अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ। नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो।

उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ। रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उनलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ।

‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताएका छन्। सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए भने उनीहरूका पाँच सन्तान रहेका छन्। 

प्रकाशित: १६ जेष्ठ २०७९ ०९:३३ सोमबार

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसी पल पेलोसी