अन्तर्राष्ट्रिय

भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए

फाइल तस्बिर

भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा ४ करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भइसकेका छन्।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित थपिएका थिए। दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या  एक लाख पाँच हजार ५८ जना रहेका छन्।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म भारतमा ५ लाख २७ हजार १ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ।  

त्यस्तै भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्। 

प्रकाशित: १ भाद्र २०७९ ०७:४५ बुधबार

कोरोना संक्रमित भारत