विचार

दक्षिणपन्थ राजनीतिको उदय

अहिले विश्वको ठूलो लोकतन्त्रमा निर्वाचन चलिरहेको छ। छ महिनापछि दोस्रो ठूलो लोकतन्त्रमा पनि चुनाव हुँदैछ। भारत र अमेरिका ठूला लोकतन्त्र मात्र हुन, उन्नत लोकतन्त्र होइनन्। सन् २०१६ अघि अमेरिका उन्नत लोकतन्त्रभित्र पथ्र्यो।

२०१४ पछि भारतमा एक देश एक विचारवाला पार्टी सत्तामा छ। यसले सम्पूर्ण लोकतान्त्रिक संस्थाहरू कब्जा गरी एकपक्षीय बनाएको छ।

आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो। 

भारतीय लोकतन्त्रलाई वर्णशंकर लोकतन्त्र भन्नु उपयुक्त हुन्छ। कतिपय विद्वान्ले अहिले भारतलाई लोकतन्त्र मान्दैनन्। विश्वको ठूलो जनसंख्याले चुनावमा भाग लिने देश मान्दछन्। सर्वाधिकारवादी सोच, प्रवृत्ति भएका नेताहरूले नेतृत्व गरेका पार्टीहरू कहिले काल्पनिक कहिले धरातलमा नै दुश्मन सिर्जना गर्छन् र समाजलाई विभाजन गर्छन्। 

आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो। अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी दुवैको वाणीमा घृणा र झुटको अत्यधिक प्रयोग छ। लाग्छ, यी व्यक्ति अत्यधिक कुण्ठाग्रस्त छन्।

सन् १९९० को आसपासदेखि २०१० सम्म उदार प्रजातन्त्रको लहर थियो। भातृत्व, करुणा र विश्वबन्धुत्वको भावना बलशाली बन्दै थियो। आममानिस र देशका सरकारहरूका चिन्तन आर्थिक उन्नति सामाजिक सद्भाव, आर्थिक समभाव, धार्मिक सहिष्णुतातर्फ अग्रसर थिए। 

पूर्व र पश्चिमको शीत युद्ध अन्त्य भयो। आणविक युद्धको त्रासदीमा बाँचेका मानिसमा त्राण आयो। गवेषणशील मानव मस्तिष्क मानव कल्याणका नयाँ अन्वेषणतर्फ केन्द्रित भए। यसै समयमा प्रविधिको उच्च विकास भयो। जसका कारण स्वास्थ्यलागायत मानव जीवनमा उपयोगी कैयौं क्षेत्रमा उल्लेखनीय योगदान पुगेको छ।

उदार प्रजातन्त्रतर्फको यात्राको पृष्ठभूमि सन् २०७० को दशकको अन्त्यतिरका मानवअधिकारवादी अमेरिकी राष्ट्रपति जिमी कार्टरको प्रयत्नले सम्भव भएको हो। इजिप्ट र इजरायलबीचको क्याम्प डेभिड एग्रिमेन्ट (जुन पछि इजिप्ट–इजरायल शान्ति सम्झौतामा टुंगियो) ले पृष्ठभूमि तयार गर्‍यो।

अफगानिस्तानको विनासकारी युद्धबाट रुसलाई निकाल्ने गोर्बाचेभको निर्णय तथा इजरायल र प्यालिस्टिनले एकअर्कालाई मान्यता दिने ओस्लो एकर्ड पनि उदार प्रजातन्त्रको उदयका लागि महत्त्वपूर्ण घटना थिए। यिनै घटनाको पृष्ठभूमिमा पूर्व र पश्चिमको दिवार बनेको मानवता र भातृत्वविरुद्ध खडा गरिएको बर्लिन पर्खाल ढल्यो जसले पूर्वी युरोपका मानिसलाई स्वतन्त्रता र खुलापनको स्वच्छ हावामा विचरण गर्ने अवसर प्रदान गर्‍यो। अमेरिका र रुसबीच आणविक अप्रसार सन्धि सम्पन्न भयो। 

पूर्व र पश्चिमको शीत युद्ध अन्त्य भयो। आणविक युद्धको त्रासदीमा बाँचेका मानिसमा त्राण आयो। गवेषणशील मानव मस्तिष्क मानव कल्याणका नयाँ अन्वेषणतर्फ केन्द्रित भए। यसै समयमा प्रविधिको उच्च विकास भयो। जसका कारण स्वास्थ्यलागायत मानव जीवनमा उपयोगी कैयौं क्षेत्रमा उल्लेखनीय योगदान पुगेको छ।

पुनः सन् ९० को दशकदेखि एकाधिकारवादी शासनविरुद्ध जनतन्त्रका लागि संघर्ष भए र परिवर्तनको लहर चल्यो। तर २०१० को दशकदेखि फरकरूपमा जनतन्त्र विरोधी शासकहरू सत्तामा आएका छन् र आउने क्रम रोकिएको छैन।

समय गतिवान हुन्छ, एक निमेष पनि रोकिँदैन। परिवर्तन पनि स्थिर रहन सक्दैन। परिवर्तनले जुन अवस्था, स्थिति, प्रणाली स्थापित गरेको हुन्छ, त्यस्मा पनि निरन्तर परिवर्तन आइरहन्छ। स्थापित असल पक्षलाई कायम राख्दै अझ उन्नत अवस्थातर्फ उन्मुख हुने परिवर्तनलाई हामी क्रान्ति भन्छौं। पछाडि फर्कने क्रियालाई प्रतिक्रान्ति भनिन्छ।

दोस्रो विश्वयुद्धपछि विश्वका अधिकांश मुलुकमा तानाशाहीबाट मुक्तिका लागि जनतामा नवीन जागरण आयो र धेरै देशमा जनतान्त्रिक व्यवस्था लागु भयो। तर त्यो स्थायी रहन सकेन। सन् ५० को दशकमा आएको जनतन्त्रको लहर सन् ६० को दशकमा धेरै देशमा प्रतिक्रान्तिको शिकार बन्यो। पुनः सन् ९० को दशकदेखि एकाधिकारवादी शासनविरुद्ध जनतन्त्रका लागि संघर्ष भए र परिवर्तनको लहर चल्यो। तर २०१० को दशकदेखि फरकरूपमा जनतन्त्र विरोधी शासकहरू सत्तामा आएका छन् र आउने क्रम रोकिएको छैन।

युद्धको समाप्तिपछि नेतान्याहु सत्ताच्युत हुनेछन्। रेगन–थ्याचरको अनुदारवादी उच्चतम तहबाट गिरेको दक्षिणपन्थी प्रियतावाद सन् २०१० देखि पुनः उकालो चढ्यो र अब यसको गति अवरुद्ध हुन थालेका संकेतहरू देखिन थालेका छन्। 

यही प्रक्रियाको अध्ययन गरेर होला, कतिपय लेखक विचारकहरूले यसलाई चक्रका रूपमा व्याख्या गरेका छन्। भारतीय अनलाइन पोर्टल द वायरको न्युजलेटर द इन्डिया केबलमा जमाल मेकलेइ लेख्छन्–परिवर्तन पनि सेयर बजार जस्तै एउटा चक्र हो। उदार प्रजातन्त्रको करिब २५ वर्षपछि दक्षिणपन्थी पपुलिज्मको उदय भयो र अहिले यो आफ्नो शिखरमा पुगेको छ। हंगेरीमा सन् २०२६ मा हुने निर्वाचनमा भिक्टर अर्वानले हार्नेछन्। 

युद्धको समाप्तिपछि नेतान्याहु सत्ताच्युत हुनेछन्। रेगन–थ्याचरको अनुदारवादी उच्चतम तहबाट गिरेको दक्षिणपन्थी प्रियतावाद सन् २०१० देखि पुनः उकालो चढ्यो र अब यसको गति अवरुद्ध हुन थालेका संकेतहरू देखिन थालेका छन्। मानिसले यो बुझ्न थालेका छन् कि जनतालाई ललिपप देखाउँदै शासनमा पुगेका प्रियतावादीहरूले सञ्चार साधनलाई कब्जा गरी आफ्नो एकाधिकारवादी शासनको प्रचार गर्छन्। जनताको कठिनाइ र देशको वास्तविक समस्या समाधान गर्नुको बदला आफ्नो वरिपरि नयाँ अभिजात वर्ग सिर्जना गर्छन् र तिनैको हितमा देशको साधनस्रोत खर्च गर्छन्।

आफ्नो देशमा लोकतन्त्रको अभ्यास गरिरहेको अमेरिका  सन् ६० को  दशकमा आफ्नो पक्षमा नआउने प्रजातान्त्रिक सरकारहरूलाई पनि गिराउँदै सैनिक गुटलाई समर्थन दिन थाल्यो। यो क्रम सन् १९८० को दशकको अन्तिमसम्म चल्यो। 

यसलाई न्युटनको गतिको तेस्रो नियमसँग जोडेर व्याख्या गर्न सकिन्छ कि क्रियाको प्रतिक्रिया हुनु निश्चित छ। सामान्य अर्थमा भन्दा कुनै पनी घटनाको हेतु अवश्य हुन्छ। द्वितीय विश्वयुद्धपछि आएको प्रजातन्त्रको लहर उल्टनुको कारण अमेरिका र रुसको शीतयुद्ध थियो। आफ्नो खेमा बलियो बनाउन यी देशले जस्तोसुकै क्रूर एकाधिकारवादी शासनलाई पनि काखी च्यापे। 

आफ्नो देशमा लोकतन्त्रको अभ्यास गरिरहेको अमेरिका  सन् ६० को  दशकमा आफ्नो पक्षमा नआउने प्रजातान्त्रिक सरकारहरूलाई पनि गिराउँदै सैनिक गुटलाई समर्थन दिन थाल्यो। यो क्रम सन् १९८० को दशकको अन्तिमसम्म चल्यो। बर्लिन पर्खाल ढलेपछि शीतयुद्धको समाप्ति भयो र प्रजातन्त्रको लहर सुरु भयो। यद्यपि शीतयुद्धको औपचारिक समापन सन् १९९१ मा वार्सा संगठनको विघटनपछि मानिन्छ।

उदार प्रजातन्त्रको उच्चतम अवस्था सन् २००८ को अमेरिकी राष्ट्रपति चुनाव र सन् २०१० मा सुरु भएको अरब विद्रोह थियो। अमेरिकाको इतिहासमा पहिलोपटक अफ्रो अमेरिकन नागरिक बाराक ओबामा अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भए। उनले अमेरिकी निम्न वर्गहरूको हितमा ओबामा केयरको नामले प्रख्यात स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरे।

सन् २०१० मा ट्युनिसियाबाट सुरु भएको अरब विद्रोह लिबिया, इजिप्ट, यमन, सिरिया, बहराइनलगायतका देशहरूमा विस्तार भयो। ट्युनिसिया, इजिप्ट, लिबिया र यमनका तानाशाहहरू सत्ताच्युत भए। हिंसक घटना भए। तर नागरिक स्वतन्त्रताका लागि सुरु भएको अरब विद्रोह दिगो हुन सकेन। 

निम्न वर्गका विद्यार्थीहरूको ऋण मिनाहको कार्यक्रम सुरु गरे। यसबाट श्वेत श्रेष्ठताको मनोरोगले ग्रसित अमेरिकी गोराहरू आफूहरू अपमानित भएको र आफ्नो कमाइ कालाहरूमा बाँडिएको महसुस गर्न थाले। प्रतिक्रिया स्वरूप उग्र दक्षिणपन्थी अराजकता वादी डोनाल्ड ट्रम्प २०१६ मा निर्वाचित भए।

सन् २०१० मा ट्युनिसियाबाट सुरु भएको अरब विद्रोह लिबिया, इजिप्ट, यमन, सिरिया, बहराइनलगायतका देशहरूमा विस्तार भयो। ट्युनिसिया, इजिप्ट, लिबिया र यमनका तानाशाहहरू सत्ताच्युत भए। हिंसक घटना भए। तर नागरिक स्वतन्त्रताका लागि सुरु भएको अरब विद्रोह दिगो हुन सकेन। सन् २०१२ सम्ममा जताततै प्रतिक्रान्ति भए। यद्यपि ट्युनिसियामा केही हदसम्म जनताको शासनमा सहभागिता रहेको छ।

अरब विद्रोहको दौरान भएको हिंसा र प्रतिहिंसाको कारण धेरै मानिस युरोपमा शरणार्थी बन्न पुगे। यसले युरोपका मानिसमा असुरक्षाको भावना पैदा गर्‍यो। यही असुरक्षाको भावनालाई राजनीतिकरण गरी युरोपमा दक्षिणपन्थीहरू स्थापित भएका छन्। दक्षिणपन्थी पपुलिस्टहरू हंगेरीका भिक्टर अर्बान, पोल्यान्डका एन्ड्रेज डुडा राष्ट्रपति र स्लोभाकियाका रबर्ट फिको प्रधानमन्त्री निर्वाचित भएका छन्। 

प्रशंसा सबैलाई प्रिय लाग्छ। प्रजातन्त्रवादीमा आलोचना ग्रहण गर्न सक्ने क्षमता हुन्छ। प्रियतावादीहरू केबल प्रशंसा मात्र सुन्न रुचाउँछन। त्यसैले यिनीहरूको पहिलो प्रयास सञ्चार गृहहरूलाई नियन्त्रणमा राख्ने हुन्छ। यो नै व्यक्तिको एकाधिकारतर्फको यात्रा हो।

जर्मनी, फ्रान्स, इटली, स्पेनलगायतका देशमा त्यहाँका दक्षिणपन्थी पपुलिस्टहरू उदाउँदो अवस्थामा छन्। हाम्रै छिमेकमा उदार प्रजातन्त्रमा विश्वास गर्ने संयुक्त प्रगतीशील मोर्चा (युपिए) को कथित भ्रष्टाचारलाई ब्रान्डिङ गरेर ‘न खाउंगा, न खाने दुंगा, अच्छे दिन आएंगे’ आदि लोक मोहक जुमलाबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारिता र राज्यका अंगहरूको क्षयीकरण चरमोत्कर्षमा छ।

विश्वका विभिन्न देशमा रहेका दक्षिणपन्थी जनरञ्जनावादीहरूका शासनको विश्लेषण गर्दा केही निष्कर्ष निस्कन्छन्। पहिलो–लोकरञ्जनावादीहरू प्रशंसाका भोका हुन्छन्। प्रशंसा सबैलाई प्रिय लाग्छ। प्रजातन्त्रवादीमा आलोचना ग्रहण गर्न सक्ने क्षमता हुन्छ। प्रियतावादीहरू केबल प्रशंसा मात्र सुन्न रुचाउँछन। त्यसैले यिनीहरूको पहिलो प्रयास सञ्चार गृहहरूलाई नियन्त्रणमा राख्ने हुन्छ। यो नै व्यक्तिको एकाधिकारतर्फको यात्रा हो।

भारतको भारतीय जनता पार्टी र मुस्लिम लिग, इटलीको ब्रदर्स अफ इटली पार्टी, फ्रान्सको नेसनल रेली पार्टी, जर्मनीको एएफडी पार्टी यी सबै पार्टीहरू कट्टरतामा विश्वास गर्ने पार्टी हुन् जसले आफ्नो देशमा कट्टरता बढाएका छन्। 

दोस्रो– जनरञ्जनावादीहरू लोकतान्त्रिक अधिकारहरू उपयोग गरी शासनमा पुगेपश्चात क्रमिकरूपमा लोकतान्त्रिक संस्थाहरूलाई कब्जा गरी नागरिक अधिकार कुण्ठित गर्दछन्, गर्ने प्रयत्न गर्छन्। हंगेरिका अर्बान हुन् वा स्लोभाकियाका फिको, भारतका मोदी हुन् वा टर्कीका एर्दोगान, अमेरिकाका ट्रम्प हुन् वा इजरायलका नेतान्याहु, सबैको चरित्र करिब समान छ। तेस्रो– उदार प्रजातन्त्र कट्टरतामा फस्टाउन सक्दैन। अरब विद्रोह असफल हुनुमध्येको एउटा प्रमुख कारण यो हो कि ति मुलुकमा धार्मिक कट्टरता छ।

अन्य देशका दक्षिणपन्थीहरूले पनि समाजमा कट्टरता विस्तार गर्दै आफ्नो प्रभाव बढाएका छन्। भारतको भारतीय जनता पार्टी र मुस्लिम लिग, इटलीको ब्रदर्स अफ इटली पार्टी, फ्रान्सको नेसनल रेली पार्टी, जर्मनीको एएफडी पार्टी यी सबै पार्टीहरू कट्टरतामा विश्वास गर्ने पार्टी हुन् जसले आफ्नो देशमा कट्टरता बढाएका छन्। कहीं धार्मिक कट्टरता, कहीं आप्रवासनको कट्टरता कहीं उग्र राष्ट्रवादी कट्टरता। पपुलिस्टहरू आफू सत्तामा आउन जनताको मन मस्तिष्कमा उत्तेजना सिर्जना गरिदिन्छन्।

गरिब झन् गरिब हुँदैछन्, धनीले अझ धेरै कुम्ल्याउँदैछन्। मध्यम वर्ग खुम्चिँदैछ। यो धनीतन्त्रको परिणाम हो। त्यस्तै हंगेरीको अर्थतन्त्र पनि अत्यन्त खराब अवस्थामा छ।

चौथो–यिनीहरूसँग अर्थतन्त्र वृद्धिको कुनै स्पष्ट खाका हुँदैन। गार्डियनमा पूर्वब्रिटिस प्रधानमन्त्री गोर्डन ब्राउन लेख्छन्–एक प्रतिशतभन्दा तलको युरोपियन अर्थतन्त्रको वृद्धिले युरोपको जीवन कठिन बनेको छ। यसले मतदातालाई पपुलिस्ट डेमागग (दुर्जन नेता) हरूतर्फ धकेलेको छ। तर यी डेमागगहरूसँग समाधानको कुनै सूत्र छैन। यिनीहरूबाट अर्थतन्त्र झन् खस्कनेछ।

छिमेकी भारतको अर्थतन्त्र पिभीनरसिंह राव र मनमोहन सिंहको जोडीले ट्रयाकमा ल्यायो तर मोदीको कार्यकालमा आर्थिक असमानता बढ्यो। भारतमा अहिले आर्थिक असमानता ब्रिटिस राजभन्दा पनि बढी छ। आरबिआइका पूर्वगभर्नर रघुराम राजन भन्दछन्–भारतले पाँचौँ अर्थतन्त्र भनेर गर्व गर्नु लज्जास्पद छ। जहाँ २८ प्रतिशत मानिस अर्थात् ३९ करोड मानिस गरिबीमा र ११ प्रतिशत अर्थात् १५ करोड मानिस चरम गरिबीमा बाँच्न विवश छन्। 

लोकप्रिय हुन र सत्तामा रहन झुट र अनैतिक काम गर्नु यिनीहरूलाई सामान्य लाग्छ। पराजयलाई स्वीकार नगरी जनताको अभिमतलाई अस्वीकार गर्ने ट्रम्प हुन् वा विपक्षी नेताहरूको मन्तव्यलाई तोडमरोड गरी जनतालाई गलत सूचना दिने मोदी वा विपक्षीको हत्या गरी चुनाव गराएको नाटक गर्ने पुटिन हुन्, यी सबै जुनसुकै अनैतिक कार्य गर्न हिच्किचाउँदैनन।

दीपांशुमोहन र आर्यनगोविन्द कृष्णनले गरेको सोधअनुसार कोभिडपछिको भारतको अर्थतन्त्र के आकारमा वृद्धि भएको छ। गरिब झन् गरिब हुँदैछन्, धनीले अझ धेरै कुम्ल्याउँदैछन्। मध्यम वर्ग खुम्चिँदैछ। यो धनीतन्त्रको परिणाम हो। त्यस्तै हंगेरीको अर्थतन्त्र पनि अत्यन्त खराब अवस्थामा छ।

पाँचौँ–यिनीहरूसँग निम्न स्तरको चरित्र हुन्छ। लोकप्रिय हुन र सत्तामा रहन झुट र अनैतिक काम गर्नु यिनीहरूलाई सामान्य लाग्छ। पराजयलाई स्वीकार नगरी जनताको अभिमतलाई अस्वीकार गर्ने ट्रम्प हुन् वा विपक्षी नेताहरूको मन्तव्यलाई तोडमरोड गरी जनतालाई गलत सूचना दिने मोदी वा विपक्षीको हत्या गरी चुनाव गराएको नाटक गर्ने पुटिन हुन्, यी सबै जुनसुकै अनैतिक कार्य गर्न हिच्किचाउँदैनन। हाम्रै देशमा दुई नागरिकता, दुई पासपोर्ट तथा सहकारी अपचलनमा साझेदारी गर्ने व्यक्ति पनि पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पकै ‘कपी पेस्ट’ लाग्छन्।

लोकतन्त्रमा सरकार निर्माण गर्ने जनताले हो। जनताले लोकप्रियतावादीलाई सरकार निर्माणको अवसर दिए पनि त्यसमा प्रश्न गर्न वा अन्यथा सोच्न मिल्दैन। तर यसो गर्दा उनीहरू अन्ततः अधिनायक बन्छन् र नागरिक अधिकार खुम्चन्छन्, आर्थिक अवस्था झन् खराब हुन्छ भन्ने जनचेतना फैलाउनु लोकतन्त्रवादीकै कर्तव्य हो।

प्रकाशित: २४ वैशाख २०८१ ०७:२३ सोमबार

विश्व लोकतन्त्रमा निर्वाचन भारत अमेरिका लोकतन्त्र चुनावमा भाग लिने