अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण नाइजरमा १ सय ७९ जनाको मृत्यु

नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको नागरिक सुरक्षा महानिर्देशनालयले जनाएको छ। माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किँदा धेरै नागरिकको मृत्यु भएको हो।

यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ। सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

प्रकाशित: ८ आश्विन २०७९ ०९:०० शनिबार

नाइजर मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालय