अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण

अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना संक्रमण भएको छ। आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको संक्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्।

सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्।

उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्। सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन्। उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७९ ०८:५५ शुक्रबार

अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेन कारोना संक्रमण