अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा अमेरिकी सांसदको निधन

फाइल तस्बिर

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदसहित उनकी दुई कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार  इन्डियाना राज्यबाट रिपब्लिकन पार्टीकी सांसद रहेकी ५८ वर्षीया  ज्याकी वालोर्स्कीको बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो। उनीहरू चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वालोर्स्कीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्।  

प्रकाशित: १९ श्रावण २०७९ ०५:३९ बिहीबार

सवारी दुर्घटना हाउस अफ रिप्रिजेन्टेटिभ्स अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स