अन्तर्राष्ट्रिय

भारतीय कांग्रेसमा खड्गे

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनले अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।  

अध्यक्ष खड्गेले ७ हजार ८ सय ९७ भोट प्राप्त गरेका छन् भने प्रतिस्पर्धी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन्। खड्गे अध्यक्षमा निर्वाचित भएपछि थरुरले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। खड्गे गान्धी परिवारसँग निकट नेता मानिन्छन्। कांग्रेसमा २२ वर्षपछि पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिएका छन्। 

यसअघि सन् १९९८ मा पार्टीले सीताराम केसरीलाई पदबाट हटाएर सोनिया गान्धीलाई अध्यक्ष चुनेको थियो। सोनिया गान्धीपछि उनका छोरा राहुल गान्धीलाई पनि निर्वाचनबिनै अध्यक्ष चुनिएको छ। यो निर्वाचनको अर्काे विशेषता भनेको सीताराम केसरीपछि कांग्रेसको नेतृत्व गान्धी–नेहरू परिवारभन्दा बाहिर गएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०१:३५ बिहीबार

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे