विचार

काममा नास्ती,नाममा सास्ती

प्रजातन्त्र र ‘कम्युनिस्ट बहुदलीयता’
एकदलीय कम्युनिस्ट पद्धति भएका मुलुकहरूमा एउटामात्र कम्युनिस्ट पार्टी भएजस्तै बहुदलीय प्रजातन्त्र भएका मुलुकहरूमा कम्युनिस्टपार्टी पनि बहु हुनु प्रजातन्त्रको नियमै हो।नेपालमा पनि फुटी फुटी बनेका धेरै कम्युनिस्ट पार्टी छन्। किनकि नेपालका कम्युनिस्टहरूको फुट्ने औसत अन्य लोकतान्त्रिक देशहरूको भन्दा पनि उच्च छ। तैपनि कम्युनिस्ट दलहरू धेरै हुनुहुँदैन, एउटै हुनुपर्छ भन्ने परम्परागत धारणा पनि उनीहरूमा उत्तिकै प्रबल छ फेरि। दलीय प्रतिस्पर्धा त बुर्जुवा दलहरूसँग वा बुर्जुवा दलहरूका माझ पो हुने हो त,कम्युनिस्टहरूबीच केको प्रतिस्पर्धा? त्यहाँत श्रेष्ठतामात्र हुन्छ,जुन सर्वश्रेष्ठ छ, त्यही एउटा रहने हो, बाँकी सबै त्यसैमा समाहित हुने हो,समाहित हुन नमान्ने, नसक्ने जतिसमाप्त हुन्छन्, समाप्त पारिन्छन्– यस्तो उनीहरू सोच्छन् पनिर फुट्छन् पनि । हो,श्रेष्ठताको परिभाषा भने दलैपिच्छे फरक अवश्य हुन्छ। जस्तोकि एमालेहरूठूलो दल हुनुलाई श्रेष्ठ हुनु मान्छन् भने मोहन वैद्यहरू‘शुद्ध’ हुनुलाई, अनिनेत्रविक्रम चन्दहरू‘क्रान्तिकारी’ हुनुलाई। क्रान्तिकारिता र शुद्धतावादलाई प्रस्थानविन्दु बनाएका प्रचण्डहरूठूलो तर आफूहरूले कम्युनिस्टै होइनन् भनेको एवं‘व्यवहारवादी र संशोधनवादीमा पतन भएको’एमालेसँग एक भएका छन् यतिबेला, आफू पनि ऊ जस्तै हुँदै गएर।

जसरी पनि एउटै कम्युनिस्ट पार्टी निर्माणको सोच वास्तवमाकम्युनिस्टहरूको एकदलीय स्कुलिङकै उपजहो तर जबर्जस्तीको एकताभन्दा आफ्नो मनखुसीको स्वतन्त्रता प्यारो हुने मानवको नैसर्गिक स्वभावभएकाले ‘एकदलीयताका प्राधिकार’लेनिनका फोटा अघिल्तिर उभिँदै जोशले मुड्की उचाल्ने कम्युनिस्टहरूमौका पाउनासाथ,पर्नासाथ फुटिहाल्छन् । र, त्यो मौका बहुदलीय प्रजातन्त्रलेदिएको हुन्छ।रुसमा पनि उतिबेला बहुदलीय प्रजातन्त्र भएको भए ट्रट्स्कीले मस्कोमै बसेर अर्को दल खोल्थे, स्टालिनसँग चुनावी प्रतिस्पर्धा गर्थे र त्यहीं कालगतिले मर्न पाउँंथे। चीनमा बहुदलीय प्रजातन्त्र भएको भएलियु साओ चि र देङ्ग स्याओ पिङ्गहरूले उतिबेलै माओसँग सम्बन्ध तोडेर छुट्टै दल बनाउँथे। अनिश्चित कालसम्म राष्ट्रपति भइरहन पाइने सि जिनपिङ्गको नीतिको भित्रभित्र विरोधमा रहेकाहरूपनि अहिले धमाधम फुट्दै हुन्थे।

कम्युनिस्टफुट र जुटका लामा कथा–व्यथा
सधैँ फुटिरहनेकम्युनिस्टमध्येका सबभन्दा ठूला दुई पार्टी(नेकपा–एमाले र माओवादी केन्द्र) नैएक भएको हालको घटना वास्तवमै दुर्लभ र महत्वपूर्ण राजनीतिक परिघटना हो। योएकता सफल र दिगो भएमाराष्ट्रिय राजनीतिमा यसले ल्याउनसक्ने स्थिरता, प्रमुख प्रतिस्पर्धी बुर्जुवा दल नेपाली कांग्रेसलगायतका अन्य दलउपर पर्ने असर र चुनौती, एमाले–माके दुवैलाई हुने (धेरै) फाइदा र (थोरै) बेफाइदाका विषयमा प्रशस्तै प्रारम्भिक विश्लेषण भइसकेकै छन् । त्यसैले तिनलाई यहाँ नदोहो-याउँ । यो एकताको औचित्य (रासनल) पनि बहुआयामिक छन् । केही मनासिव छन्, जस्तोकि सबैखाले उग्रवाद र हिंसालाई त्यागेर लोकतान्त्रिकव्यवस्थामा आइसकेका अर्थात खासै सैद्धान्तिक मतभेद नभएका कम्युनिस्ट पार्टीहरूका बीच आपसमाभोटबाँडिने गरी किन दुईटा कम्युनिस्ट पार्टीचाहियो भन्ने ‘रासनल’। तर एकतापछाडिका कतिपय कारक भने त्यत्तिकै गुण÷दोषमा आधारित छैनन् । पारदर्शी पनि छैनन्,जस्तोकि दुवै पार्टीका अध्यक्षबीचआलोपालो प्रधानमन्त्री बन्नेगोप्य सहमति वाएकताको पक्ष र विपक्षमा भएको/निम्त्याइएको बाह्य चलखेलका रहस्य। यस्तागोप्यता र रहस्यको पर्दाफास हुन भनेसमय लाग्नेछ।

सधैँ फुटिरहने कम्युनिस्टमध्येका सबभन्दा ठूला दुई पार्टी (नेकपा–एमाले र माओवादी केन्द्र) नै एक भएको हालको घटना वास्तवमै दुर्लभ र महत्वपूर्ण राजनीतिक परिघटना हो।

जे होस्, केही महिनापूर्वसम्म एकले अर्कोलाई निम्नस्तरको गाली गरिरहने र आफ्नो फुटका लागि बेलाबेला अमूर्त देशी/विदेशी शक्तिलाई दोष लगाइरहने उनीहरूभौतिकरूपमा एक भएका छन्, भावनात्मकरूपमा भएपनि नभएपनि। नेताहरूका अहं र महत्वाकांक्षाको द्वन्द्वदेखि गुटगत स्वार्थको द्वन्द्व जेलाई पनि सैद्धान्तिक द्वन्द्व बताएर फुटिरहने उनीहरूऔपचारिकरूपमाएक भएका छन् ।के यो एकता एमाले बन्ने गरेर नेकपा माले र नेकपा माक्र्सवादीबीच २०४७ सालमा भएको जस्तो मजबुत र स्थायी हुनेछ? हुनसक्छ, तर त्यसका लागिउनीहरूले धेरै कठिन परीक्षाहरूपार गर्नुपर्नेछ।माओवादीको मोहनविक्रम/निर्मल लामाको सशस्त्र संघर्षकोस्कुलिङरएमालेको पुष्पलाल/मनमोहन/मदन भण्डारीको‘संसदीय (लोकतान्त्रिक) साम्यवाद’को स्कुलिङबीचको सैद्धान्तिक/वैचारिक अन्तर्घुलनको परीक्षा।विद्रोह कालका तुष बिर्सेरआपसमा मन माझामाझ गर्नेपरीक्षा।माओवादी विद्रोहको समीक्षामा निहित मतभेदको सम्बोधनका परीक्षा। पहिचान राजनीतिका संवेदनशील मुद्दाहरूमा रहेको गम्भीर मतभेदलाई सल्ट्याउने परीक्षा। यी परीक्षा त बल्ल अब सुरु हुनेछन्, अहिलेसम्म त चुनावी गठबन्धनको सफलताको मधुमास र एकताको रोमाञ्चक आसमै समय गुज्रेकोछ।

