अन्तर्राष्ट्रिय

वेस्ट बैंकको आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु

इजरायली सैनिकले तेल अभिभमा गरेको आक्रमणमा एक प्यालेस्टिनी मृत्यु भएको छ।

इजरायली सेनाले बुधबार वेस्ट बैंकको छापा मार्ने क्रममा गत अप्रिलमा घातक हमला गरेको आरोप लागेका एक व्यक्तिको भाइलाई  मारेको स्रोतहरुले जानकारी दिएको छ।

प्रान्तीय प्रशासनको स्रोतले एएफपीलाई मृतक अबेद हाजेम रहेको जानकारी दिएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जेनिनमा बिहान इजरायली कारबाहीका क्रममा एक व्यक्तिको गोली हानी हत्या भएको बताएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०८:४२ बुधबार

इजरायली सैनिक प्यालेस्टिनी