हामी लागू औषध दुव्र्यसन र बेचबिखनविरुद्धको दिवस प्रत्येक वर्ष किन मनाउँछौँ ? यहाँ प्रश्न उठछ, विश्वभरिका मानिसलाई बाँच्न अपरिहार्य र त्यो भन्दा महत्वपूर्ण खाध्यान्न वस्तु, जस्तै– धान–चामल र आलु–प्याजको भने विश्व दिवस किन मनाइँदैन् ?
लागू औषध दुव्र्यसन र बेचबिखनले लागू औषधको दुरूपयोग, दुव्र्यसन, लागु औषधको अन्तराष्ट्रिय सीमा अपराध, संगठित अपराधी, भूमिगत अपराध र मुद्रा– निर्मलीकरण जस्ता विश्व अर्थव्यवस्थालाई खल्बल्याउने नकारात्मक पार्ने कारणले गर्दा त्यस विरुद्ध जनचेतना अभिवृद्धि गर्ने-गराउने र खबरदारी गर्ने उद्देश्यले प्रत्येक वर्ष दिवस मनाउने गरिएको हुनुपर्छ।
यसैलाई हृदयङ्गम सन् १९८७, ७ डिसेम्बरमा संयुक्त राष्ट्रको साधारण सभाले प्रत्येक वर्षको २६ जुन लाई लागु औषध दुव्र्यसन र अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको हो। यो दिवसको मूल उद्देश्य–लक्ष्य भनेको सम्पूर्ण विश्व समाजलाई लागू–औषध दुव्र्यसनमुक्त समाज बनाउने र त्यस विरुद्ध कडा नीति अपनाउन र त्यो लक्ष्य प्राप्त गर्न सबै सदस्य राष्ट्रहरूलाई एकबद्ध र सबल बनाउन सबैको पूरा सहयोगका लागि प्रतिबद्धता जनाउन गरिएको हो। त्यसैले आज यो दिवस कुनै एउटा देश, जात र समूहको, कुनै देशको सरकारले मात्र नभए विश्वका सम्पूर्ण सदस्य राष्ट्र, त्यसभित्रका सम्पूर्ण जात–जाति समुदाय, संगठन र व्यक्ति–व्यक्तिले सहभागिता जनाएर मनाउने उद्देश्य रहेको हुन्छ। यसको एउटै कारण हो, आज यो विश्वका कुनै पनि देश, समाज, र व्यक्तिहरू यस लागु औषध दुव्र्यसन र यसले निम्त्याएको अपराधको श्रापबाट मुक्त छैनन्, हुन सकेका छैनन्। यही प्रतिबद्धता जाहेर गर्न आज नेपालको सरकार र जनताले पनि यो दिवस मनाउँदैछन्।
नेपालले आजको यो दिवसमा हदैसम्मको कडाइ गरिने प्रतिबद्धताका लागि सशक्त कारबाही र प्रतिबद्धता देखाउन सके यो दिवसलाई बढी सार्थकता दिएको मन्न सकिन्छ ।
यो दिवसलाई नेपालले कसरी मनाइरहेछ भन्ने कुरा त्यो बन्दा बढी महत्वपूर्ण देखिन्छ। नेपाल सरकारले, नाफामूलक तथा गैरनाफामूलक परोपकारी गैरसरकारी संघ–संस्थाले, लागु औषध दुव्र्यसनको रोकथामका लागि स्वस्थ जनसरोकारमा आधारित (इभिडेन्स एन्ड केएर बेस्ड प्रेभेन्सन) कति गर्ने गरेका छन् भन्ने कुरालाई आज कसैले गम्भीरतापूर्वक लिने गरेका छैनन्। यसरी सतही तरिकाले मनाउँदा यो दिवस कर्मकाण्डी भन्दा अरू केही देखिँदैन्। मन्तव्य र भाषणले लागू औषध दुव्र्यसनको रोकथाम र तस्करीको रोकथाम हुन सक्दैन्।
एउटा–दुइटा साना साना स्थानीय आयोजना र स्थानीय तहको अध्ययनले पनि यो समस्याको जरो फेला पार्ने कुनै संभावना नै रहँदैन। यो कुरालाई नेपाल सरकार र सरोकारवाला मन्त्रालय र निकायहरूले सुन्नसमेत चाहिरहेको देखिँदैन। भाषणबाजीले मात्र लागू–औषध दुव्र्यसनको महामारी रोक्न सकिने दिवास्वप्नमा रमाएर मात्र बसेमा यो दिवसले कुनै सार्थकता पाएको मान्न सकिन्न। यसले त सुतुरमुर्ग प्रवृत्तिलाई प्रेरित गर्दै समाजलाई अझ जर्जर बनाउन सक्छ।
