अन्तर्राष्ट्रिय

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ। ती विद्यालयहरुमा भवनको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन्।  

'यस प्रान्तमा २१४ ओटा विद्यालय रहेका छन्, तिनीहरुमा ६० ओटा मात्रै भवन रहेको छ', प्रान्तीय शिक्षा निर्देशक मावलावी ताज मुत्माइनले भने। भवनको अभावका कारणले हजारौँ विद्यार्थी विद्यालय भवन विना नै अध्ययन गर्न वाध्य भएका छन्। उनीहरुलाई विद्यालयमा पठन पाठनका लागि समस्या भएकाले तत्काल विद्यालय भवनहरु बनाउनु पर्ने खाँचो रहेको उनले बताए।  

औपचारिक तथ्याङ्कअनुसार यस प्रान्तमा ३६ हजारभन्दा बढी विद्यार्थी रहेका छन्। लामो समय द्वन्द्वमा परेको मुलुक अहिले तालिबान सरकार बनेपछि शान्तिस्थापनासँगै विकास निर्माण तर्फ चासो बढ्न थालेको छ। 

प्रकाशित: १३ असार २०७९ ११:५२ सोमबार

अफगानिस्तान