अन्तर्राष्ट्रिय

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ।

रूस-युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।

गत साता कोटेन्कोले रूससँगको चारमहिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए।

प्रकाशित: ४ श्रावण २०७९ ०८:१३ बुधबार

रूस–युक्रेन द्वन्द्व सैनिक