मुख्य समाचार

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

रत्ननगर (चितवन)– सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ।

पूर्व–पश्चिम राजमार्गमापर्ने चितवन, मकवानपुर हुँदै पथलैयासम्मका लागि टाइमकार्ड व्यवस्था लागू गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए।

चितवनदेखि पथलैयासम्मको ९४ किलोमिटरका लागि प्रहरीले एकसय २७ मिनेट समय तोकेको छ। उनका अनुसार तोकिएको भन्दा कम समयमा सो क्षेत्रमा पुग्ने सवारीलाई कारबाही गर्ने गरी कार्ड लागू गरिएको हो। सवारी दुर्घटनाको कारणमध्ये तीव्रगतिमा चलाउनु मुख्य रहेको पाइएकाले टाइमकार्ड लागू गरिएको हो।

भेटवालका अनुसार चितवनदेखि मकवानपुरको मनहरी ४० किलोमिटर क्षेत्रको दूरीका लागि ५१ मिनेट तोकिएको छ। यस्तै मनहरी हेटाैंडा २६ किलोमिटर दूरीका लागि ३५ मिनेट सयम तोकिएको छ।

यस्तै हेटाैंडादेखि पथलैया २८ किलोमिटरका लागि ४१ मिनेट समय ताकिएको छ। उक्त समय हेर्न प्रहरीले चितवनको गोन्द्राङ, मकवानपुरको मनहरी र रातमाटे तथा पथलैयामा कार्ड परीक्षण गर्ने व्यवस्था गरेको प्रहरीले जनाएको छ । चितवन जिल्लाभित्रको राजमार्गमा गोन्द्रादेखि लोथरसम्मको लागि पनि टाइमकार्ड तोकिएको छ ।

गोन्द्राङ खैरहनी १२ किलोमिटरलाई १५ मिनेट, खैरहनी भण्डारा ८ किलोलोमिटरलाई १० मिनेट, भण्डारा लोथर– ९ किलोमिटरलाई ११ मिनेट तोकिएको छ।

यस्तै लोथरदेखि मकवानपुर मनहरी ११ किलोमिटरका लागि १५ मिनेट समय तोकिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन भएर दैनिक सात हजार बढी सवारी हिँड्ने गरेको प्रहरीले जनाएको छ । यता चितवनको भरतपुरदेखि काठमाडाँै जाने बाटो दारेचोकसम्मको रुटमा भने समय तोकिएको छैन । नारायणगढ– मुग्लिन सडक निर्माणाधिन रहेकाले सम्भव नरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ८ भाद्र २०७३ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App