विचार

मेल भएको भए के हुन्थ्यो ?

नेपालको इतिहासमा अनेक महत्त्वपूर्ण मोड आइरहन्छन् । हालैको आमनिर्वाचनबाट उत्पत्र स्थिति पनि त्यस्तै एउटा मोड हो। एमाले र माओवादीले गठबन्धन गरेर करिब दुई तिहाई मतद्वारा एउटा नयाँ मोड ल्याएका छन् । तर के उनीहरूले प्रतिज्ञा गरेजस्तो पार्टी मिलाउलान् र पाँच वर्ष सरकार चलाउलान् भत्रे प्रश्न खडा भएको छ । उनीहरू मिलिदिए देशमा के हुन्छ र नमिले के हुन्छ भत्रे खुल्दुली पनि छ । नेपालको इतिहासले यसलाई निर्देशन दिइरहेको छ । किनभने यस्तै प्रकारको मोड नेपालको इतिहासमा बेलामौकामा आएको छ । एउटा नेपालको एकीकरणताका र अर्को प्रजातन्त्रको प्रारम्भिक कालमा । त्यसकारण यसको अध्ययन गरी पाठ सक्नु वर्तमान चुनौती हो।  

एकीकरणताका राजेन्द्रलक्ष्मी र बहादुर शाहबीच मेल भए के हुने थियो भत्रे प्रश्नको अनेक उत्तर हुन सक्छ । पृथ्वीनारायण शाहको निधनपछि पनि नेपालको एकीकरण अभियान चालु नै थियो तर यसमा धेरै किसिमको अवरोध खडा भए । सबभन्दा ठूलो अवरोध शाह खान्दानकै दरबारिया कलह थियो । पृथ्वीनारायणका उत्तराधिकारी प्रतापसिंह शाह गद्धीमा हुँदासम्म उनका भाइ बहादुर शाह निर्वासनमा परे । प्रतापसिंह शाहको देहान्तपछि उनका छोरा बालक भएकाले जेठी महारानीको हातमा सबै अधिकार पर्न गयो । तर जे भए पनि आफ्नो पतिको देहान्तपछि देवर बहादुर शाहलाई नेपाल फिर्ता ल्याए । देवर–भाउजूबीच केही महिना मेल रह्यो । मेल रहँदासम्म उनीहरूले केही कदम उठाए । तर दुई/चार महिनापछि नै मनमुटाव सुरु भयो । नेपालको इतिहासमा यो एउटा महत्त्वपूर्ण काल थियो।


एकथरीले राजा महेन्द्रको राष्ट्रवाद र अर्कोथरीले बिपीको प्रजातान्त्रिक सोच र व्यवहार स्मरण गर्छन् । तर दुवैको मेल भइदिएको भए नेपालको आजको अवस्था कस्तो हुने थियो भनेर कमैले कल्पना गर्ने गर्छन्।

यसबेला नेपालको एकीकरणको अभियान पूर्ण भएको थिएन । जुन भाग एकीकरण भइसकेका थिए त्यहाँ प्रशासनिक व्यवस्था मिलिसकेको थिएन । यस्तो बेलामा दुईबीच मेल कायम रहेको भए नेपालको एकीकरणको कार्य द्रुत गतिमा हुने थियो । आफ्नो बालक छोरा रणबहादुर शाहको विरोधमा केही गर्ला भनेर उनकी आमा राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई नै कैद गरिदिइन् । तर केही समयपछि पासा पल्टियो । बहादुर शाह छुटे र राजेन्द्रलक्ष्मी कैदमा परिन् । बहादुर शाहको हातमा सत्ता आयो । उनी नेपाल अधिराज्यको बढोत्तरी गर्ने अभियानमा लागे । यस बेलासम्म पूर्वतिर धेरै विजय भइसकेको थियो । तर पश्चिममा काली गण्डकीभन्दा अगाडि बढ्न सकेको थिएन । बहादुर शाहको पहिलो अभियानमा गुल्मी, अर्घा, खाँची, पर्वत, मुसीकोट, गलकोट र प्युठान आदि चौबीसी राज्य नेपालमा मिसिएर यसको सिमाना जाजरकोटसम्म पुग्यो । राजेन्द्रलक्ष्मीको देहान्तपछि बहादुर शाहले सबै बाइसी, चौबीसी राज्य नेपालमा मिलाउनुका साथै कुमाउँ गढवालमाथि पनि विजय प्राप्त गरे।

देवर–भाउजूबीच सबभन्दा ठूलो मतभेद सत्ता नै थियो । बालक राजा भएका कारण यी युवा र युवतीबीच खिंचातानी थियो । राजाका आमा र काकाबीच सत्ताको तानातानीले गर्दा दरवारका योग्य र सक्षम भारदार तहसनहस हुन पुगे । बहादुर शाह नेपालको एकीकरणलाई सकेसम्म अगाडि बढाउन चाहन्थे तर राजेन्द्रलक्ष्मी सो काममा रुचि राख्दैन थिइन् । नेपाल एकीकरणको महŒवपूूर्ण समयमा दुई जनाबीच मेल रहन गएको भए नेपाल कति ठूलो हुने थियो भनेर कल्पना गर्न सकिन्छ । नेपालको सिमाना काराकोरम र हिन्दुकुश पर्वतसम्म फैलिन सक्थ्यो । दक्षिणमा अंग्रेजहरू बढिरहेकाले त्यस दिशातिर राज्य विस्तार गर्नु कठिन थियो । त्यसमा पनि विस्तारित भूमिको व्यवस्थापन बलियो र सुदृढ हुन जान्थ्यो । दुईबीचको रडाकोले गर्दा नेपालको आकारप्रकार मात्र फरक परेको होइन, यसको जग पनि कमजोर हुन पुगेको हो । यही दरबारिया कलहको असर पछिसम्म पनि नेपालको आकृति र प्रकृतिमा परेको देखिन्छ।

त्यसैगरी राजा महेन्द्र र बिपी कोइरालाबीच मेल भए के हुने थियो ? यिनीहरूको व्यक्तित्व टकरावले जुन परिस्थिति सिर्जना भयो त्यसले राजा महेन्द्रलाई राष्ट्रवादी र बिपीलाई प्रजातन्त्रवादी भनेर स्थापित गरिदियो । उनीहरू एकअर्काको विरोधी भएर निस्किए । तर के उनीहरू सिद्धान्ततः अमिल्दा थिए ? राजा महेन्द्रले चलिरहेको संसदीय प्रणाली खारेज गरेको सत्य हो । तर उनी मर्नुभन्दा अगाडि बहुदल प्रणाली पुनः लागु गर्न खोजिएको तथ्य आधिकारिक मानिसबाट बाहिर आएको छ । उनले पञ्चायती संविधान बदलेर बहुदलीय व्यवस्था ल्याउने संवैधानिक मस्यौदा बनाउन लगाएको कुरा धेरै स्रोतबाट थाहा हुन आएको छ । त्यसैगरी बिपीले आफू सत्तामा हुँदा नेपालको राष्ट्रियता जोगाउने र बलियो बनाउने प्रयत्न गरेका हुन्।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको सुरक्षा सिमाना हिमालयसम्म पुग्छ भन्दा नेपालका प्रधानमन्त्री बिपीले यसको प्रतिवाद गरेका थिए । राजा र मेरो घाँटी जोडिएको छ भनेर मेलमिलापको सन्देश लिएर भारतबाट नेपाल पसेका थिए । आफू र सहयोगीहरू बन्दी बनाइनेछन् भत्रे थाहा हुँदाहुँदै उनी सहयोगीसहित भारतको निर्वासित जीवनबाट नेपाल पसेका थिए । आज नेपाली जनताले दुवैको सम्झना र बिलौना गरिरहेका छन् । हुन त एकथरीले राजा महेन्द्रको राष्ट्रवाद र अर्कोथरीले बिपीको प्रजातान्त्रिक सोच र व्यवहार स्मरण गर्छन् । तर दुवैको मेल भइदिएको भए नेपालको आजको अवस्था कस्तो हुने थियो भनेर कमैले कल्पना गर्ने गर्छन्।

राजा महेन्द्रले जे÷जति निर्माण र सुधार गरे के ती सबै एउटा प्रजातान्त्रिक पद्धतिअन्तर्गत गर्न सकिन्नथ्यो ? प्रजातान्त्रिक पद्धति आफैँमा विकृतियुक्त अवश्य थिएन र होइन । राजा महेन्द्रले सुरु गरेका पूर्व–पश्चिम राजमार्ग र कोदारी राजमार्गको विरोधी बिपी कोइराला थिएनन् । न बिपीले सुरु गरेको भूमि सुधार कार्यक्रमको विरोधी राजा महेन्द्र नै थिए । बिपीलाई जेलमा थुनिराख्दा पनि राजा महेन्द्रले भूमि सुधार कार्यक्रम लागु गरे । उनीहरूको कार्यक्रममा केही भिन्नता अवश्य थियो तर भूमिमा सुधार गर्नुपर्ने सत्य दुवैले मानेका थिए र आत्मसात पनि गरेका थिए । महेन्द्र एक महŒवाकांक्षी राजा थिए, राणा शासनअन्तर्गत गुम्सिएको वातावरणबाट भर्खर बाहिर निस्केका थिए, देशमा केही गरुँ भत्रे इच्छा लिएका थिए।

अर्कोतिर एशिया र अफ्रिकामा आएको नयाँ जागरणबाट प्रेरित भएको, भारतको स्वतन्त्रता संघर्षमा अनुभव प्राप्त गरेको, नयाँ संविधानअन्तर्गत बनेको संसद्मा दुई तिहाई बहुमत पाएको प्रधानमन्त्रीले नेपालमा ठूलो परिवर्तन ल्याउने सपना बिपी कोइरालाले देखेका थिए । कुनै विन्दुमा दुईजना मिलेर नेपाललाई अगाडि बढाएको भए प्रजातन्त्र, राष्ट्रियता, सुरक्षा, सुशासन आदि बलियो हुने थियो, फस्टाउने थियो । विकासले गति लिने थियो । तर उनीहरूमा मेल हुन नसकेकाले नेपालको अवस्था दिन÷परदिन बिग्रँदै गयो । नेपालमा आज जुन प्रकारले राष्ट्रियतामा ह«ास र प्रजातन्त्रमा विकृति आएको छ त्यसको मूल खोतल्दै जाँदा राजा महेन्द्र र बिपी कोइरालाबीचको मनमुटावसम्म पुग्न सकिन्छ । यसले एउटा बलियो सन्देश दिएको छ।

इतिहासमा भएका यस्ता दुर्घटना देख्दादेख्दै पनि नेपाली जनताले अझसम्म आस मारेका छैनन् । विगत दस बाह« वर्षमा जुन परिवर्तन भयो त्यसबाट जनता धेरै निराश भएका छन् । तैपनि केही सुधार भइहाल्छ कि, स्थायित्व आइहाल्छ कि, विकास भइहाल्छ कि भनेर जनताले आमनिर्वाचनमा एक पक्षलाई अत्यधिक मतले जिताएका छन् । एमाले र माओवादी दलले बनाएको गठबन्धनलाई पूरा समर्थन दिएका छन् । सारा दुनियांमा कम्युनिस्टको पतन र नाश भएका बेला नेपाली जनताले थाहा पाएर अथवा भ्रममा परेर भए पनि नेपाली कम्युनिस्टलाई जिताइदिएका छन् । आशा अहिलेसम्म पनि जिउँदो छ तर भर भने छैन । कुरासम्म भइरहेको छ तर काम भएको देखिएको छैन । यी दुई दलले प्रतिज्ञा गरेअनुसार काम गरिदिए भने नेपालको एउटा ऐतिहासिक मेलमिलापले के गर्न सक्छ भनेर देखिन्थ्यो र आउँदो पिँढीं हामी जस्तो निराश हुनुपर्ने थिएन।

प्रकाशित: १४ माघ २०७४ ०४:१७ आइतबार

मेल भएको भए हुन्थ्यो