सबैभन्दा कठिन परीक्षा त अझ सांगठनिक एकताको कुरामाहुनेछ जसमा दुवै पक्षका शीर्षदेखि तल्ला तहसम्मका नेता/कार्यकर्ता सबैलाई आफूलाई निर्धारित गरिएको पद, वरियता, भूमिका र शक्तिबारेको प्रबन्ध सहज र स्वीकार्य लाग्नुपर्नेछ। नलागे एकीकृत दल, खासगरी माओवादीघटकका मानिस धमाधम चोइटिएर जान सक्नेछन्, सिङ्गो माओवादी घटक नफुटे पनि।हो, कतिपयमतभेदमहाधिवेशनबाटछिनोफानो होलार केही समयक्रमसँगै आफैँ सेलाउँंदै पनि जालान् । किनकि आखिर एकता गर्नैपर्ने राजनीतिक बाध्यता दुवैलाई छ। दस वर्ष लामो क्रूर र हिंसक तर लगभग व्यर्थको विद्रोह गरेको र अहिले आइपुग्दा विघटनोन्मुख भएको माओवादीलाई बढी भएपनि ठूलो दल बनेर सत्तामा टिकिराख्न एउटै भइराख्नैपर्ने बाध्यता एमाले घटकलाई पनि छ।

न्वारान नै गाह्रो
यसरी थोरै रहर र धेरै बाध्यताले एकता गरेका उनीहरूलाईयतिखेर सबभन्दा ठूलो सकसचाहिँ एकीकृत दलको नयाँ नाम जुराउन परेछ।नेपाल कम्युनिस्ट पार्टी नामको दल निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता रहेको प्राविधिक कारणले त्यो नाम राख्ने उनीहरूको चाहना पूरा गरिदिन आयोग असमर्थ भएछ। नयाँ नामको दल दर्ता गर्न तामझामकासाथ आयोगमा पुगिसकेपछि मात्रसोे कुराथाहा पाएका उनीहरूले हतार हतारमानेपाल कम्युनिस्ट पार्टी (नेकपा ‘अन्डरलाइन्ड’) भन्ने नाम दिनअनुरोध गरेछन् । र, आयोगले पनि हतार र हचुवामै त्यो अनुरोधमानेपछि सो नाम र आयोगको निर्णयलाई लिएर व्यावहारिक, व्याकरणीय, सम्वैधानिक, कानुनीलगायतका विभिन्न कोणबाट उनीहरूको आलोचना हुने, उनीहरूलाई उडाउने क्रम जारी छजुन बेमनासिव छैनन् । भोलि अदालतमा मुद्दा परेर सो नाम परिवर्तनै गर्नुपर्ने सम्भावना पनि छ। विवादित भएकैले उनीहरूले नेकपाको सट्टा कोष्ठकभित्रको (नेकपा) कायम हुनेगरी नाम परिवर्तन गर्न खोजेको समाचार पनि आइरहेछन् । जुन काम उस्तै हाँस्यास्पद र हतास मनस्थितिको उपज देखिन्छ फेरि।

के यो एकता एमाले बन्ने गरेर नेकपा माले र नेकपा माक्र्सवादीबीच २०४७ सालमा भएको जस्तो मजबुत र स्थायी हुनेछ? हुनसक्छ, तर त्यसका लागि उनीहरूले धेरै कठिन परीक्षाहरू पार गर्नुपर्नेछ।

परम्परावाद, आपसी अविश्वास, भाषाको अल्पज्ञान जेसुकै कारणले किन नहोस्, उनीहरूले छानेको वा बदल्न खोजेको दुवै नाम प्रयोग गर्न कठिन छ। सर्वप्रथम भाषा वा व्याकरणको अड्चनका कोणबाट हेरौँ,दुवै नाम छापामा लेख्न मिले पनि श्रव्य मिडियामा बोल्न र सुन्नका लागिमिल्नेखालका छैनन् । त्यहाँनेकपामात्र भनेर पुग्ने छैन,हरेक पल्ट नेकपा तल्धर्के वा कोष्ठकभित्रकोनेकपा भन्नैपर्नेछ, जतिसुकैअसहजलागे पनि।त्यसो नभनीकन नेकपामात्र भन्दा त त्यही सानो दल बुझिन्छ। होइन नेकपा मात्रै भन्दा पनि मान्छेले हामीलाई नै बुझ्छन्,आखिर त्यो सानो दलको त कहिल्यै कुनै समाचारनै आउने होइनभनेर भन्ने हो भने त त्योलोकतन्त्र र कानुनी राजको खिल्ली उडाउने काम भयो। स्वतन्त्र निर्वाचन आयोगको अवज्ञा र साना दलको हक हरण गर्ने काम भयो।

वास्तवमाध्वनिमा प्रकट नहुने, लेखाइमा मात्र देखिनेबोल्ड, इटालिक जस्ता कम्प्युटरको फन्ट(लिपि)का भिन्नताकापनि उच्चारणको आविष्कार गर्नुपर्ने भएको छ नामकरण प्रकरणबाटअब ।भोलि अर्कोले गएर मेरो पार्टीको नाउँनेकपा नै हुनुपर्छ, ‘रेगुलर’ फन्टको दिननमिल्ने भएइटालिक फन्टको नेकपाकायम गरिदेऊ भन्नेजिकिर लेला। अहिलेको नजीरले त त्यो पनि आयोगले मान्नैपर्छ। अब त्यो इटालिक लिपिलाई ध्वनिमा कसरी रूपान्तरित गर्ने? अहिलेकाले पनि त्यही कसो तल्धर्के वा कोष्ठकमै चित्त बुझाएछन्,रातो मसीले लेखेको नेकपा हुनुपर्छ भनेको भएपनि ठूलो, शक्तिशाली र जल्दोबल्दो पार्टीले भनेपछि आयोगले मानिहाल्ने रहेछ। त्यसो भएको भएके हुन्थ्यो? श्रव्यदृष्य मिडियाले त नेकपा लालरङ्गे भन्थे होलान, छापा मिडियालाई भने बहुरङ्गी मुद्रण गर्दागर्दै हैरान ।खैर, हाँस्यरसको यो पाटो यहीँबिसाएर यो नामकरणले संकेत गरेको उक्त दलको राजनीतिक दिशा र मनोदशातिर जाउँएकछिन अब।

सोभियत संघ विघटन भएपनि, बर्लिन पर्खालसँगै पूर्वी युरोपबाट साम्यवाद ढले पनि, चीन, भियतनाम जस्ता देशका ‘साम्यवादी’ शासकहरूले पूर्ण पुँजीवादी अर्थनीति अपनाएपछि नै तीव्र आर्थिक विकास गरेका भएपनिनेपालकाकम्युनिस्टहरूका लागिभने कम्युनिस्ट नाम फलिफापै भएको थियो, छ। थरीथरीका शासक र राजनीतिक समूहहरूका आत्मघाती मुख्र्याइँमा खेल्दै र देशमा व्याप्त गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन, जातीय/क्षेत्रीय दोषरेखाहरूर सामाजिक/राजनीतिक विभेदलाई भजाउँदै हिंसा र आतंक मच्चाएकोमाओवादीलाई त फाप्ने नै भइगयो। कम्युनिस्ट सिद्धान्तबाटहोइन कि चुस्त संगठन, दरो ‘नेटवर्किङ’, मध्यमवर्गीय ‘कन्स्टिच्युएन्सी’ र आफन्ती पुँजीवाद (क्रोनी क्यापिटलिज्म)को अभ्यासबाटशक्तिशाली बनेको एमालेले पनिफलिफाप भएरै होलाकम्युनिस्टको नाम अझै छाडेको थिएन, कम्युनिस्टको नारा र व्यवहार धेरै अगाडि नै छाडे पनि। माओवादीसँग एकता गर्नलाई त यो नामउपयोगीमात्र होइन, आवश्यक पनि भइदियो।