यसका लागि लागु औषध दुव्र्यसन र अपराध, यसले उब्जाएको चुनौतीको सामना गर्न पहिले नेपालमा सरकार र जनताले लागु–औषधबारे आफ्नो सही बुझाइ र धारणाको र देशव्यापी रणनीतिको विकास गर्नु जरुरी छ। उदाहरणका लागि आजको दिनमा नेपालमा गाँजा–चरेस र त्यसको नेपाल र नेपालीसँगको आर्थिक, समाजिक, मानसिक, शारीरिक र मनोञ्जनात्मक सरोकारको तारतम्य र सही र सन्तुलित परिभाषा, व्याख्या र बुझाइमा ठूलो खाडल बढ्दै गएको देखिन्छ। आज त्यसैले गाँजाको वैधानिकीकरणको बहसको बारेमा लेख्दा र बोल्दा पहिले त्यसको समग्र पाटोलाई केलाएर बुझ्नुपर्ने देखिन्छ।
एकातिर विश्व समुदायले गाँजा चरेसको खेती, उत्पादन, प्रयोग र व्यापारलाई वैधानिकता दिने विश्वव्यापी कसरतमा लागेका देखिन्छ भने अर्कोतिर युएनओडिसी जस्तो अन्तर्राष्ट्रिय संगठनले सघन सोध र अध्ययनगरेर गाँजाको सेवनले हुन सक्ने मानसिक विकार (मेन्टल डिस–अर्डर) र आत्महत्या जस्तो समस्या बढ्न सक्ने संभावनाको अध्ययनलाई पनि बेवास्ता नगरी निष्कर्षमा पुग्नु आवश्यक छ। युएनओडिसी जस्ता संगठनको २०२० को प्रतिवेदनमा त्यस संस्थाका कार्यकारी निर्देशक गाढा वालीले विश्वका ४० प्रतिशत देशहरूले लागू औषध गाँजाको सेवन र बढ्दो मानसिक विकारसँग गहिरो सम्बन्ध रहेको देखाएका छन्।
एउटा–दुइटा साना साना स्थानीय आयोजना र स्थानीय तहको अध्ययनले पनि यो समस्याको जरो फेला पार्ने कुनै संभावना नै रहँदैन।
आजको नेपालको समस्या जोखिमपूर्ण उमेरका युवाहरूलाई लागू–औषधको सही तथ्य र जानकारी दिन सक्ने विशेषज्ञं, स्रोत व्यक्ति र निकाय कति छन्, त्यसको कुनै तथ्याङ्क छैन। त्यसपछि तिनीहरूको कसरी समन्वय र प्रयोग गर्ने-गराउने भन्ने कुराको नितान्त अभाव छ। आज खाली उपत्यका केन्द्रित नाफामूलक र खाली विदेशीको अनुदानमा चलेका दुई–चार गैरसरकारी संस्थाको लहै–लहैमा लागेर वा प्रहरीले सीमित पक्राउ र गाँजा खेतीको फँडानीको भरमा लागू–औषध दुव्र्यसनको त्रासदीलाई सजिलै समाधान गर्न सकिन्न।
लागू–औषध दुव्र्यसन रोकथामको प्रभावकारी उपाय भनेको कुनै पनि बालक वा वयसन्धीको युवा–युवतीलाई पहिले उसलाई लागू औषध दुव्र्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्ने भन्नेमा ध्यान जानु जरुरी छ। त्यसपछि ऊ त्यस्ता व्यक्ति वा तत्वको सम्पर्कमा आएमा कसरी त्यसलाई तिरष्कार वा चङ्गुलबाट बच्न सक्ने बनाउने (जसलाई टार्गेट हार्डनिङ, जस्तै से नो टु ड्रग भन्ने आँट दिलाउने) मा जोड दिनु जरुरी हुन जान्छ। त्यो कसरी गर्ने भन्ने कुरामा आज विश्वभरि धेरै परीक्षण र प्रयोग भए-रहेका छन्, ती प्रयोगबाट नेपाल र नेपालीले सकेजति सिक्न र जान्न जरुरी छ। त्यसैले आजको दिनमा यो दिवसलाई सही अर्थले मनाउने हो भने समस्याको सही तरिकाले निराकरण गर्ने नै हो।
जहाँसम्म गाँजा खेतीलाई वैधता दिलाएर देशलाई धनी बनाउने कुरा छ, नेपालमा त्यस्ता देशलाई धनी बनाउने धेरै कुरा छन्, जुन गर्भमै रहेर सडिरहेका पाइन्छन्। उदाहरणका लागि नेपालमा पेट्रोल छ जसको उत्खनन र बिक्रीले लखपती बनाउन सक्छ।
त्यस्तै नेपालको अथाह जलसागर छ, त्यसको भोलि काकाकुल हुंदै गइरहेको यो विश्वलाई हिमालबाट बहेको निर्मल जल पिलाएर पुण्य कमाउनुको साथै करोडौँरुपियाँ कमाउने सम्भावना पनि उत्तिकै छ। त्यसमाथि भएको युरेनियमको भण्डारले प्रत्येक नेपाली करोडौँको मालिक हुन सक्ने संभावना पनि त्यत्तिकै छ। आज जननेता र नीति निर्माताले “एक रोपनीमा गाँजा रोपौँ तीन लाख कमाऔँ” जस्ता सस्ता नारा लगाइदिँदा वा सञ्चारमा गाँजाको मात्र वकालत गर्नाले यस्तो दिवसको उपहास र खिल्ली उडाएको जस्तो देखिन जान्छ।
जब सन् १९९१ को आरम्भमा संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र लागु औषध नियन्त्रण योजना (युएनडिसिपी) ले नेपालामा पहिलो पल्ट लागू औषध माग घटाउ तथा नियन्त्रण (युएनडिसिपी ड्रग डिमान्ड रिडक्सन एन्ड सप्लाइ कन्ट्रोल प्रोग्राम) को राष्ट्रिय गुरुयोजना बनायो, युएनडिसिपी र तत्कालीन सरकारको सक्रियताले माग–घटाउ र आपूर्ति–नियन्त्रण कार्यका लागि दुईवटा भिन्न निकाय खडा गरेको थियो। त्यस गुरुयोजनाअनुरूप स्वास्थ्य मन्त्रालयअन्तर्गत लागू औषध माग–घटाउ आयोजना (ड्रक एब्युज डिमान्ड रिडक्स प्रोग्राम अर्थात डिएडिआरपी) कार्यक्रम सुरु गरेको थियो जुन कार्यक्रम गृह–मन्त्रालयअन्तर्गत थियो तर त्यसलाई सरकारले आज बन्द गरेको छ।
जहाँसम्म गाँजा खेतीलाई वैधता दिलाएर देशलाई धनी बनाउने कुरा छ, नेपालमा त्यस्ता देशलाई धनी बनाउने धेरै कुरा छन्, जुन गर्भमै रहेर सडिरहेका पाइन्छन्। उदाहरणका लागि नेपालमा पेट्रोल छ जसको उत्खनन र बिक्रीले लखपती बनाउन सक्छ।
त्यसैबेला आपूर्ति नियन्त्रणतर्फ नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत रहने गरी नेपाल प्रहरीले “लागू औषध कानुन कार्यान्वयन एकाइ (नार्कोटिक ड्रग कन्ट्रोल ल इन्फोर्समेन्ट युनिट वा एनडिसिएलयु) भन्ने निकाय स्थापना गर्यो। आज पनि नार्कोटिक ड्रग कन्ट्रोल (एनडिसी) का रूपमा आज पनि सक्रियरूपले कार्यरत छ।
तर दुर्भाग्यवस लागु औषध रोकथामका लागि जापानी आर्थिक सहयोगमा चल्नुपर्ने माग घटाउ आयोजना (डिएडिआरपी) भने सुरुदेखि विवादास्पद रहन गयो भने आज आएर यो योजना सरकारले खारेज गरिसकेको छ।
अन्त्यमा, आजको विश्वका विभिन्न राष्ट्रले लागु औषध दुव्र्यसन र माग घटाउ र यससम्बन्धी अपराध नियन्त्रणका लागि धेरै विचार, अवधारणा र नीतिहरूले दिवसलाई नौ रङ्ग दिन थालेकोलाई आफैँमा झन् जटिल र विवादास्पद बन्दै छ। त्यसको प्रत्यक्ष असर लागु औषध नीति–निर्माण र कार्यान्वयनमा देखिने गरेको छ। उदाहरणका लागि आज नेपालमा पूरा उदारीकरण, लागु औषध प्रतिस्थापन (ड्रग–सब्स्टिच्युसन), क्षति–न्यूनीकरण (हार्म रिडक्सन), गैरअपराधीकरण (डि–क्रिमिनलाइजेसन) जस्ता सबै नीति तील चामल गरेर अवलम्बन गर्ने गरेकाले नेपालको लागू–औषधसम्बन्धी राष्ट्रिय नीति नहाँसको चाल, न कुखुराको चालमा हिँडिराखेको पाइन्छ।
तर यी सम्पूर्ण राष्ट्रले अन्तराष्ट्रिय लागू–औषधको ओसारपसार र लागु औषध संगठित अपराध नियन्त्रण तथा त्यसबाट हुने नाफा नियन्त्रणका लागि मुद्रा–निर्मलीकरण र लागु औषध अपराधबाट अर्जित अवैध सम्पत्ति जफत गर्ने कुरामा भने झन् प्रतिबद्धता देखाउन थालेका छन् जसमा भने नेपाल सरकार झन–झन उल्टो बाटो हिँड्दैछ। यसका लागि नेपालले आजको यो दिवसमा हदैसम्मको कडाइ गरिने प्रतिबद्धताका लागि सशक्त कारबाही र प्रतिबद्धता देखाउन सके यो दिवसलाई बढी सार्थकता दिएको मन्न सकिन्छ।
(पूर्वएआइजी, सशस्त्र प्रहरी बल)
प्रकाशित: ११ असार २०८० ००:४९ सोमबार