अन्तर्राष्ट्रिय

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई शुक्रबार बिहान ११ः४० बजे देशको पश्चिमी भाग नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली प्रहार भएको थियो।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले शुक्रबार बिहान ११ः४० बजे देशको पश्चिमी भाग नरमाको चुनावी सभालाई सम्बोधन गर्दै थिए। गोली लागेपछि उनलाई हृदयघात भएको थियो। ४१ वर्षीय संदिग्धलाई घटनास्थलमा गोली लागेको थियो।

जापानको सरकारी सञ्चार संस्था एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए र मार्ने उद्देश्यले गोली चलाएका थिए।

गोली लागेपछि शिन्जो आबेलाई हेलिकप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको छ।एनएचकेका अनुसार शिन्जो आबेको घाँटीमा चोट लागेको छ र छातीबाट रगत बगेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले ६७ वर्षीय आबेको अवस्था गम्भीर रहेको र उनको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका छन्।

को हुन् आक्रमणकारी?

एनएचकेका अनुसार आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको रूपमा पहिचान भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उनले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएका छन्।

आक्रमणकारी खैरो रंगको टि–सर्ट र ट्राउजरमा थिए। रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै एचएचकेले भनेको छ, 'संदिग्ध व्यक्ति आत्मरक्षा बलका पूर्व सदस्य हुन् र हातले बनाएको बन्दुकले गोली हानेका थिए। सन् २००५ सम्म तीनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरिसकेका थिए।'

शिन्जो आबेको सार्वजनिक सभामा नारामा बस्ने ५० वर्षीया महिला उपस्थित थिइन्। उनले एनएचकेलाई भनिन्, 'मैले आबेको भाषण सुनिरहेकी थिएँ जब मैले हेलमेट लगाएको एक व्यक्तिलाई दुई पटक गोली हानेको देखें। दोस्रो गोली लागेपछि आबे लडेका थिए। त्यो व्यक्तिलाई तुरुन्तै पक्राउ गरियो। तुरुन्तै एम्बुलेन्स बोलाइयो र आबेलाई अस्पताल पठाइयो। आक्रमणकारी मेरो अगाडि उभिएको देखेर छक्क परें।'

शिन्जो आबेको डेमोक्रेटिक लिबरल पार्टीका अधिकारीहरू जो उनीसँगै सार्वजनिक सभामा आएका थिए पत्रकारहरूलाई भने, 'त्यो मानिसले १० मिटर टाढाबाट गोली हानेको थियो। कसैले पटाका पटकाएको जस्तो देखिन्थ्यो। मलाई अझै विश्वास छैन, यो घटना मेरो अगाडि भयो भनेर। गोली हानेपछि पनि त्यो व्यक्ति शान्त थियो र भागेनन् पनि।'

आक्रमणकारीको बारेमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार भने, 'हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमिको बारेमा जानकारी छैन। प्रहरी अनुसन्धानपछि मात्र थाहा हुनेछ। हाम्रो लागि, आक्रमणकारीको पृष्ठभूमि जानकारी धेरै महत्त्वपूर्ण छ।'

स्रोतः बिबिसी हिन्दी

प्रकाशित: २४ असार २०७९ ०८:५२ शुक्रबार