विचार

प्रकृति संरक्षणमा नयाँ प्लेबुक

प्राकृतिक स्रोतको अन्धाधुन्ध र अल्पकालीन दोहनमा विश्वको अर्थतन्त्र टिकेको छ। प्रकृतिमा सम्पूर्ण हिसाबले हामी आधारित रहँदारहँदै पनि यसले गर्ने योगदान अन्तर्निहित र धेरै हदसम्म अदृश्य छ। उदाहरणका लागि कपडा बनाउन प्रयोग हुने पानी तथा खाद्यवस्तु उत्पादनमा आवश्यक माटो पृथ्वीका गौरवपूर्ण संसाधन हुन। त्यसैले पारिस्थितिकीय सम्पत्ति र सेवालाई व्यवस्थापन गर्न सिद्धान्तमा आधारित र सुशासित बजारको आवश्यकता रहन्छ। यसो गरेमा मात्र एक न्यायसंगत र प्रकृतिप्रति सकारात्मक भविष्य निर्माण गर्न सकिन्छ।

प्रकृति र जलवायु स्थायित्व एकै सिक्काका दुई पाटा हुन र यी दुवैको सम्बन्ध एकापसमा अन्तर्निहित छ। पृथ्वीको तापमान बढाउन जिम्मेवार हरितगृह ग्यास उत्सर्जन घटाउन जैविक विविधताको संरक्षण र पुनस्र्थापना अत्यावश्यक छ। यसो गर्न नसके तापमानमा हुने वृद्धिले पृथ्वीको प्राकृतिक सम्पत्ति नष्ट हुनेछ। त्यसो हुँदाहुँदै पनि विश्व अर्थतन्त्रलाई कार्बनशून्य बनाउने र पारिस्थितिकीय प्रणालीको दोहन रोक्ने दिशामा हाल भैरहेका प्रयास पर्याप्त छैनन्। हाल कार्यान्वयनमा रहेका जलवायुसम्बन्धी नियमबाट सिक्न र यसबाट लाभ लिन सकिन्छ तर यसलाई जथाभावी ‘कपी तथा पेस्ट’ गर्न सकिन्न।

प्राकृतिक स्रोतको अन्धाधुन्ध र अल्पकालीन दोहनमा विश्वको अर्थतन्त्र टिकेको छ। प्रकृतिमा सम्पूर्ण हिसाबले हामी आधारित रहँदारहँदै पनि यसले गर्ने योगदान अन्तर्निहित र धेरै हदसम्म अदृश्य छ।

यस सन्दर्भमा जैविक विविधतामा भैरहेको ह्रास रोक्न खेलका नियमसहितको नयाँ प्लेबुक आवश्यक छ। यही उद्देश्य पूरा गर्न सन् २०२२ मा नेचर मार्केट विषयमा एक छुट्टै कार्यदल गठन गरिएको छ। यो कार्यदलको निष्कर्ष र सिफारिसका आधारमा प्रकृतिलाई नष्ट हुनबाट जोगाउन र प्रकृतिलाई संरक्षण गर्ने विषयमा केन्द्रित रहेर बजारको नयाँ स्वरूप र अवधारणा अगाडि बढाउन सकिन्छ।

कार्यदलको यो सिफारीसलाई निकट भविष्यमै ब्राजिलको बेलेममा हुन लागेको अमेजन रेन फोरेस्ट अलायन्सको क्षेत्रीय सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ। प्रकृतिको सम्पत्तिलाई मूल्यमा निर्धारण र रूपान्तरण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी र आवश्यकतालाई आत्मसात गरेर यो कार्यदल स्थापना गरिएको हो। उदाहरणका लागि हाल प्रकृतिमा पर्ने जोखिम मापन गर्न र कुनै कम्पनीले प्रकृतिमाथि गरेको दोहनलाई सार्वजनिक गर्नुुपर्छ भन्ने माग अहिले प्रखर बनेको छ।

बजारमा आधारित समाधानका अभियान्ताहरू यस प्रकारको विकासक्रम तथा उपयुक्त नीति व्यवस्थाले प्रकृतिलाई सकारात्मक हुने गरी विश्व अर्थतन्त्रलाई डोर्‍याउने विश्वास गर्छन्। यसो गर्दा पृथ्वीको पारिस्थितिकीय प्रणाली सुरक्षित हुनेछ र यसप्रकारको अभियानमा सहभागी हुने सरकार र व्यवसायी पुरस्कृत हुनेछन्। यसबाट प्रकृतिमा आधारित वित्तीय उत्पादन र सेवालाई प्रोत्साहन हुने गरी थप लगानी आकर्षित हुनेछ र जैविक विविधताको पुनस्र्थापनमा सघाउ पुग्नेछ।

कार्यदलको यो सिफारीसलाई निकट भविष्यमै ब्राजिलको बेलेममा हुन लागेको अमेजन रेन फोरेस्ट अलायन्सको क्षेत्रीय सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ।

त्यसो त, यो अवधारणालाई विश्वका नीतिनिर्माता र कर्पाेरेट नेतृत्वले परिपालन पनि गरेको छ तर यसको नतिजा मिश्रित छ। बजारमा आधारित अवधारणाका जलवायु परिवर्तन दुई कारणले अनुकूल हुने देखिन्छ। त्यो कसरी भने, हरितगृह ग्यास उत्सर्जन सजिलै नाप्न सकिन्छ र हरित प्रविधिले ठूलो स्तरमा लगानी आकर्षित गर्न सक्छ।

हरितगृह ग्यास मापन गरे जस्तै प्राकृतिक विश्वमा प्राकृतिक सेवाको मापन गर्न सकिन्न र यसको मूल्य निर्धारण गर्न पनि कठीन हुन्छ। त्यसो त, पछिल्ला वर्षमा प्रयोगशालामा गरिने मासुखेती र ऊर्ध्वा धर खेती (भर्टिकल फार्मिङ) जस्तो प्रविधि लोकप्रिय हुँदैछन्।

यस सन्दर्भमा अर्काे महत्वपूर्ण पक्ष भनेको आदिवासी समुदायले प्रकृतिको संरक्षणमा गरेको योगदान हो। विश्व जनसंख्याका ५ प्रतिशतभन्दा कम हिस्सा लिएका यी समुदायले विश्वको ८० प्रतिशतभन्दा बढी जैविक विविधता संरक्षणमा योगदान दिएका छन्।

यसरी सही मनसाय बोकेका बजारमा आधारित नीति र उपकरणले पनि आदिवासीले गर्ने यसप्रकारको योगदानको सही मूल्यांकन नगर्न सक्छन् र अन्ततः यसले प्रकृति संरक्षणमा नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ।

निश्चित रूपमा बजार प्रक्रियामार्फत प्रकृति संरक्षण गर्नुपर्छ। तर यसो गर्न अवलम्बन गरिने सुशासनका सिद्धान्त र कार्यसञ्चालन विधि समानता र दिगो समृद्धिको लक्ष्य हासिल गर्नमा केन्द्रित हुनुपर्छ। नेचर मार्केट कार्यदलले प्रकृतिलाई सकारात्मक बाटोमा लग्न ७ बुँदा सिफारिस गरेको छ।

हरितगृह ग्यास मापन गरे जस्तै प्राकृतिक विश्वमा प्राकृतिक सेवाको मापन गर्न सकिन्न र यसको मूल्य निर्धारण गर्न पनि कठीन हुन्छ।

सिफारिस गरिएका प्रमुख बुँदाहरूमा विश्वका अर्थ तथा वित्त मन्त्रीले आफ्ना नीतिहरूलाई जैविक विविधतामैत्री पार्नुपर्ने र प्रकृति संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने समुदायको हितमा हुनुपर्ने विषय समावेश गरिएको छ। त्यसैले विद्यमान व्यापार तथा लगानी सम्झौताहरूलाई संशोधन गर्दा जि–२० समूह अथवा अन्य अन्तर्राष्ट्रिय निकायले प्राकृतिकरूपमा धनी तथा आर्थिक रूपमा गरिब राष्ट्रलाई थप बोझ सिर्जना नहुने सुनिश्चित गर्नुपर्छ।

केन्द्रीय बैंक र सम्बद्ध निकायले नियमन गर्ने आफ्नो वित्तीय बजारलाई प्रकृति र जलवायु प्रतिबद्धताअनुरूप पार्नुपर्छ। विश्वव्यापी वित्तलाई नियन्त्रण गर्नेहरू यो विषयमा अझ बढी सक्रिय हुनुपर्छ। उनीहरूले वित्तीय स्थिरताका मध्यकालीन लक्ष्य र बजार अखण्डतालाई मात्र सम्बोधन गरेर हुँदैन।

समग्रमा भन्नुपर्दा जीवन्त पारिस्थितिकीय प्रणाली मानवता आधारित रहेकाले जैविक विविधताको ह्रास रोक्न कानुनी व्यवस्था तथा समग्र खेलका नियमहरूसहितको नयाँ प्लेबुक जरुरी छ।

डेक्लेभ नेचर मार्केट कार्यदलकी सदस्य हुन् भने जडेक नेचर फाइनान्सका कार्यकारी निर्देशक हुन्।

–प्रोजेक्ट सिन्डिकेट

प्रकाशित: २८ श्रावण २०८० ००:४० आइतबार

प्रकृति संरक्षणमा नयाँ प्लेबुक विश्वव्यापी वित्तलाई नियन्त्रण हरितगृह ग्यास मापन