अन्तर्राष्ट्रिय

भारतीय सेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ।

मि-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार दुर्घटनामा परेको थियो।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूसँग दृढता पूर्वक खडा रहेको जानकारी दिएको छ। एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित: १३ श्रावण २०७९ ०८:४६ शुक्रबार