अन्तर्राष्ट्रिय

दक्षिण फिलिपिन्समा भीषण बाढीः १३ जनाको मृत्यु

दक्षिण फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन्।

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन्।

फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन्।

औसत रुपमा यस देशमा वार्षीक बीस ओटा टाइफुनहरु आउने गरेका छन्। ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ। 

प्रकाशित: ११ कार्तिक २०७९ ०९:०० शुक्रबार

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्त