैदेखि जंगल नगएर ‘संसदीय भास’मा जाकिएको एमाले त अहिले जंगल जांँदैन होला,यस्तोमा जंगल गए एमालेबाट फुटेरै जाने होला। त्यसैपनि उनले दलाल नोकरशाही पुँजीवाद भन्ने गरेको हजुरिया पुँजीवाद (क्रोनी क्यापिटलिज्म)का सबभन्दा सफल प्रयोगकर्ता र लाभान्वितका वर्गमाकम्युनिस्टहरू नै, धेरैजसो एमाले र त्यसपछि माओवादीअग्रपंक्तिमा रहेका कुरा जगतले देखेकै छ। र, जंगलमा हजुरिया पुँजीवाद हुंँदैन, अग्राह्य कुरा भएपनि त्यो सभ्यतामा मात्र हुन्छ।

६. हो ‘अडिएन्स’ र अवसर हेरेर बोल्नेमा दाहाल खप्पिस छन्। अवसर माक्र्सको जन्मजयन्ती र भेला आफ्ना पार्टी कार्यकर्ताको, त्यो पनि बहुसंख्यक पूर्वमाओवादीहरूको, हुँदा अवसरअनुसारको ‘अडिएन्स’को खपतका लागि चर्को कुरा गरेको हुनसक्छ। तर त्यसबाट अल्पकालीन फाइदा हासिल भएपनि दीर्घकालमा नेताको विश्वसनीयता कम हुन्छ। दाहालको हकमा त्यस्तो भइसकेको पनि छ।एमाले जस्तो सरकारी र गैरसरकारी हरक्षेत्रलाई दलीयकरण गर्ने दलमा ‘जुनियर पार्टनर’ का रूपमा सामेल हुने घटक वा त्यसका नेताले आफूखुसी वा आफू सन्तुष्ट हुन सक्ने स्पेस पार्टीभित्र वा बाहिर पनि नपाउने त पहिल्यै स्पष्ट थियो जुन दाहालले बुझ्नु र जसका लागि तयार रहनुपर्ने थियो।

केही सुझाव
दाहाल नेकपाको दुई घटकमध्येको एकका ‘आजीवन’ नेता हुन्। उनको भनाइमा उनको र उनका समर्थकहरूको बेचैनी, दिशाहीनता, हतासा र सैद्धान्तिक एवं कार्यात्मक अन्योल प्रतिविम्बित भएको पनि हुनसक्छ। तर कार्यकर्ताका असन्तुष्टि वा निराशालाई चिर्न होस् वा अर्को पक्षलाई दबाब दिन, ‘बार्गेनिङ’ गर्न,घरिघरि जंगल जान्छु भन्ने घुर्की लाउन उनले अब छाड्नैपर्छ। विश्वमै संग्रहालयको सज्जा बनिसकेको सिद्धान्तलाई फेरि विद्रोहका बलमा यहाँ ल्याएरै छाड्छु भन्नेसपना देख्न÷देखाउनछाड्नुपर्छ। आफ्नो व्यक्तिगत महŒवाकांक्षा र गुटगत÷घटकगत स्वार्थ अनि त्यसका कुन्ठामा होइन, राष्ट्रिय स्वार्थमा रमाउन सिक्नुपर्छ।यसो गरे अझै पनि उनको भविष्य उज्ज्वल छ, नगरे भन्न सकिन्न।

प्रकाशित: ३० वैशाख २०७६ ०२:२२ सोमबार

जंगल प्रचण्ड घुर्की गाैतम_बुद्ध