विचार

राष्ट्रिय चरित्रको समाधि

हामी सबै लज्जित, अपमानित र अवहेलित देखिन थालेका छौं। यो र यस्ता अनेक कारणले जनताको मनोबल घट्न सक्छ। निजी क्षेत्रको मिहिनेत र परिश्रममा बाँचेको अर्थतन्त्रबारे अनुभवी अर्थशास्त्रीहरूले धेरै कुरा खुलस्त पारेका छन्।

स्वदेशी उद्योगलाई बलियो र भरपर्दो बनाउने नीति देखिँदैन। सुशासनको नारा कागज र भाषणमा सीमित छ। आफ्ना नातेदार, निर्दोष जनता र सहकर्मीहरूको निर्मम हत्या गर्नेहरूलाई सलाम र नमस्कार गर्नुपर्दा जंगी, प्रहरी, निजामतीलगायतका राजस्वजीवीहरूलाई कति पीडा, हीनताबोध र छटपटी हुँदो हो, अनुमान गर्न सकिन्छ। राज्य कहाँ छ? सार्वभौमसत्ता कहाँ छ? सुशासन कहाँ छ? विधिको शासन कहाँ छ? प्रश्नहरू अनुत्तरित छन्।

राजनीतिक प्रणालीलाई बलियो बनाउन जनता मात्रै इमानदार भए पुग्छ। नेपालमा जनताको नेतृत्व र प्रतिनिधित्व गर्नेमध्ये धेरैजसो बाह्यशक्तिको प्रभावका कारण विश्वसनीय हुन सकिरहेका छैनन्।

राष्ट्रिय चरित्रको मृत्यु भइसकेको छ। एकजना जर्मन दार्शनिकले ‘ईश्वर मरिसक्यो’भन्दा युरोपमा खलबली भयो। उनले त्यसको व्याख्या गरे तर नास्तिक सुनिने कथन र भाष्यमा ‘ईश्वर थियोे’ भन्ने गहिरो सन्देश थियोे। ‘राजतन्त्र र गणतन्त्र ः तुलनात्मक अध्ययन’ नामक पुस्तकमा यो पंक्तिकारको तर्क छ, ‘स्थायी शक्ति भनेको जनता, राजसंस्था र सेना हो।’ दुर्भाग्यपूर्ण कुरा, अब यी तीनवटै शक्ति कमजोर छन्।

राजनीतिक प्रणालीलाई बलियो बनाउन जनता मात्रै इमानदार भए पुग्छ। नेपालमा जनताको नेतृत्व र प्रतिनिधित्व गर्नेमध्ये धेरैजसो बाह्यशक्तिको प्रभावका कारण विश्वसनीय हुन सकिरहेका छैनन्।

राष्ट्रिय चरित्र थियोे तर मरिसकेको छ भनेर टिप्पणी गर्दा पीडा हुन्छ। राज्यसंयन्त्र नै शंकाको घेरामा छ। सञ्चार माध्यम र बुद्धिजीवी भन्छन्– वर्तमान सरकार अमुक राष्ट्रले बनाएको, पहिलेको सरकार अर्कै राष्ट्रले बनाएको, यो सरकार ढल्यो भने अर्को शक्तिले बनाउन सक्छ।  

उसो भए राष्ट्रिय चरित्रको समाधिमाथि नाँचगान गरेर हामी रमाइलो गरिरहेका छौं त? नेपाली जनता भोटिङ मेसिन मात्रै हुन् त? सर्वाधिकार गुमाएका राजनीतिक दल, परतन्त्र सरकार, रेडियो सुनेर मात्रै सरकारी निर्णय थाहा पाउने सांसद र आफ्ना सहकर्मीका हत्यारालाई अभिवादन गर्नुपर्ने सुरक्षाकर्मीले आफ्नो संगठनका नेतृत्वप्रति के कस्तो धारणा बनाएका होलान्?

राष्ट्रिय चरित्र गुमाएको राष्ट्र निर्जीव हुन्छ। जंगी, निजामती वा प्रहरीलगायतका लाखौंलाख मानिस सजावटका लागि पालिएका होइनन्। अर्को साथीलाई फसाएर फोहोरी, भ्रष्ट र अपराधी नेताहरूको चरणस्पर्श गर्नेहरूको पहिचान भइसकेको छ।

बेल्जियमबाट सबै दृष्टिले कंगोलाई स्वतन्त्र हुन दिनुपर्ने माग राखेर विद्रोह गरे, प्याट्रिस लुमुम्बाले। अधिकार मात्र होइन, सर्वाधिकार हुनुपर्छ भन्ने मागमा उनी र उनका साथीहरू सहमत थिए। नेपालमा राजाको अधिकार खोसेर जनतामा लगिएको प्रचार त गरियो तर त्यो कथन झुटो थियोे। पछिल्ला वर्षमा स्पष्ट देखियो, जसलाई हामी नेपालका शक्तिशाली भन्छौं, उनीहरूलाई ‘पावर सप्लाई’ गर्ने विदेशी हुन्। प्रधानमन्त्री पञ्चायतकालीन प्रधानपञ्चभन्दा निरीह भए। प्रधानपञ्चले आफ्नो तजबिजले गरेको काम गाउँसभाबाट अनुमोदन गराउँथे।

नेपाल र नेपालीले सेनालाई धेरै भरोसा गरे पनि केही वर्ष यता कतिपय जर्नेलहरू आफ्नै सहयात्री र सहयोद्धाका विरुद्ध विभिन्न नेताहरूको कान भरिरहेका खबर आएका छन्। पहिलेका सबै खराब रहेछन् भनेर गुटबन्दी, तेरोमेरो, प्रिय–अप्रिय आदिको लक्ष्मणरेखा तानिरहेका छन्।

केहीले ठट्टा गर्छन्, नेपाली सेनामै केही प्रधान सेनापति तीन वर्षे कार्यकालमा पहिलो साल रमाए। दोस्रो साल बेस्सरी कमाए। तेस्रो साल गर्मी महिनाको वाग्मती र विष्णुमतीजस्तो खपि नसक्नु गन्हाए।

प्रधान सेनापति, प्रधानमन्त्री र प्रधान न्यायाधीशमध्ये सेनापतिको सुवास बाँकी थियो। अब के हुन्छ, समयले देखाउने कुरा हो। हालका सेनापति प्रभुराम शर्मा (पौडेल), पुष्पकमल दाहाल (पौडेलका ज्वाइँ), राष्ट्रपति रामचन्द्र पौडेल, रक्षासचिव पौडेल आदिबीच सुमधुर सम्बन्ध रहेको कुरा कृत्रिम र अस्वाभाविक देखिन्छ भनेर मिडियामा आयो। यस्तै, पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापाका मान्छे भन्दै वर्तमान सेनापति धेरैलाई निचोर्न थालेका कुरा पनि मिडियामा आएका छन्। एउटा व्यक्तिको लहड, सनक, पूर्वाग्रह वा संकीर्ण सोचले सेना बदनाम, विघटन र विभाजनको सँघारमा पुग्ने अवस्था आएमा त्यस बेला संगठनका सबैले कठोर निर्णय गर्न सक्छन्।

पाकिस्तानी प्रधान सेनापति शइद असिम मुनिर इतिहासमै सबैभन्दा कमजोर देखिन थालेका छन् भने पुराना अनुभवी जर्नेलहरू टिप्पणी गरिरहेका छन्। डिजिएमआई रहिसकेका मुनिर अरूको लहैलहैमा लाग्ने, सही र सान्दर्भिक निर्णय गर्न डराउने र क्षमतावान नभएको टिप्पणीले उनका बारेमा लगाइएका सबै आरोप मिथ्या होइनन् भन्ने बुझिन्छ।

बहत्तर वर्ष पहिले भारतबाट छुट्टयाइएको पाकिस्तानमा राष्ट्रिय अस्मिता बचाउन सेना नै चाहिन्छ भन्नेहरू धेरै भेटिन्छन्। पंक्तिकारसहित ऊबेलाका वरिष्ठ, अनुभवी सिद्धहस्त पत्रकारको टोली बीस वर्ष पहिले पाकिस्तान भ्रमणमा जाँदा सडकमा सामान बेचिरहेका गरिबहरू पनि भन्थे, नागरिक तथा सरकार विदेशीले खेलाउन सक्छन् तर सेनालाई सक्दैनन्।

केही राष्ट्रमा विदेशी कठपुतलीहरू सरकारमा पुगेर सेनालाई खेलाएका पचासौं उदाहरण छन्। जस्तो अफगानिस्तान र इराक। नेपालमा पनि राजनीतिक परिदृश्य फरक छैन। विदेशीले नेपाली सरकारलाई हल्लाएर काम गराउने र सरकारको वैधानिक आदेश मान्नुपर्छ भनेर सेनाले जागिर बचाउने लाचारी देखाएको खण्डमा राष्ट्र छिटै धराशायी हुनेछ।

आफ्ना नातेदार, निर्दोष जनता र सहकर्मी हरूको निर्मम हत्या गर्नेहरूलाई सलाम र नमस्कार गर्नुपर्दा जंगी, प्रहरी, निजामती लगायतका राजस्व जीवीहरूलाई कति पीडा, हीनताबोध र छटपटी हुँदो हो, अनुमान गर्न सकिन्छ। राज्य कहाँ छ? सार्वभौमसत्ता कहाँ छ? सुशासन कहाँ छ? विधिको शासन कहाँ छ? प्रश्नहरू अनुत्तरित छन्।

२०४७ सालमा राजा, संसद् र सरकार अटाउने प्रजातान्त्रिक संविधान तीन महिनामा बन्यो। त्रिशूल र डमरु बोकेर हिँड्ने, पशुपतिनाथलाई राष्ट्रदेव मानेर पूजा गर्ने र सनातन धर्म, संस्कृति र परम्परा मान्ने सेनाका प्रमुख सच्चितशमशेर र प्रिन्सिपल स्टाफहरूले जब नेपाललाई ‘धर्मनिरपेक्ष’ बनाउने गम्भीर षड्यन्त्र हुँदै छ भन्ने चाल पाए, त्यसपछि सेनाले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई उहाँको सरकारी निवासमा पुगेर चेतावनी दियो, ‘प्रधानमन्त्रीज्यू, यदि नेपाललाई सेक्युलर बनाउने संविधान आयो भने त्यो हाम्रा लागि मान्य हुनेछैन। यसमा पुनर्विचार गरिबक्स्योस्।’ एउटा ठुलो दुष्चक्रबाट सेनाले बचायो। नेतृत्व सक्षम, साहसी, सुयोग्य र अठोटबद्ध छ भने राष्ट्र र जनताले स्वाभिमानको समाधि हेर्नुपर्दैन।

राष्ट्रिय चरित्र गुमाएको राष्ट्र निर्जीव हुन्छ। जंगी, निजामती वा प्रहरीलगायतका लाखौंलाख मानिस सजावटका लागि पालिएका होइनन्। अर्को साथीलाई फसाएर फोहोरी, भ्रष्ट र अपराधी नेताहरूको चरणस्पर्श गर्नेहरूको पहिचान भइसकेको छ। केही नेता सार्वजनिक ठाउँमा कुटिएझैं राष्ट्रघाती र भ्रष्टाचारका मतियारहरूलाई कुनै दिन वरिपरि बस्नेहरूले ‘राम नाम सत्य है’भन्नुपर्ने अवस्थामा लैजाने छन्। त्यो बखत राष्ट्रघातीले मलामी पनि पाउने छैनन्।

कवि शिरोमणि लेखनाथको कविता छ, ‘रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन?’ यस्तै, सत्ताको रस चुसेर राष्ट्र बिर्सनेहरू कति छन् कति। राजा महेन्द्रले गाउँको गोठालो ल्याएर योग्य बनाए तर कालान्तरमा विदेशीलाई खुसी पार्न उसले एउटा आँगनमा दाजुभाइ बनेर खेलेको भाइलाई धोका दियो। नरोदम सिंहानुखले ‘माई वार विथ द सिआइए’ पुस्तकमा लेखेका छन्, ‘हामीले दरबारमा सन्तानको माया दिएर हुर्काएको केटो लोननोलले सिआइएसँग मिलेर मलाई गद्दीच्युत गरायो।’राजा ज्ञानेन्द्रले लेखिरहेको आत्मकथामा यस्ता गुप्त षड्यन्त्र र पीडाका अनेक अध्याय प्रकाशित होलान्।

२०५८ जेठ १९ शुक्रबार भएको नारायणहिटी हत्याकाण्डका सहयोगी को को थिए, पुस्तकमा आउला। दुर्भाग्यपूर्ण कुरा, ऊबेला विदेशीले लगाएको काम गर्नेहरूले राष्ट्र झन् अस्थिर, अन्योलग्रस्त र पराधीन भएको स्वीकार गर्न थालेका छन्। सेनाका परमाधिपति राजा हुँदा सेनाले जस्तो काम गरिरहेको थियोे, आज राष्ट्रपति ‘डिफ्याक्टो’र पदेन परमाधिपति भए पनि सेनापति नै सेनाका वास्तविक परमाधिपति देखिन्छन्। उनलाई अंकुश लगाउने साहस कसैको छैन किनभने राजनीति गर्नेहरू डुबेका छन्। राष्ट्र र जनतालाई बिर्सेर निजी स्वार्थमा डुब्ने सबै भाइरस हुन्,

प्रकाशित: १९ जेष्ठ २०८० ००:४५ शुक्रबार

युवराज गौतम राष्ट्रिय चरित्रको समाधि ‘ईश्वर मरिसक्यो’