अन्तर्राष्ट्रिय

इस्तानबुलमा भएको आक्रमणमा आतंककारीको हात छः राष्ट्रपति एर्डोगान

टर्कीको स्तानबुलमा भएको आक्रमण आतंककारीहरुले गराएको टर्कीको आशंका रहेको छ। यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताएका हुन्।

उनले यो कार्य आतंककारीहरुबाट भएको हो र यो आतंककारी कार्य हो भने। आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा  उनले भनेका छन्, 'अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतंककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतंककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।'

उनले जि २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित सो पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिएका हुन्। उनले यो आक्रमणको पूर्ण अनुसन्धान त जारी नै छ तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए।

टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो। अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन्। 

प्रकाशित: २८ कार्तिक २०७९ ०७:४८ सोमबार

राष्ट्रपति रिसेप तैयप एर्डोगान