अन्तर्राष्ट्रिय

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित

तस्बिर: एजेन्सी

श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ। यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ।

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्। प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ।

हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७९ ०९:०९ आइतबार

श्रीलङ्का बाढी र पहिरो विपद् व्यवस्थापन केन्द्र (डीएमसी) इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड)