अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?
नेपाली समुदायमा स्वास्थ्यबारे अहिले बढी चासो हुन थालेको छ। शरीरको रोगसँग लड्ने शक्ति बढाउन “स्वस्थकर खाना” को महत्वबारे धेरैले बुझ्दैछन्, विशेषगरी कोरोनापछि। त्यसैले कति डाक्टर स्वास्थ्यकर्मीले “हामीले ‘सुपर फुड’ खानुपर्छ भनेपछि सुपर फुड त कतिको मुखमै झुन्डिएको छ। तर ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।
तर अनेक अनुसन्धानकर्ताले विभिन्न भोजनको विश्लेषण गरेर दैनिक पोषण कस्तो खानुपर्छ ? के के ‘सुपर फुड’ छन् भनेर लेखेका छन्। वास्तवमा हाम्रो भान्छामा पाइने लोकप्रिय सस्तोे भोजन पनि ‘सुपर फुड’ हुन्छ भनेर हामीले थाहा पाए राम्रो। ‘सुपर फुड’ लाई कसरी प्रयोग गर्दा पौष्टिक तत्व कायम रहन्छ भन्ने पनि जानकारी पनि जरुरी छ। उदाहरणका लागि कागती, हेपिएका अमला, सुन्तला आदि भिटामिन ‘सी’ ले भरिपूर्ण सुपर फुड हुन। तर यस्ता फलफूल पकाएपछि थानमा रहेको भिटामिन ‘सी’ नष्ट हुन्छ। अमला फलफूल सकेसम्म नपकाएकै राम्रो।
मनतातो पानीमा कागती हालेर खाँदा भिटामिन ‘सी’ नष्ट हुँदैन। अम्बा र हलुवावेद पनि ‘सुपर फुड’ हुन तर बेवास्ता भएका किनभने यिनीहरू तुलानात्मकरूपमा एभकाडो र स्याउ भन्दा सस्ता हुन्छन्। सस्तो फलफूल के राम्रो होला र भन्ने भ्रमले हामी ग्रसित छौं।
अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?
‘सुपर फुड’मा शरीरलाई आवश्यक पर्ने पोषण तत्व हुन्छ। यसले शरीरको रोगसँग लड्ने शक्ति प्रदान गर्छं, रोग लागिहाले पनि छिटै तंग्रिन मद्दत गर्छ। यही कारण विशेषगरी कोरोनाको बेला ‘सुपर फुड’ को ठूलो प्रचार भयो, यसकोे ठूलो व्यापार पनि भयो।तर कति ‘सुपर फुड’ त हामीले दिनदिनै प्रयोग गर्ने भोजन हो तर त्यसको महत्वबारे हामीलाई थाहा नभएकाले र भान्छाको ‘सुपर फुड’ भनेर चिनिएको छैन।हाम्रा वरिपरिका कतिपय भोजन ‘सुपर फुड’हुन्छन्। मैले यहाँ यस्ता केही मात्र सुपर फुडबारे लेखेकी छु जसबारे विचार नै गरिन्न।
“गुलियो आलु”अर्थात सखरखण्ड नेपाली समुदायमा प्रायः व्रतको बेला खाइन्छ। भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ। तर यसलाई उसिन्दा केहीबेर मात्र उसिन्नुपर्छ नत्र यसमा रहेको १२% पौष्टिक तत्व नष्ट हुन्छन्। शिशुलाई बाहिरका अनेक रंगीचंगी बट्टाको महँगो भोजनको सट्टा सखरखण्डजस्तो वस्तु ख्वाउँदा पनि उत्तम हुन्छ। यसमा क्याल्सियम, भिटामिन बि१२ र लौह तत्व भएको शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने सखरखण्ड नबुझेकाले हामी प्रयोग धेरै गर्दैनौँ।
‘सुपर फुड’मा शरीरलाई आवश्यक पर्ने पोषण तत्व हुन्छ। यसले शरीरको रोगसँग लड्ने शक्ति प्रदान गर्छं, रोग लागिहाले पनि छिटै तंग्रिन मद्दत गर्छ।
