संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।
जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो। जारी द्वन्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाव दिइरहेको छ।
'यस युद्धको कुनै विजेता छैन र हुने छैन। बरु, हामीले १०० दिनसम्म के-के गुमाएको देख्यौं, जीवन, घर, रोजगारी र सम्भावनाहरू,' अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन्।
प्रकाशित: २० जेष्ठ २०७९ १०:५० शुक्रबार