अब प्रश्न–कम्युनिस्टै नाम राखेपनिनेपाल लोकतान्त्रिक कम्युनिस्ट पार्टी जस्तो नाम रोजेको भए के हुन्थ्यो? सम्भवतः अर्को कुनै दलसँग नाम पनि जुध्दैनथ्यो।उनीहरूसमेत सम्मिलित भई बनाएको देशको संविधानको भावनाको पनि प्रतिनिधित्व हुनेर उनीहरूले आफैँ पनि बारम्बार प्रतिबद्धता जनाएको लोकतान्त्रिक समाजवादको अर्थ पनि दिनेत्यस्तो नामबाटलोकतन्त्रवादीजगतमा पनि राम्रै सन्देश जान्थ्यो। हतारमा त्यतातिर सोच्न नभ्याएको हो किकल्पनाशीलता नभएको हो? कि मौका पाए अझै पनि सत्ताकब्जा गरेर अधिनायकवाद ल्याउँछु भन्ने संकीर्ण सोचका मोहले माओवादी घटक नमानेकाले हो? कहिल्यै पूरा नहुनेदिवास्वप्नै सही, यदि त्यसै हो भने एमालेले पनि यस्तोमा आफू कहाँ उभिने, प्रष्ट हुनुप-यो, पार्नुप-यो।जे होस्,समय र संविधानको तकाजाअनुसार आफूलाई परिमार्जन र परिष्कार गर्नेर आफ्नो सिद्धान्त एवं व्यवहारमा तादात्म्यता स्थापित गर्दै अगाडि बढ्ने एउटा अवसर उनीहरूले गुमाएका छन्,यो नाम प्रकरणमा।

जनचाहना– रूप होइन सार
देशकै नामपरिवर्तन गरेर नयाँ नेपाल नाम राख्न खोज्ने, एकल जातीय नाम राख्नुपर्छ र राख्नुहुँदैन भन्ने विवादमाप्रदेशहरूका नामै राख्न नसक्ने, जनजिब्रोमा भिजेको रत्नपार्क भन्ने नाउँ कसैले नभन्ने, नसम्झने‘शंखधर साख्वा उद्यान’ नाम दिएरके के न गरेँ भन्ठान्ने राजनीतिज्ञ र पहिचान राजनीतिको दौरमा हामीले नामलाई चाहिनेभन्दा बढी महत्व दियौँ । तर अब समय बदलिएको छ। आजका जनतालाई काम चाहिन्छ, नामसँग उनीहरूलाई त्यति मतलव छैन। अफसोच, राजनीतिज्ञहरू बदलिंँदै गएको यो सामाजिक मनोविज्ञान बुझ्न शायद अझै समर्थ भइसकेका छैनन् । लामो दूरीको सडक बुझाउने राजमार्ग भन्ने शब्दलाई राजाको मार्गको अर्थ लगाएर लोकमार्ग नामकरण गर्ने उनीहरूउसो भए बोकाको राजखानीलाई पनि अबदेखि लोकखानी भन्ने गरौँ भनेर जनताले व्यंग्य गरिरहँदा पनि चेत्दैनन्। तल्धर्के, कोष्ठके भनेर उडाउँदा पनि बुझ्दैनन् । खै कहिले बुझ्नेउनीहरूले जनता काममा प्रतिस्पर्धा गरेको हेर्नचाहन्छन्, नाममा होइन भनेर?

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:०७ सोमबार

काममा नास्तीनाममा सास्ती