अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या एघार पुग्यो

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन्। बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ।

दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ ।  राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताए।

यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभरफ्लो मेट्रो स्टेशनबाट हिंडिरहेको देखाएको छ।  

बाढीका कारण मृत्यु भएका ११ जनामा छ जना सोल, तीन जना ग्योन्गी  र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ । बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ।  

पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि  सरकारी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित: २६ श्रावण २०७९ ११:२७ बिहीबार

दक्षिण कोरियामा भारी वर्षा र बाढी