अन्तर्वार्ता

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

तस्बिर शर्माको फेसवुक पेजबाट ।

काठमाडौं– राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्। 

शर्माले दलहरुले विकास निर्माणका लागि खर्च गर्नुपर्ने बजेटलाई समाजिक सुरक्षा भत्तामा वितरण गर्दा त्यसले राज्यलाई वर्षेनी भार थपिने बताए।

देउवा सरकारले बृद्ध भत्ताको उमेर ७० बाट घटाएर ६५ बनाएको प्रति संकेत गर्दै शर्माले बाँच्ने आयु बढ्दै जाँदा भत्ता पाउने उमेर घटाउनुले दीर्घकालिन असर गर्ने बताए ।  

दलहरु आर्थिक समृद्धिको नारा जपिरहेको बेला नयाँ सरकार बनेपिच्छे अनुत्पादक क्षेत्रमा लगानी गर्दा त्यसले आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न नसक्ने शर्माको विश्लेषण छ। केपी ओली नेतृत्वको सरकारले एक हजार रहेको बृद्धभत्तालाई दुई हजार बनाएर व्ययभार थपेको र त्यसैलाई अन्य दलले पछ्याउनु दुःखद भएको शर्माले टिप्पणी छ । शर्माले साधारण खर्च बढ्दै जाँदा देश ऋणमा डुब्ने खतरा रहेको औंल्याए ।

शर्मासँगको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित: १६ माघ २०७४ ०८:१७ मंगलबार

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा