अन्तर्राष्ट्रिय

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्।  

पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ।  

संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ।  

इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन्। बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहोर्‍याएका थिए।  

प्रकाशित: २६ असार २०७९ ०८:२० आइतबार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन