विचार

फास्टट्रयाकसँगै रेलमार्ग पनि

कुनै पनि देशको नागरिकको सुख त्यस देशको भौतिक सम्पन्नतामा भर पर्छ। जति पनि विकास हुन्छन् ती सोही देशका नागरिकले गरेर हुन्छन्। स्वभावैले मानिस सहजता र मनोरञ्जन चाहन्छ। सुगमता चाहन्छ र दैनिक जीवन यापन त्यसअनुकूल बनाउन प्रयासरत रहन्छ। फलस्वरूप देशको भौतिक पूर्वाधार निर्माण हुन्छ र आर्थिक विकास हुन जान्छ। यसको कारक अथवा निर्णायक हुन्छ। सरकार वा नेतृत्व जति दूरगामी सोचको हुन्छ त्यसैमा भावी पुस्ताको भविष्य निर्भर हुन्छ। यसै सन्दर्भमा लामो समयदेखि चर्चा हुँदै आएको तर ढिलै भए पनि आफैँ बनाउने निर्णय लिइएको फास्ट ट्र्याक स्वागतयोग्य पक्ष हो

तत्कालका लागि द्रुतमार्ग निर्माणसँगै जोडेर रेलमार्ग सञ्चालनार्थ कार्गो ट्रेन र प्यासेन्जर ट्रेन कुदाउन असम्भव हुँदै होइन। अहिले यो अवसर बुझिएन भने काठमाडौंमा रेलको सपना पूरा गर्न दशकौं लाग्न सक्छ।

यसले एकातिर तराई मधेस जोडेर राष्ट्रियता बलियो बनाउन मद्दत गर्छ भने आफैँ बनाउँदा आत्मस्वाभिमान बढाउँछ। यातायात तथा ढुवानी खर्च घट्दा अत्यधिक जनस्ांख्या रहेको काठमाडौं तथा त्यस आसपासका जनताले कम खर्चमा उपभोग्य समान पाउने छन्। तराईको उत्पादनको बजार विस्तार हुँदा कृषि उत्पादन वृद्धि गर्न प्रेरणा पनि मिल्छ। यसले भारत तथा तेस्रो मुलुकबाट हुने आयातलाई पनि सहजताका साथै किफायतीसमेत पार्नेछ। पर्यटकको वृद्धि उल्लेख्य हुने सम्भावना उत्तिकै छ। सबैभन्दा ठूलो र व्यस्त वीरगन्ज भन्सारसँग जोडिँदा झनै यातायात तथा ढुवानी लागत घट्न जान्छ। पट्यारलाग्दो बाढीपहिरोबाट बेलाबेलामा अवरुद्ध हुने र अत्यधिक ट्राफिकका कारण अस्तब्यस्त बन्ने पृथ्वी राजमार्गको भार कम गर्नुका साथै दुर्घटनाको जोखिम पनि कम गर्नेछ।

 राजधानीबासी तथ आमनेपालीले रेल देख्न र चढ्न कि फिल्फ हेर्नुपर्ने कि त विदेशै जुनपर्ने अवस्था छ। यो सन्दर्भमा सेनाद्वारा निर्माण गर्न लागिएको द्रुतमार्ग ७६ किमीको चर्चा, स्ाम्भावना, आर्थिक तथा प्राविधिक सम्भाव्यता र दूरदर्शिता, सोचनीय, मननीय र आवश्यकीय छन्। प्ा्रस्तावित र कार्यान्वयनोन्मुख यस द्रुतमार्गलाई अलिकति विस्तार गरेर रेलमार्गको ट्रयाकसमेत जोड्नु उपयुक्त देखिन्छ। युएस स्टान्डर्डअनुसार एउटा रेल ट्रयाकको गज अर्थात् चौडाइ ४ फिट ८.५ इन्च हुन्छ। यसको कन्टेनर चौडाइ नेपालमा गुड्ने ट्रकजस्तै हुन्छ तर लम्बाइ भने बढी हुन्छ। यसका लागि दुईतर्फी रेलमार्ग जोडन दुई लेन थप्नुपर्छ। अन्यथा छुट्टै रेलमार्ग बनाउन यो द्रुतमार्ग बनाउँदा जस्तै लागत र समय लाग्छ।

हाम्रो देशमा कैयौं वर्षसम्म योजनाको चर्चा हुने र पूरा हुन कैयौं वर्ष लाग्ने परम्परा छ। आखिर द्रुतमार्ग बन्ने नै छ थप यसका लागि कटिङमा विस्तार, सुरुङको चौडाइमा विस्तार र पुलमा थप पिलरहरू जोड्दा प्रस्तावित सडकको आधा तथा कुल चौडाइको एक तिहाई विस्तारमात्रै गरिदिने हो भने यो पूर्णरुपेण सफल हुन जान्छ। साँघुरो घुम्ती भएको ठाउँमा सुरुङ बनाउनुपर्ने पनि हुन सक्छ। फलस्वरूप विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गर्नुपर्ने हुन जान्छ। फास्ट ट्र्याकका लागि छुट्टै रेलमार्ग बनाउने खर्चको करिब २५ देखि ५० प्रतिशतमा निर्माण सम्पन्न गर्न सकिने अवसर छ। त्यसैले यो वर्तमानका लागि स्वर्णिम अवसर हो। अवश्य नै यसले तराई मधेसको पूर्व–पश्चिम रेलमार्ग भविष्यमा जोड्नेछ भने यसको उद्देश्य भारत र चीनसँग जोड्ने नै हुनुपर्छ।

अमेरिका, रुस, क्यानडाजस्ता देशमा एउटै रेलले २०० कन्टेनर पनि जोड्न तथा तान्न सक्छ। हाम्रो भौगोलिक अवस्था हेर्दा ५० वटामात्रै कन्टेनर जोड्ने हो भने पनि अहिलेको ट्रकको ढुवानी लागत ५० गुनाले नै कम गर्न सकिन्छ। यसले तेस्रो मुलुक तथा भारतबाट आयातीत वस्तुहरू वीरगन्ज सुक्खा बन्दरगाहबाट सुलभ मूल्यमा काठमाडौंबासीलाई उपलब्ध गराउन सक्छ। त्यस्तै प्यासिन्जर ट्रेन पनि कैयौं गुना सस्तो पर्न जान्छ। काठमाडौंबासीलाई तराई र तराई मधेसका लागि काठमाडौँ पानी पधेरो जस्तो लाग्न सक्छ।

तत्कालका लागि द्रुतमार्ग निर्माणसँगै जोडेर रेलमार्ग सञ्चालनार्थ कार्गो ट्रेन र प्यासेन्जर ट्रेन कुदाउन असम्भव हुँदै होइन। अहिले यो अवसर बुझिएन भने काठमाडौंमा रेलको सपना पूरा गर्न दशकौं लाग्न सक्छ। यसका लागि अहिलेसम्म विचार नपुग्नु हाम्रालागि दुर्भाग्य नै हो। रेलको इन्जिन कन्टेनर र डिब्बा सडक यातायातबाट दुवानी गररेर जोड्न सकिन्छ र पहिलो चरणमा दु्रतमार्गमा मात्रै चलाउँदा पनि नेपालीको सपना साकार हुन्छ। यो लक्ष्यअनुरूप ४ वर्षभित्रै सम्पन्न गर्न सकिन्छ।

प्रकाशित: २६ श्रावण २०७४ ०३:०६ बिहीबार

फास्टट्रयाकसँगै रेलमार्ग