अदुवा ‘सुपर फुड’ भनेर विचार नै गरिन्न। अदुवालेपाचन प्रणली सुधार्न मद्दत गर्छ। चिसो लागेको बेला औषधिका रूपमा प्रयोग गरीन्छ। वैद्यहरू त भन्छन्–“अदुवा र कागती भएको घरमा वैद्यको जरुरत पदैन।” अर्थात त्यहाँका मानिसलाई रोग लाग्दैन।
भान्छाको अर्को सुपर फुड फर्सी अति अपहेलित छ। उखानैमा अवहेलना गरेर छोरी र फर्सीको महत्व घटाइएको छ। ‘छोरा पाए खसी, छोरी पाए फर्सी’ अर्थात छोरी पाउँदा सस्तो फर्सी सुत्केरीलाई दिने भन्ने यो भनाइ हो। तर ‘फर्सी’ मा भएको गुण थाहा पाए भने थाहा हुन्छकि छोरी पाए फर्सी दिएको ठीक हो।
फर्सी सहजसँग पाइने हुनाले हामीले यसको महत्व नबुझेको होला। तर अस्ट्रेलियामा फर्सीको सुपचाहिँ“उत्तम” भनेर खाइन्छ। यसमा भिटामिन ‘ए’ धेरै रहन्छ। फर्सी÷बोडीमा हालेरखान सकिन्छ। उसिनेर मासुमा मिसाएर खाने चलन पनि छ। विभिन्न तरिकाले अन्य भोजनमा मिश्रण गरेर खाँदा यसको पौष्टिक तत्व अझ बढ्न जान्छ।
शिशुलाई फर्सीको खिर बनाएर ख्वाउने चलन पनि छ। तर किन फर्सी अपहेलित? किनभने गाउँघरमा सहजै पाइन्छ। यसको महत्व थाहा भएको भए गाउँको छाना छतमा राखेको फर्सीलाई हामीले ‘आहा’ भन्ने गर्थ्याैं कि? पाकेको हरियो फर्सीको मुन्टा सबै स्वादिष्ट र स्वस्थकर हुन्छन्। फर्सीको विया त झन स्वस्थकर हुन्छ। यति कुरा जानेपछि त फर्सीबारे नयाँ उखान बनाउनु पर्ला कि “सुत्केरीलाई फर्सीको सुप।” गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज जस्ता वस्तु पनि ‘सुपर फुड’ नै हुन्। यिनीहरू धेरै औषधीय गुणले भरिपूर्ण हुन्छन्।
शिशुले अन्न खान सुरु गरेपछि शिशुलाई गाजर उसिनेर, लेदो बनाएर दिँदा भिटामिन ‘ए’ को साथै अन्य सुक्ष्म पोषक तत्व पनि पुग्छ। यसले बच्चाको रोगसँग लड्ने शक्ति बढाउँछ। आँखाको स्वास्थ्य राम्रो पार्छ। जुन वस्तुले आँखालाई फाइदा गर्छ, मुटु र पेटलाई पनि फाइदा गर्छ।
शिशुलाई फर्सीको खिर बनाएर ख्वाउने चलन पनि छ। तर किन फर्सी अपहेलित? किनभने गाउँघरमा सहजै पाइन्छ। यसको महत्व थाहा भएको भए गाउँको छाना छतमा राखेको फर्सीलाई हामीले ‘आहा’ भन्ने गर्थ्याैं कि? पाकेको हरियो फर्सीको मुन्टा सबै स्वादिष्ट र स्वस्थकर हुन्छन्।
वयस्कले पनि गाजरको तरकारी बनाएर दालमा हालेर खान सक्छन्। सलादका रूपमा काँचो खाँदा पनि हुन्छ। गाजरलाई भात, चिउरा, भुजामा पनि मसिनो गरेर हाल्न सकिन्छ। यसको खिर वा हलुवा पनि स्वादिलो र स्वस्थकर हुन्छ। यसरी एउटै भोजनबाट अनेकथरिका परिकार बनाएर खान सकिने वस्तु गाजरलाई ‘सुपर फुड’ मान्न गाह्रो नमाने हुन्छ। अलिकत लसुन फुराएर बनाएको जाउलो, विभिन्न अन्न भुटेर पिसेर बनाएको लिटो शिशुका लागि सुपर फुड हुन्।
