अन्तर्राष्ट्रिय

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। उनी भारतको इतिहासमा राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन्।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन्। 

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हून्छ। कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ। तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन्। उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन्।

राष्ट्रपति  मुर्मुले बनेकी छन्। उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन्।

प्रकाशित: ५ श्रावण २०७९ १५:४९ बिहीबार