दक्षिण कोरियामा बिहीबार मध्यरातीसम्म काेराेना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल संक्रमितको संख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती संक्रमित थपिएका हुन्। यहाँ कोभिड महामारी सुरु भएयता संक्रमित भेटिएका समाचारमा जनाइएको छ।
यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार संक्रमित बढेका छन्। अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र स्क्रमण देखिएको थियो। यहाँ पछिल्लो दिनमा ४० जनाको यही संक्रमितबाट ज्यान गएको छ। दक्षिण कोरियामा अहिलेसम्म कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २९ हजार पाँच सय ७१ पुगेको बताइएको छ।
प्रकाशित: २५ कार्तिक २०७९ १३:५५ शुक्रबार