अन्तर्राष्ट्रिय

एलन मस्क बने ट्विटरको मालिक, सीईओसहित उच्च तहका कर्मचारी बर्खास्त

एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको मालिक बनेसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारीलाई बर्खास्त गरेका छन्।  

अन्तर्राष्ट्रिय मिडियाका अनुसार मस्कले कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेका हुन्।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०७९ ०३:०६ शुक्रबार

ट्विटर एलन मस्क