अन्तर्राष्ट्रिय

सेयर मार्केटबाट अर्बपति बनेका भारतका राकेश झुनझुनवालाको निधन

आइतबार भारतीय अर्बपति राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा ब्रिच क्यान्डी अस्पतालमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ। ‍    

सेयर मार्केटमा लगानी गरेर पैसा कमाएका झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो। सन् १९६० मा हैदरावादमा जन्मिएका उनले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। अहिले उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ।  

पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।

प्रकाशित: २९ श्रावण २०७९ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App