अन्तर्वार्ता

विशेष कार्ययोजना बनाएर काम गर्ने छ

कर्णाली विशेष

रक्षाबहादुर शाही, अध्यक्ष, ठाँटीकाँध गाउँपालिका

पर्यटकीय क्षेत्रको विकासमा पालिकाको भूमिका र कार्ययोजना कस्तो छ?

पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ। रामघाटदेखि ठाँटीकाँध हुँदै कालिकोट जाने रुट प्रयोगमा आए बिजारेलगायत माथिल्लो भेगमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषण बन्न सक्छ। पालिकाले पर्यटकीय क्षेत्रमा विशेष कार्ययोजना बनाएर काम गर्ने भएको छ।

गाउँपालिकामा रहेको पर्यटन प्रवर्धन गर्नुपर्ने ठाउँहरू कुन हुन्?

ठाँटीकाँध आफैमा सुन्दर पालिका हो। यहाँ धेरै प्राकृतिक रूपमा सुन्दर ठाउँहरू रहेका छन्। मुख्यतः बिजारे चौर र मदान ताल मुख्य हुन्। अन्य धेरै मठमन्दिरहरू पनि रहेका छन्। पालिका भौगलिक रूपमा विकट भए पनि यहाँ हेर्न लायक ठाउँहरू धेरै छन्। कालीकोटसँग सीमा जोडिएको छ। रामघाट खोला, चिनेगाढलगायतका खोलाहरू रहेका छन्।

पालिकामा भएगरेका मुख्य प्रगतिहरू केके हुन्?

सडक सञ्जाल गाउँगाउँमा लग्नुका साथै १५ शड्ढयाको अस्पताल निर्माणको काम ५० प्रतिशत प्रगति भएको छ। रामघाट–ठाँटीकाँध–बिजारे–धनकोट सडक निर्माण अन्तर्गत ठाँटीकाँध बजार क्षेत्रमा ८ मिटरको सडक चौडाइ बनाइरहेको र अब आर्थिक वर्षभित्र स्तरोन्नति भइरहेको छ। २०८०/८१ मा स्तरोन्नतिको लक्ष्य पूरा हुनेछ। त्यस्तै राष्ट्रिय प्रसारण विद्युत् लाइन वडा वडामा पुग्ने गरी विस्तार भइरहेको छ। पुलबजार मटेला बाहाकोट र मटेला गैरागाउँ सडकको स्तरोन्नति भइरहेको छ। विद्यालय भवन निर्माण तथा व्यवस्थापनका साथै सिँचाइ, खानेपानी योजनाका कामहरू भइरहेका छन्। 

प्रकाशित: ३० चैत्र २०७९ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App