अन्तर्वार्ता

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

काठमाडौंः कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

रेडियो नागरिकको नागरिक मञ्चमा कुराकानी गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेशलाई नमुना प्रदेशका रुपमा विकसित गर्न विभिन्न प्याकेजहरु बनाएर काम गर्न लागिएको जानकारी दिए ।

मन्त्री भण्डारीले भने, ‘पहिले यो प्रदेशमा गरिबी, अशिक्षा र भोकमरी हेर्न मान्छेहरु आउँथे, अब समृद्धि हेर्ने निम्ता दिने प्रदेशका रुपमा विकसित गर्छौँ ।’ मन्त्री भण्डारीले सो प्रदेशमा रहेका पर्यटकीयस्थलहरुको प्रचार प्रसार र अर्गानिक उत्पादनले प्रदेशलाई समृद्धिको खाका कोर्न सहज हुने विश्वास व्यक्त गरे ।

अन्तर्वार्ता सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित: १५ फाल्गुन २०७४ १०:४६ मंगलबार

कर्णाली प्रदेशमा वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी