अन्तर्राष्ट्रिय

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।

हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ। कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो।

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ। सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड संक्रमणमा परेका करिव ३ लाख ५० हजार जना मानिसमा अनुसन्धान गरिएको सो सेन्टरले गतहप्ता जनाएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७९ ०९:३६ बिहीबार

कोरोना भाइरस कोभिड १९ युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन