विचार

कांग्रेसभित्र शून्य विमर्श

राणा र पञ्चायतकालमा नीति, सिद्धान्त र विचारबाट नेपाली कांग्रेस परिचालित थियो । पार्टीका दर्जनौँ नेता र कार्यकर्तामाथि ठूल्ठूला आरोपसहितका दर्जनौँ मुद्दा लाग्दा पनि कांग्रेसमा पटक्कै विचलन आएन । प्रजातन्त्रप्राप्तिका पछिल्ला दिनहरूमा कांग्रेसभित्र विचारको बहस हुन छाडेको छ । नारा लोकतन्त्रको दिए पनि सत्ताको खेल र व्यक्तिगत स्वार्थमा नेताहरू चुर्लुम्मै डुबेका छन् । विचार र सिद्धान्तले सुसज्जित तथा मुलुकको राजनीतिक परिवर्तनका लागि जेल बसेका व्यक्तिलाई पन्छाउ“दै धन र ‘डन’ हुनेहरूको बाहुल्य हुन थाल्यो पार्टीमा । कांग्रेसभित्रको राजनीति अहिले समाज बदल्ने माध्यम नभएर धन आर्जनको पेसा बन्न पुगेको छ । जसका कारण आस्थावान् कार्यकर्तामा विचलन देखा पर्दैछ । शुभचिन्तकमा पनि निराशा व्याप्त छ।

नेपालको हरेक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले आफूले ल्याएको परिवर्तनको समेत जस लिन जानेन । कांग्रेस नेतृत्वले जस के हो ? र कसरी लिने भन्ने भेउसमेत पाएन । स्थापित मिडियाले स्पेश दिँदा, त्यो स्पेसको सदुपयोगको त कुरा छाडौँ देख्ने, सुन्ने तथा प्रश्नकर्तासमेत कांग्रेस नेतृत्वबाट भयभित बन्ने स्थिति आयो।

२००६ सालमा पार्टीको जन्म हु“दा पार्टीले समाजवादी बाटो समात्ने नारा अगाडि सारेको थियो । वीरगञ्ज महाधिवेशनबाट कांग्रेसले समाजवादलाई पार्टीको मार्गदर्शन सिद्धान्त अवलम्बन गर्दा कार्यकर्तामा ऊर्जासहितको रक्तसञ्चार पैदा भएको थियो । सो नाराकै प्रभावले २०१५ सालमा कांग्रेसले एकलौटी बहुमत प्राप्त गर्नसक्यो । निर्वाचनपश्चात्को छोटो समयमै जनताको मनमस्तिष्कमा बस्न सफल थियो कांग्रेस । नीतिविहीन नेतृत्वकै कारण लामो संघर्षमय इतिहास बोकेको पार्टी आज फिक्का बन्न पुगेको छ । सो पार्टीको गौरवपूर्ण विगतभन्दा पनि सही नेतृत्व नहु“दा भविष्यप्रति उक्त पार्टीका लाखौँ कार्यकर्ता चिन्तित हुनुपर्ने अवस्था देखापर्दैछ।

लोकतन्त्रप्राप्तिको आन्दोलनमा पटकपटक गरेर ५० महिनाभन्दा ज्यादा जेल बस्नुभएका सिन्धुपाल्चोक कांग्रेसका नेता भोला बोहरालाई टिकट दिइएन । बोहरा त एक प्रतिनिधिमूलक पात्र मात्रै हुन्। मुलुकभर उहा“जस्तै प्रजातन्त्र प्राप्तिको आन्दोलनस“गै परिवर्तनका लागि संघर्ष गरेका दर्जनौँ नेताहरू जनताका बीचबाट अनुमोदित हुने अवसरबाट वञ्चित गराइयो । टिकट दिइयो कस्तोसम्मलाई भन्दा धन आर्जनका लागि आफ्नाे परिवारको सदस्यलाई विदेशी भूमिमा लागुऔषधको कारोबार गर्नसम्म लगाउने व्यक्तिलाई । यो उदाहरण पनि सिन्धुपाल्चोककै हो । इमान्दार र जनताको मन जित्ने व्यक्तिले अब चुनाव लड्न पार्टीबाट प्राप्त गर्ने टिकट नामको एउटा कागजी खेस्रा लिन पनि करोडौँ खर्चिनुपर्ने भयो ! जसका कारण जनताका नाममा राजनीति गर्ने तथा भ्रष्ट प्रवृत्तिबाट टाढै रहने नेता कार्यकर्ताको चुनाव लड्न चाहिने टिकटस“ग भेट नै नहुने भयो । स्वस्थानी कथामा वर्णन भएजस्तै टिकट नेतृत्वले बा“ड्ने प्रसाद भयो, भए छोरालाई नभए मितछोरालाई मित छोरा पनि नभए खोलामा बगाइदिने।

पार्टीले पराजय भोग्नुमा नेतृत्वस“गै पदाधिकारी पनि उत्तिकै दोषी छन् । विधानले निदृष्ट गरेको व्यवस्थाअनुसार पार्टी महामन्त्री, कोषाध्यक्षलगायत संसदीय बोर्डका पदाधिकारी परिचालित हुन सकेनन् । साठी चालीसको भागबण्डाको राजनीति अझै कायम छ । यही भागबण्डाको राजनीतिकै कारण घात–अन्तर्घात नामक खेलको मञ्चन चुनावमा राम्ररी देखियो । पछिल्ला दिनमा गुटगत राजनीतिले चर्को रूप लिँदै छ । महासमिति बैठक वा आवश्यक परे विशेष महाधिवेशन नै बोलाएर चुनावको समीक्षा गरिने आवाज उठ्दा केन्द्रीय समिति मात्रै बोलाउ“दा हुन्छ भन्दैछन् संस्थापन पक्षका भ्रातृसंस्था । अझ, नेतृत्वको चाकडी र चाप्लुसी गर्न वाम गठबन्धनको मतसंख्या नै बढी भएकाले चुनावी नतिजा पार्टी अनुकूल नआएको भनेर उनीहरू नेतृत्वको साखुल्ले बन्न खोज्दैछन् । यो प्रवृत्ति भनेको आगलागी भएको ठाउ“मा दमकल बोलाएर आगो निभाउनुपर्नेमा बाटोमै मुढा तेर्साएर दमकल रोक्ने प्रवृत्ति हो।

हिजो कांग्रेस बिग्रियो बूढाले, एमाले बिग्रियो कुराले र माओवादी बिग्रियो भुराले भन्थे ! कुरा र भुरा भएकाहरू एकै ठाउ“मा जम्मा हुने कोसिसमा छन्, मुलुकलाई नेतृत्व दिन । तर, बूढाहरू उल्टै चुनाव आपूm हार्ने अनि दोष मलाई दिने भन्दै कार्यकर्तालाई हकार्दै छन् । दोष बूढाको मात्रै पनि छैन । पार्टीमा क्रान्तिकारी र वैचारिक धारको जन्म हुन सकेन । युवा त जन्मिए तर उनीहरूमा पनि ‘दाइले दिनुहोला र आफूले पाउँला’ भन्ने प्रवृत्ति हाबी देखियो। 

कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचारमा गएका जिल्ला र क्षेत्रहरूमा कहा“कहा“ जित्यो त कांग्रेसले ? राणा शासन हटाउन हिजो कांग्रेसले हतियारसमेत उठाउन पर्‍यो । तर आज जनताका बीचबाट कांग्रेसलाई हटाइदिन एउटा राणाकी छोरी आइन् । यी माथिका चर्चा अर्थपूर्ण छन् । कांग्रेससामु खडा भएका यी र यस्ता दर्जनौँ प्रश्नहरूको सेरोफेरोमा रहेर कांग्रेसले निर्मम समीक्षा गर्दै आपूmलाई सुधारको बाटोमा लैजाला ?  

राणा र पञ्चायतले लाख कोसिस गर्दा पनि बिगार्न नसकेको कांग्रेसमा आज एकाएक सैद्धान्तिक अस्पष्टता र नीतिगत विचलन आउनुको कारण महासमिति वा आवश्यक पर्दा विशेष महाधिवेशन बोलाएरै खोजी गरिनुपर्छ । आवश्यक पर्दा सो पार्टीका सभापति देउवाले पद त्याग गरेर नया“लाई मार्गप्रशस्त समेत गर्नु उचित हुन्छ । हिजो बिपीले सशस्त्र क्रान्ति गर्नुभयो । क्रान्तिको नीति असफल भयो । आप्mनो नीति असफल हुनासाथ कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिएको दृष्टान्त कांग्रेसमै छ । १५ सालमा बहुमतसहित कांग्रेस सत्तामा आउ“दा त्यसको नेतृत्व र परिकल्पना गर्ने बिपी हुनुहुनथ्यो । उहा“मा राष्ट्र निर्माणको स्पष्ट भिजन थियो । तर, समयले साथ दिएन । ४६ सालको परिवर्तनको नेतृत्व गर्ने गणेशमान सिंह हुनुहुन्थ्यो । उहाँमा दृढ अडान थियो । ४६ को परिवर्तनपश्चात् कसैले औँला ठड्याउन नसक्ने कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहा“कै नेतृत्वमा मुलुकले संविधान पायो । समयक्रमस“गै अल्पमतमा पुगेको पार्टीलाई समयको चाप बुझेर गिरिजाप्रसाद कोइरालाले आफूले गरेको गल्ती सच्याउ“दै पुनः किसुनजीका नाममा पार्टीलाई बहुमतमा पुर्‍याउनु भयो । सादगी नेताका रूपमा देखापर्नु भएका सुशील कोइरालाले संसद्मा ठूलो दल कांग्रेसलाई बनाउनु मात्रै भएन, संविधानसमेत मुलुकलाई दिएर दिवंगत हुनुभयो। 

आ–आफ्नाे कालखण्डमा हिजोका नेताले योगदान दिए । कसरी दिएभन्दा हिजोका नेतामा विचार थियो र त्यो विचारलाई कार्यपद्धतिमा ढाल्ने खुबी पनि थियो । तर, आजको कांग्रेस भिन्न परिस्थितिमा छ । विचारभन्दा सत्ता बलवान् भएर आएको छ । पञ्चायतकालमा समेत मुलुकको राजनीति कांग्रेसको वरिपरि घुम्थ्यो । तर, आज कांग्रेस सत्ता वरिपरि र मुलुकको राजनीति चाहिँ वामपन्थी वरिपरि घुम्दै छ । यो कांग्रेस नेतृत्वको अदूरदर्शिताको पराकाष्ठा हो । यी र यस्ता विषयमा आपूmलाई शब्दमा क्रान्तिकारी बताउने युवाले समयमै छलफल अगाडि नबढाउने हो भने इतिहासको दराजमा थन्किएको कांग्रेसको एक समय कार्यकर्ता थिए“ भन्नेबाहेक कुनै ठाउँ रहनेछैन। 

महाधिवेशन ताका पार्टीका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले फरक मतसहित पार्टीलाई सही गन्तव्यमा डोर्‍याउने उद्घोष गर्नुभयो । तर, उहा“हरूको उद्घोष पनि भागबण्डामै थन्किन पुग्यो । जसका कारण पार्टीका लाखौँ कार्यकर्तामा निराशा पैदा भएको छ । जीवन्त पार्टीका लागि कार्यकर्ताको निराशा घातक साबित बन्न सक्छ । अब आफूप्रति निर्मम समीक्षा गरे फेरि नउठ्ला भन्न पनि सकिन्न। 

प्रकाशित: २८ पुस २०७४ ०४:१७ शुक्रबार

कांग्रेसभित्र शून्य विमर्श