अन्तर्राष्ट्रिय

माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

मालीमा आइतबार भएको एक आतंककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ। यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो। उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन्।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको बताइएको छ।

प्रकाशित: २३ श्रावण २०७९ ०९:३१ सोमबार

आतंककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