हाम्रो वरिपरि पाइने विभिन्न प्रकारका स्थानीय र मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन। अम्बा, भोगटे, हलुवावेद, बयर, सुन्तला, आँप, अनार आदि। तर अनार र आँप महँगो भएकाले सुपर फुड अनि अम्बा र हलुवावेद भने खास महत्व नभएकोठान्ने हाम्रो विचारलाई विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गलत सबित गरेका छन्। यी सबै फलफूल अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन्। रोगसँग लड्ने शक्ति दिन्छ। यिनमा रेशादार तत्व पनि पर्याप्त हुन्छ। त्यसैगरी पैयु, बयर, काफल, आदि पनि सुपर फुड हुन्।
वयरलाई सुकाएर बोक्रा र बियाँसमेत नै मीठो अचार बनाउने चलन थारूहरूको पहिलेदेखि छ। यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वस्थ र स्वाद दुवै पाइन्छ। तर बयरले जस्तो सस्तो कुरा र त्यसबाट बनेको अचार ‘सुपर फुड’ हो भन्ने विश्वास गर्न हामीलाई गाह्रो हुन्छ। किनभने हामी सबैजनालाई ‘सुपर फुड’ भनेपछि महँगो हुन्छ भन्नेमा विश्वास छ।
हाम्रो वरिपरि पाइने मेथी, रायो, पालुङ्गो, पुदिना आदि पनि ‘सुपर फुड’ हुन्। यिनमा रहेका तत्वले शरीरलाई स्वस्थ राख्छ, बुढ्यौलीतर्फ धकेल्ने प्रक्रियालाई कमजोर पार्छन्। यिनमा पर्याप्त मात्रामा रेशादार पदार्थ हुन्छन् यसले पेटस्वस्थ रहन्छ र मोटोपन घट्न मद्दत गर्छ।
वयरलाई सुकाएर बोक्रा र बियाँसमेत नै मीठो अचार बनाउने चलन थारूहरूको पहिलेदेखि छ। यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वस्थ र स्वाद दुवै पाइन्छ।
कर्कलो अपहेलित सुपर फुड हो। अरू केही नभएपछि कर्कलो खाइन्छ भन्ने कतिलाई भ्रम छ। वास्तवमा यसमा रहेको लौह तत्व र प्रोटिनका कारण यो उच्च सुपर फुड मानिन्छ। ऋषि पञ्चमीमा कर्कलो भात खानेबाहेक अरूबेला प्रायः कर्कलो प्रयोग गरिन्न। कर्कलोको पात डाँठ मासको दालमा मिसाएर मस्यौरा बनाउन सकिन्छ। यसरी मस्यौरा बनाएर राखेपछि यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ।
दाल र कर्कलो दुवैमा प्रोटिनको मिश्रण उच्च स्तरको हुन्छ। मस्यौराको तरकारी बनाउन सकिन्छ। सुकाएर राखेको मस्यौरा हुनाले यो लामो समय सुरक्षित राख्न सकिन्छ। सानो बालकदेखि वयस्क वृद्ध सबैलाई सहजै प्रयोग गर्न सकिन्छ। मस्यौरा र गुन्द्रुकको रससँग भात वा ढिँडो खाँदा कति स्वादिष्ट हुन्छ भन्नै पर्दैन। ‘बदाम बदाम’ भनेर जाडोको बेला बेच्न आउनेसँग एक माना बदाम लिएर नूनसँग खाने चलन त छ। तर अरू बेलामा बदामको त्यति प्रयोग गरिन्न। जब बदाम ‘सुपर फुड’ हो।
पोषण विज्ञहरूको भनाइअनुसार महँगा बाहिरबाट ल्याएका खाना होइनन् बरु परम्परादेखि चलिअएका हाम्रो जिब्रोमा स्वाद दिने शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम गर्ने भोजन नै ‘सुपर फुड’ हुन्।
प्रकाशित: ३१ असार २०८० ००:४४ आइतबार