अन्तर्राष्ट्रिय

उत्तरी राज्य कादुनामा दुर्घटना: ९ को मृत्यु, १२ जना घाइते

उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन्।

कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’ का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीव्र गति, गलत ओभरटेक गर्ने र नियन्त्रण गुमाउनुका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको पनि मोहम्मदले बताएका छन्।

उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्दछ। बिहीबारको दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ।  

प्रकाशित: २४ असार २०७९ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App