अन्तर्राष्ट्रिय

युक्रेनमा शान्ति स्थापना बारे छलफल

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ। युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए।

उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उनी युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिएका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले सोमबार ट्वीटमार्फत् दिएको जानकारीअनुसार टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्तिको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताएका थिए।

राष्ट्रपति जेलिन्स्किीले टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गरेका छन्। रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ। यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०९:१९ मंगलबार