काठमाडौं—नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ। स्रोतका अनुसार राष्ट्रपति कार्यालयले साेही समयका लागि ९ बजेको तयारी गरेको छ। कांग्रेका १३ नेताले शुक्रबार बिहान मन्त्री पदकाे सपथ लिने छन्।
कसले पाए कुन जिम्मेवारी ?
- सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण
- प्रकाशशरण महत –परराष्ट्र
- अर्जुननरसिंह केसी –सहरी विकास
- बालकृष्ण खाँड –रक्षा
- सुर्यमान गुरुङ –श्रम
- जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
- गगन थापा –स्वास्थ्य
- केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
- दीपक गिरि –सिँचाई
- रोमी गौचन थकाली –वाणिज्य
- नविन्द्रराज जोशी –उद्योग
- हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
- शंकर भण्डारी –वन
यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।
प्रकाशित: ९ भाद्र २०७३ १४:१५ बिहीबार